राजनीति
सुन्दरहरैंचाका प्रजातन्त्र सेनानीको स्मरण, ‘त्यो बेला काँचो मुलुक थियो’ (प्रजातन्त्र दिवस विशेष)
विराटचोकः भोजपुर जिल्लामा जन्मिएर हाल मोरङको सुन्दरहरैंचामा बसोबास गर्दै आउनुभएका टीकाराम घिमिरेले २००७ सालमा प्रजातन्त्र ल्याउन गरेको योगदानको अनुभव समेटेर प्रजातन्त्र दिवसको अवसर पारी निष्पक्ष खबरले तयार पारेको रिपोर्टः
उहाँको घरमा हामी पुग्दा उहाँ आफ्नो खाटमा निदाइरहनुभएको थियो । नातिनी बुहारी रुपा फुयल घिमिरेले उठाएपछि ५ मिनेट उहाँसँग सामान्य गफ गरी हामी ००७ सालको क्रान्तिको सेरोफेरोमा रहेर प्रश्न गर्न थाल्यौँ । यसबीचमा उहाँले चस्मा नलगाई ३ मिनेटजति मनमनै गीता पाठ गर्नुभयो । २००७ साल र राणाको कुरा गरेपछि उहाँले भन्नुभयो, ‘राणा खेदेपछि धेरै सुखका दिन आए ।’
वि. सं. १९७४ पुसमा भोजपुरमा जन्मनुभएको उहाँ २०२८ सालमा तराई झर्नुभयो । तराई झरेपछि हात्ती र बाघसँग समेत लडाइँ गरेको सुनाउनुभएका उहाँले राणासँग भएको लडाइँको थोरै कुरा सुनाउनुभयो । स्मरणशक्ति कमजोर भएकाले सबै कुरा सुनाउन सक्नुभएन । त्यसबेलाको भोगाइ सामान्य सम्पादनसहित उहाँकै शब्दमाः
![]()
‘भोजपुरको माथिमाथि सैलुङ्गे, कपासे लेकमा राणाको विरुद्धमा काम गथ्यौंँ । राणासँगै किरातीको पनि राज थियो । मानबहादुर किरातीसँग बन्दुक थियो । हामी भने खुकुरी बोकेर हिँड्थ्यौँ । राणाले धेरै दुःख दिएका थिए । सुवर्ण समसेर भन्ने राणाले भोजपुरमा पनि दुःख दिएको थियो । राणा हटाएपछि पान सरकार (पाँच सरकार\ श्री ५ सरकार) आयो र केही सुख पाइयो । हामी राणाविरुद्ध लड्दा पान सरकार (श्री ५ त्रिभुवन) डिल्ली (भारतको राजधानी नयाँ दिल्ली) मा बसेको थियो । किरातीहरुले गोठमा बसेर डङडङ बन्दुक हान्थे । हामी कोही नपुग्ने माथि डाँडामा खटिएका थियाँै । राणाको सरकार हटाउन १०\१२ महिना लडाइँ गर्नुपरेको थियो ।
राजाको शासन आएपछि लडाइँमा खटिनेले बक्सिस पाएको थाहा भएन, बिर्सिएँ । राणालाई पस्न नदिन माथिमाथि ओढारमा बसेर डिप्टी गरेको (काम गरेको) थिएँ । किरातीको गोठमा बसेर डिप्टी गरेको र डङडङ बन्दुक हानेको अहिले झैँ लाग्ने गरेको छ ।
जसलाई पायो उसलाई कुट्ने, मार्ने काँचो मुलुक थियो त्यो बेला । राणा हटेपछि भने त्यो अलि मथ्थर भएको थियो । राणा नखेदेको भए धेरै अप्ठ्यारो पर्ने थियो । केके गरियो, अहिले त सबै बिर्सिएँ ।’
(प्रजातन्त्र दिवसको अवसर पारी २०७६ साल फागुन ७ गते प्रकाशित यो सामग्री पुनः प्रकाशन गरिएको हो । – सम्पादक)

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login