Connect with us
Advertisement

सुन्दरहरैंचाका २१ वटा होटल तथा खाजाघरको अनुगमन गर्दा १० वटा देखिए उत्तम

Published

on

विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा मोरङको सुन्दरहरैंचाका २१ वटा होटल तथा खाजाघरको अनुगमन भएको छ । अनुगमनका क्रममा १० वटा होटलले २ तारा अंकित उत्तम वर्गको खाद्य स्वच्छता मापक स्टीकर पाएका छन् ।

अनुगमनका क्रममा अधिकांश होटलका कुक, वेटर तथा अन्य कर्मचारीले मास्क, पञ्जा, एप्रोन आदि नलगाएको पाइएको कार्यालय प्रमुख राजकुमार रिजालले बताए । केही होटलमा त्यस्ता सामग्री नै नभएको वा काम नलाग्ने अवस्थामा भएको तथा कतिपय होटलमा भएका सामग्री प्रयोग नगरिएको पाइएको उनले बताए ।

केही होटलमा पुरानो चपिङ बोर्डको प्रयोग, मैलो एप्रोन वा टाबेलको प्रयोग भएको तथा सरसफाइमा ध्यान दिएको नपाइएको पनि उनले बताए ।

भान्सा व्यवस्थापनमा ध्यान नदिएको, फ्रिजमा शाकाहारी र मासुजन्य खाद्यपदार्थ पनि एकै ठाउँमा राखिएको पाइएको, पकाएको र काँचो खाद्य पदार्थ पनि एकै ठाउँमा राखिएको पाइएको तथा ढकनबिनाको डस्बिन प्रयोग गरिएको पाइएको खाद्य अधिकृत काशीनाथ घिमिरेले बताए । कतिपय होटललाई स्तर सुधार्न ७ दिनको समयसीमा दिइएको उनले जानकारी दिए ।

अनुगमन टोलीले केही होटलमा मिति सकिएका खाद्य पदार्थ फेला पारी नष्ट गरेको थियो । त्यसरी फेला पारेको म्याद गुज्रिएको माउण्टेन ड्यु, स्प्राइट, कोक, आँटा तथा मैदालगायतका खाद्य सामग्री अनुगमन टोलीले नष्ट गरेको थियो ।

अनुगमनका क्रममा नयाँ होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरी स्तरीकरण प्रमाणपत्र दिइनुका साथै पुराना होटल तथा रेष्टुरेन्टको स्तरीकरण नवीकरण गरिएको थियो । त्यस क्रममा ८ वटा नयाँ होटलको स्तरीकरण गरिएको तथा अन्य १३ वटाको स्तरीकरण नवीकरण गरिएको कार्यालयका शङ्कर न्यौपानेले बताए ।

लकडाउन र कोरोना संक्रमणको जोखिमको त्रासका कारण लामो समय अनुगमन नभएकाले लकडाउनपछि पहिलो पटक सुन्दरहरैंचाबाट अनुगमन शुरु गरिएको कार्यालयले जनाएको छ । अनुगमनलाई निरन्तरता दिइने कार्यालय प्रमुख रिजालले बताए ।

लकडाउनका कारण होटल बन्द रहेकाले र खर्च धान्न समस्या भएकाले होटल व्यवसायी मारमा परेको अनुगमन गरिएका होटलका सञ्चालकले बताए । कतिपय खाद्य तथा पेय पदार्थ आफूहरु नभएको बेलामा डिलरले ल्याइदिने र त्यस्तो अवस्थामा म्याद गुज्रिएका वा उपभोग्य मिति सकिन लागेका सामान पनि ल्याइदिने गरेको पाइएको व्यवसायीको गुनासो थियो ।

अनुगमन टोलीमा कार्यालयका तर्फबाट राजकुमार रिजाल, काशीनाथ घिमिरे तथा शङ्कर न्यौपाने सहभागी थिए । स्थानीय खाद्य स्वच्छता समूहका संयोजक सुमन बानियाँ र सदस्यद्वय गणेश खड्का तथा बाबुराम भट्टराई र सञ्चारकर्मी सम्मिलित टोलीले अनुगमन गरेको थियो ।

सोमबार विराटचोक र खोर्सानेका मोनालिसा, सन्ध्या, सिजलिङ फायर, सिर्जना, चौतारी, स्वाद, कफी क्लब, गोर्खा किचन, सेभेन क्याफे, डाक्ट डेभिड क्याफे र प्लानेट लाउन्जको अनुगमन भएको थियो ।

मंगलबार गोकुलम रिसोर्ट, गोकर्ण रिसोर्ट, भरोसा बीबी क्यु, आँगन फास्टफुड, श्रेष्ठ होटल एण्ड लज, होटल योजना, जिङ्को रेष्टुरेन्ट, दौँतरी रेष्ट्रो, रातो भाले टु रेस्टुरेन्ट र सिसा लाउन्जको अनुगमन भएको थियो ।

अनुगमन टोलीले खाद्य स्वच्छताको आधारमा अनुगमन गरी १० वटालाई उत्तम, ६ वटालाई सन्तोषजनक, एउटालाई सामान्य स्तरको स्टिकर दिएको थियो । ४ वटा होटलले भने न्यूनतम मापदण्ड नपुगेका कारण स्टीकर पाएनन् । ९० भन्दा बढी अङ्क आउँदा पाउने क वर्गको अर्थात् अत्युत्तम स्टीकर भने कुनै पनि होटलले पाएनन् ।

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक