अर्थ
मोरङका युवाको कालिज फार्म, मनग्ये आम्दानी
विराटचोकः मोरङका एक युवाले कालिज फार्म सञ्चालन गरेर मनग्ये आम्दानी गरिरहेका छन् । मोरङको केराबारी गाउँपालिका वडा नम्बर ६ सानो रान्चामा रहेको हरि एग्रिकल्चर एण्ड लाइभ स्टक सेन्टर प्रालि पुग्नेका लागि केही नौलो महसुस हुने गरेको छ । यहाँ जंगली पंक्षीको चिरबिरसँगै घरपालुवा पंक्षी देख्न सकिन्छ ।

स्टक सेन्टरका सञ्चालक हरि भट्टराईको दैनिकी कालिजको हेरचाहमै बित्ने गरेको छ । २ वर्ष अघि सानो कुखुराको खोरमा केही कालिज पाल्न शुरु गरेका उनी अध्ययनलाई पूरा गर्न काठमाडौं गएपछि दक्षिणकालीमा उनले कालिजको फार्म अवलोकन गर्न पाए । कालिजको मासुको स्वादमा उनी पनि लोभिए ।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देश लकडाउनमा गएपछि कलेज बन्द भयो उनी घर आए । अब उनको ध्यान कालिज फार्मलाई थप बिस्तार गर्नतर्फ लाग्यो । हेटौंडाबाट १ हजार कालिजका चल्ला ल्याए । उनले फार्मका लागि २ बिघा जग्गालाई घेराबारा लगाए र यसमा बाख्रा, कडकनाथ कुखुरा, बट्टाई, टर्की पाल्न सुरु गरे । यसको हेरचाह गर्ने ५ जना कामदार समेत राखेका छन् । सानो लगानीबाट व्यवसाय थालेका उनको अहिले ५० लाख भन्दा धेरै लगानी भइसकेको छ ।

फर्मलाई विकसित गर्दै अहिले त्यहीँ बस्ने र खाने राम्रो व्यवस्था गरिएको सञ्चालक भट्टराई बताउँछन् । यहाँ दैनिक कालिज चाख्नकै लागि भए पनि विराटनगर, इटहरी र धरानबाट मानिसहरु आउने गरेका छन् । यसलाई रेष्टुरेन्टको रुपमा विकास गर्दै लाने योजना रहेको उनी बताउँछन् । उनले कालिज प्रतिगोटा ४ हजारका दरले बेच्ने गरेका छन् । एउटा कालिज करीब २ केजीसम्मको हुने उनी बताउँछन् ।
यसका साथै कालिजका चल्ला समेत उत्पादन गर्न थालेका छन् । यसको बजार भोजपुर, संखुवासभा र तेह्रथुम रहेको र यस क्षेत्रबाट माग भइरहेको उनले बताए । अहिले भट्टराईको फार्ममा कालिज, लोकल कुखुरा, कडकनाथ कुखुरा, टर्की, बटाइ, खसी, बाख्रा रहेका छन् ।

कृषिप्रधान देश भएका कारण यसमै लगानी गर्न सके युवाको भविष्य राम्रो हुने उनले बताए । विदेशमा जाने र त्यहाँबाट ल्याएको पैसालाई कृषिमै सदुपयोग गर्नुपर्ने उनले बताए । उनको फार्मको कालिजले इटहरी र धरानको बजारलाई समेत धान्न नसकेको बताए । यसको माग धेरै भएकाले कालिजको संख्या थप गर्ने बताए । फार्मसम्म मोटरबाटो जान नसक्ने भएपछि वडा कार्यालयको सहयोग र आफ्नो ३० प्रतिशत लागतमा बाटो निर्माण गरेको उनले बताए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login