कला / साहित्य
३ जना गजलकारका गजलमा पहिलो पटक मन्त्रमुग्ध बन्यो सुन्दरहरैंचा
विराटचोकः शुक्रबारको साँझ सुन्दरहरैंचावासीका लागि मन्त्रमुग्ध बनाउने साँझको रुपमा रहन पुग्यो । सुन्दरहरैँचा साइकल राइडर्स गु्रपका निम्ति ‘नझरेका फूल’ हरूले शुक्रबार गजल महफिल आयोजना गरेको थियो । विराटचोक स्थित डेभिड क्याफेमा भएको कार्यक्रममा तीन जना गजलकारले आफ्ना गजल वाचन गरेका थिए ।
प्रेमभावका गजलका साथै सामाजिक, राजनीतिक र सांस्कृतिक विकृतिप्रति व्यङ्ग्य गरिएका हरेक गजल सुनेपछि स्रोताहरुले ‘वान्स मोर, वान्स मोर’ भन्दै हुटिङ गरेर स्रष्टालाई हौसला दिएका थिए ।
‘आगो देखेर नआत्तिनुहोस्, दाउरा थप्दै ताप्न काम लाग्छ
धोकेबाजको पत्र जतन गर्नुहोस्, पिउँदै पढ्दा मात्न काम लाग्छ…’
गजल महफिलमा यसरी आफ्नो गजलको शेर वाचन गर्न मोरङका छवि वैरागी घिमिरेले शुरु गर्नासाथ उपस्थित साहित्यानुरागीले तालीको पर्रासँगै वान्स मोरको हुटिङ गरेका थिए ।

‘गुमायो निद आँखाले रात त्यो ढल्किएपछि …’ र
‘मैले खानकै निम्ति साँझ बिहान चट्टान बेच्नुपर्छ …’ बोलका थप २ वटा गजल पहिलो चरणमा घिमिरेले वाचन गरेका थिए ।
‘युद्ध झेलेर आएको छ, प्रकोप भोगेर आएको छ
एकछिन सुस्ताओस् समय खुब थाकेर आएको छ…’
सिन्धुलीकी साहित्यकार अमला अधिकारीले यसरी गजल वाचन गरेर स्रोताको मन आफूतिर तानेकी थिइन् ।
‘निकै आतङ्क मच्चाउँदै तिम्रो याद आयो…’ र ‘डालोमा सामल, गाग्रीमा पानी सकिन आँट्यो ..’ बोलका थप २ वटा गजल अधिकारीले पहिलो चरणमा सुनाएकी थिइन् ।
‘चुहिने छानो टाल्ने समस्या थियो जदौ मालिक
घर नै जफत गर्नुभयो चिन्ता सकियो जदौ मालिक’
बोलको गजल वाचन गरेर आफ्ना गजल सुनाउन थालेका काठमाडौंका साहित्यकार आँचलकुमार शर्माले पहिलो चरणमा ३ वटा गजल सुनाएका थिए । ‘कस्ता भयौ झारजस्ता बाली डस्यौ डस्नुसम्म…’ र ‘रहर थुन्न मनको ठूलै पिँजडा छ …’ बोलका थप २ वटा गजल उनले सुनाएका थिए ।

प्रत्येक स्रष्टाले ३ चरणमा ३ वटाका दरले गजल वाचन गर्ने कार्यक्रम भए पनि अन्तिम चरणमा भने रात निकै बितिसकेको भन्दै कम गजल वाचन भएका थिए ।
सुन्दरहरैंचा राइडर्स क्लबको आयोजनामा भएको कार्यक्रममा कलाकारलाई सम्मान पनि गरिएको थियो । साहित्यकार मेदिनीप्रसाद बराल, मोहनप्रसाद काफ्ले र गायक श्रीकृष्ण लुइँटेललाई प्रमुख अतिथि प्रदेश सांसद लोकप्रसाद संग्रैलाले सम्मान गरेका थिए ।
सम्मानित हुने बरालले भिन्न साहित्यभन्दा भिन्न क्षेत्रत्रबाट यति ठूलो कार्यक्रम हुने देशमै उदाहरणीय भएको बताए । खेल र कला साहित्य फरकफरक भए पनि यो सम्मान गर्न अघि बढ्नु साहित्यिक व्यक्तिका लागि गौरवको विषय भएको बरालको भनाइ थियो । सम्मानित हुने गायक लुइँटेलले आफ्ना गीत सुनाएका थिए ।
कार्यक्रमको शुरुमा भरत गुरागाईं ‘बर्बरिक’ ले अनुत्तरित प्रश्नहरु शीर्षकको कविता सुनाएका थिए । त्यस्तै, गायक दुर्गा पराजुलीले भर्खरै रेकर्ड भएको आफ्नो गीत ‘रातो सिँदुर सुहाउने सिउँदैमा, खाली सिउँदो भरिदिउँला हिउँदैमा ….’ सुनाएका थिए ।
सो महफिलमा धरान, इटहरी, केराबारी, विराटनगर, इलाम, दमक, बिर्तामोडलगायतका साहित्यानुरागी गजल सुन्नका लागि आएका थिए ।
क्लबका अध्यक्ष केशव बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यका बारेमा साइकल राइडर्स खेमराज दाहालले प्रकाश पारेका थिए । समाजसेवी सुरेन्द्रबहादुर थापा विशेष अतिथि रहेको कार्यक्रममा उमेश घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login