कला / साहित्य
दीप श्रेष्ठको जन्मोत्सवमा समर्पित ‘नझरेका फूल’को २० औं शृङ्खला
विराटचोकः नझरेका फूलहरुको २० औँ शृङ्खला बुधबार सम्पन्न भएको छ । वरिष्ठ गायक दीप श्रेष्ठको जन्मोत्सव तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको हो । मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । गायक श्रेष्ठको ७१ औँ जन्मदिनको उपलक्ष्यमा नझरेका फूलहरुद्वारा उनलाई सम्मान गरिएको थियो । कला, संस्कृति र गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका प्रस्तोता केपी घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर ढकालले श्रेष्ठले गाएका गीतले धेरै कालखण्ड पार गरे पनि अहिले पनि उत्ति नै सान्दर्भिक रहेको बताउँदै उनले नेपालको साङ्गीतिक क्षेत्रमा गरेको योगदानको चर्चा गरे । यस्तै २० औँ शृङ्खलासम्म पुर्याउन यहाँका उद्योगी, व्यवसायीलगायतले गरेको सहयोगको सम्मान गर्दै यस्ता कार्यक्रमले कला, भाषा, साहित्य, गीत, सङ्गीतका क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई महत्वपूर्ण अवसर मिल्ने समेत बताए ।
कार्यक्रममा उपप्रमुख धनमाया तामाङ्ले नगरले यस्ता कार्यक्रममा विशेष सहयोग गर्ने बताइन् । शुभकामना दिँदै साहित्यकार जेबी थुलुङले श्रेष्ठजस्ता गायकले गाएका त्यसबेला रेडियोमा सुनेका गीत आज गायकसँगै बसेर सुन्न पाउनुु सुुखद् क्षण भएको बताए ।
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले २० औँ शृङ्खला सर्वोत्कृष्त भएको बताउँदै गायक श्रेष्ठको जन्म दिन सँगै बसेर मनाउन पाउनुु यस क्षेत्रका कला र साहित्यप्रेमीहरुका लागि खुशीको क्षण भएको बताए ।
यसैगरी, सङ्गीतकार तथा गोकुलम रिसोर्टका सञ्चालक रमेश कार्कीले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई स्वागत गर्दै कार्यक्रम संयोजक कवि छवी वैरागी घिमिरेले लामो समयदेखि गर्दै आएको कार्यक्रममध्ये यो विशेष भएको बताए । कार्यक्रमको मुख्य उद्देश्य भनेको जिउँदोमा कला साहित्य गीत सङ्गीतका क्षेत्रमा सम्मान गर्ने उद्देश्य भएको बताए । यस्तै नेपाली कला भाषा साहित्यका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिँदै आएको पनि उनले बताए ।

गायक श्रेष्ठले आफ्ना गीत सुनाउँदै २०२५ सालमा पुस १ गते राजा महेन्द्रको अगाडि गीत गाएर आफूलाई गायकको रुपमा परिचित गराएको ‘म पथ्थरको देवता होइन…’ बोलको गीत दर्शकलाई सुनाएका थिए । धरानमा जन्मिएका गायक श्रेष्ठका सयौँ गीतहरु नेपालीको मनमस्तिष्कमा सजिएका छन् ।
कार्यक्रमको सभापतित्व मुख्य प्रायोजक पूर्वाञ्चल आविष्कार केन्द्रका सञ्चालक ज्ञान बस्नेत रहेका थिए । उनले उद्योग सञ्चालनका साथै कला साहित्यको विकासका लागि अन्य कार्यक्रममा समेत सहयोग गर्ने बताए ।

कार्यक्रमलाई मुख्य प्रायोजन पूर्वाञ्चल आविष्कार केन्द्र, ज्ञानु कङ्क्रिट ब्लक उद्योग, शुभारम्भ हेभी इक्युप्मेन्ट प्रा.लि सुन्दरहरैंचा, जीबिबि क्नट्रक्सन प्रा.लि.इटहरीले गरेको थियो भने प्रायोजक गोकुलम रिसोर्ट प्रालिले गरेको थियो ।
कार्यक्रममा गायक दुर्गा पराजुली, भुपेन्द्र राई, गायिका भूमा अधिकारी, कविता पाँचकोटीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।



Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login