Connect with us
Advertisement

३ जना गजलकारका गजलमा पहिलो पटक मन्त्रमुग्ध बन्यो सुन्दरहरैंचा

Published

on

विराटचोकः शुक्रबारको साँझ सुन्दरहरैंचावासीका लागि मन्त्रमुग्ध बनाउने साँझको रुपमा रहन पुग्यो । सुन्दरहरैँचा साइकल राइडर्स गु्रपका निम्ति ‘नझरेका फूल’ हरूले शुक्रबार गजल महफिल आयोजना गरेको थियो । विराटचोक स्थित डेभिड क्याफेमा भएको कार्यक्रममा तीन जना गजलकारले आफ्ना गजल वाचन गरेका थिए ।

प्रेमभावका गजलका साथै सामाजिक, राजनीतिक र सांस्कृतिक विकृतिप्रति व्यङ्ग्य गरिएका हरेक गजल सुनेपछि स्रोताहरुले ‘वान्स मोर, वान्स मोर’ भन्दै हुटिङ गरेर स्रष्टालाई हौसला दिएका थिए ।

‘आगो देखेर नआत्तिनुहोस्, दाउरा थप्दै ताप्न काम लाग्छ
धोकेबाजको पत्र जतन गर्नुहोस्, पिउँदै पढ्दा मात्न काम लाग्छ…’
गजल महफिलमा यसरी आफ्नो गजलको शेर वाचन गर्न मोरङका छवि वैरागी घिमिरेले शुरु गर्नासाथ उपस्थित साहित्यानुरागीले तालीको पर्रासँगै वान्स मोरको हुटिङ गरेका थिए ।

‘गुमायो निद आँखाले रात त्यो ढल्किएपछि …’ र
‘मैले खानकै निम्ति साँझ बिहान चट्टान बेच्नुपर्छ …’ बोलका थप २ वटा गजल पहिलो चरणमा घिमिरेले वाचन गरेका थिए ।

‘युद्ध झेलेर आएको छ, प्रकोप भोगेर आएको छ
एकछिन सुस्ताओस् समय खुब थाकेर आएको छ…’
सिन्धुलीकी साहित्यकार अमला अधिकारीले यसरी गजल वाचन गरेर स्रोताको मन आफूतिर तानेकी थिइन् ।

‘निकै आतङ्क मच्चाउँदै तिम्रो याद आयो…’ र ‘डालोमा सामल, गाग्रीमा पानी सकिन आँट्यो ..’ बोलका थप २ वटा गजल अधिकारीले पहिलो चरणमा सुनाएकी थिइन् ।

‘चुहिने छानो टाल्ने समस्या थियो जदौ मालिक
घर नै जफत गर्नुभयो चिन्ता सकियो जदौ मालिक’
बोलको गजल वाचन गरेर आफ्ना गजल सुनाउन थालेका काठमाडौंका साहित्यकार आँचलकुमार शर्माले पहिलो चरणमा ३ वटा गजल सुनाएका थिए । ‘कस्ता भयौ झारजस्ता बाली डस्यौ डस्नुसम्म…’ र ‘रहर थुन्न मनको ठूलै पिँजडा छ …’ बोलका थप २ वटा गजल उनले सुनाएका थिए ।

प्रत्येक स्रष्टाले ३ चरणमा ३ वटाका दरले गजल वाचन गर्ने कार्यक्रम भए पनि अन्तिम चरणमा भने रात निकै बितिसकेको भन्दै कम गजल वाचन भएका थिए ।

सुन्दरहरैंचा राइडर्स क्लबको आयोजनामा भएको कार्यक्रममा कलाकारलाई सम्मान पनि गरिएको थियो । साहित्यकार मेदिनीप्रसाद बराल, मोहनप्रसाद काफ्ले र गायक श्रीकृष्ण लुइँटेललाई प्रमुख अतिथि प्रदेश सांसद लोकप्रसाद संग्रैलाले सम्मान गरेका थिए ।

सम्मानित हुने बरालले भिन्न साहित्यभन्दा भिन्न क्षेत्रत्रबाट यति ठूलो कार्यक्रम हुने देशमै उदाहरणीय भएको बताए । खेल र कला साहित्य फरकफरक भए पनि यो सम्मान गर्न अघि बढ्नु साहित्यिक व्यक्तिका लागि गौरवको विषय भएको बरालको भनाइ थियो । सम्मानित हुने गायक लुइँटेलले आफ्ना गीत सुनाएका थिए ।

कार्यक्रमको शुरुमा भरत गुरागाईं ‘बर्बरिक’ ले अनुत्तरित प्रश्नहरु शीर्षकको कविता सुनाएका थिए । त्यस्तै, गायक दुर्गा पराजुलीले भर्खरै रेकर्ड भएको आफ्नो गीत ‘रातो सिँदुर सुहाउने सिउँदैमा, खाली सिउँदो भरिदिउँला हिउँदैमा ….’ सुनाएका थिए ।

सो महफिलमा धरान, इटहरी, केराबारी, विराटनगर, इलाम, दमक, बिर्तामोडलगायतका साहित्यानुरागी गजल सुन्नका लागि आएका थिए ।

क्लबका अध्यक्ष केशव बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यका बारेमा साइकल राइडर्स खेमराज दाहालले प्रकाश पारेका थिए । समाजसेवी सुरेन्द्रबहादुर थापा विशेष अतिथि रहेको कार्यक्रममा उमेश घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक