समाचार
बेलबारीमा सुबिधा सम्पन्न क्लासिक क्याफे एण्ड रेष्ट्रो सञ्चालन
![](https://nispakshyakhabar.com/wp-content/uploads/2019/12/78651120_562327137922567_6357880353587200000_n.jpg)
बिराटचोक : मोरङको बेलबारी १ सिनेमाहल लाईनमा सुबिधा स म्पन्न क्लासिक क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । आईतबार देखि क्याफे एण्ड रेष्ट्रो बिधिवत रुपमा सञ्चालनमा आएको हो ।
बेलबारीका स्थानीय ३ जना युवाहरुले सो क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा ल्याएका हुन । बेलबारी १ का सीताराम राई,राजन चौहान र बेलबारी ११ का बिक्रम बान्तावाले करिब ६० लाख रुपैया लगानी गरी सञ्चालनमा ल्याएको रेष्ट्रो अत्याधुनिक र सुबिधा सम्पन्न रहेको छ ।
सुन्दर,शान्त बाताबरणमा,आर्कषक डेकोरेसनका साथमा रेष्ट्रो सञ्चालनमा ल्याईएको छ । बेलबारीको आबश्यत्तालाई मध्यनजर गरी रेष्ट्रो सञ्चालनमा ल्याईएको सञ्चालक बिक्रम बान्तावा राईले बताए । अर्डर अनुसारका सबै प्रकारका खाना सुन्दर र शान्त बातबरणमा बसेर आनन्द लिन सकिने सञ्चालक मध्येका राजन चौहानले बताएका छन् ।
बेलबारीको बढ्दो बजार र यहाँको आबश्यत्तालाई मध्यनजर गरी रेष्ट्रो सञ्चालनमा ल्याएको सञ्चालक सीताराम राई बताउँछन ।
Facebook Comment
Banner
आज – १२ आषाढ २०८१ बुधवार को राशिफल
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/04/438109703_833953985438784_7244814202403427408_n-1.jpg)
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभअशुभ समाचार सुनिएला । लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक कार्यमा पनि मन जाला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै समाचारले मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाइदा होला । वाहन सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/WhatsApp-Image-2024-06-25-at-7.52.46-PM-2.jpeg)
विराटचोकः सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मृगौलियाको जेष्ठ नागरिक समाजको भवनमा वडा अध्यक्ष बिवस प्रधानको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सेवाग्राहीका रुपमा आएका सर्वसाधारणहरुप्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप, वडामा भएका विकास निर्माण, आव २०८०/०८१ मा सञ्चालन भएका याेजनाका बारेमा आम नागरिकलाई जानकारी गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएको अध्यक्ष प्रधानले बताउनुभयाे । यस्तै सञ्चालन भएका याेजनाका विषयमा उपस्थित नागरिकले चासाे राखेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण विराट मिडिया एण्ड एडभर्टाइजिङ प्रालिले गरेको थियो ।
Banner
सुन्दरहरैंचा नगरपालिकाको चौधौँ नगरसभा २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँको घाटा बजेट
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/448942721_1005557158238799_3097968786516412507_n.jpg)
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज भएको नगरको चौधौँ नगरसभामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरले २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको हो । विनियोजित रकममा अपुग आय २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँ आन्तरिक आय वृद्धि गरी परिपूर्ति गरिने नगरले जनाएको छ ।
विनियोजित रकममध्ये चालु खर्चमा ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैयाँ छ । पूँजीगत खर्चमा १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत साँवा तथा ब्याज भुक्तानी गर्न ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नगरसभामा नगरप्रमुख केदारप्रसाद गुरागाईँले नगरको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख गुरागाईँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता क्रममा राखिएको बताउनुभयो ।
नगरले आर्थिक विकाससम्बन्धी नीतिअन्तर्गत कृषि, पशुपंक्षी विकास र साना सिँचाइसम्बन्धी २१ वटा, पर्यटसम्बन्धी ८ वटा, उद्योग, सहकारी तथा रोजगारसम्बन्धी १४ वटा नीति लिएको छ ।
सामाजिक विकास नीतिअन्तर्गत शिक्षासम्बन्धी ३० वटा, स्वास्थ्यसम्बन्धी १२ वटा, खानेपानी तथा सरसफाइसम्बन्धी ४ वटा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी १४ वटा, भाषा, कला, संस्कृतिसम्बन्धी ३ वटा, युवा तथा खेलकुदसम्बन्धी १३ वटा नीति लिएको छ ।
सुन्दरहरैंचाले पूर्वाधार विकाससम्बन्धी नीतिअन्तर्गत भौतिक पूर्वाधारसम्बन्धी ३० वटा, सञ्चार, विद्युत तथा ऊर्जासम्बन्धी १२ वटा नीति लिएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login