Connect with us
Advertisement

उम्मेद्वारी दर्तासँगै सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको चयनका लागि आतुर व्यवसायी

Published

on

विराटचोकः २ वर्षे कार्यकालका लागि निर्वाचन भए पनि ४ वर्षभन्दा बढी एउटै नेतृत्वले सुन्दरहरैंचा उद्योग वाणिज्य संघ चलाउन पुग्यो । कहिले सुन्दरदुलारी उद्योग वाणिज्य संघलाई आफूमा समाहित बनाउने त कहिले कोभिड तथा कहिले अन्य बहानामा वर्तमान नेतृत्वले काम गर्ने अवसर पायो ।

गत असोज (दशै अगाडि) र गत मंसिर (छठ पछाडि) गरी २ पटक अधिवेशनको तयारी भए पनि अधिवेशन हुन सकेन । असोजको तयारी रामै्र भइसके पनि अधिवेशनमा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै अन्तिम समयमा आएर अधिवेशन स्थगित भयो ।

त्यसपछि छठलगत्तै अधिवेशन हुने भनी हल्ला चल्यो । सामाजिक सञ्जालमा नयाँ नेतृत्वका लागि भोट माग्ने क्रम शुरु भयो । सार्वजनिक रुपमा अधिवेशनको मिति बाहिर नआए पनि सामाजिक सञ्जालमा भोट मागिएको दृश्य हेर्दा लाग्थ्यो अधिवेशनको तयारी भइसकेको छ, घोषणा हुन बाँकी छ र विभिन्न पदका लागि मत माग्न शुरु भएको हो । सामाजिक सञ्जालमा व्यापकता पाएको त्यसबेलाको रौनक त्यत्तिकै सेलायो ।

त्यसपछि गत माघको दोस्रो साता आसपास चिठ्ठा प्रक्रियाबाट नेतृत्व चयन गर्ने भनी सहमति भएअनुसार चिठ्ठा तान्दा टीकाप्रसाद कट्टेल अध्यक्ष चयन भएको भनी गाइँगुइँ चल्यो । औपचारिक रुपमा त्यसको घोषणा नभए पनि रिजाल पक्ष र कट्टेल पक्षका समर्थकहरु चिठ्ठा प्रक्रियाबाट नेतृत्व चयन गर्न खोजिएको बताउँछन् । रिजालले आफ्नो सहमतिविपरीत सीमित व्यक्तिबीच गोला तानिएको र त्यसमा आफ्नो मञ्जुरी नरहेको टिप्पणी गरेपछि चिठ्ठाबाट नेतृत्व चयनको विषय सेलायो । धेरै व्यवसायीले चिठ्ठा प्रक्रियाको बारेमा थाहा नै पाएनन् ।

यसपटक सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्छ भनी पूर्व अध्यक्षहरुको समूहले बारम्बार छलफल पनि गरेको थियो । संघका ४ जना पूर्व अध्यक्षहरु सम्मिलित सो टोलीले पनि सहमतिको आधारमा नेतृत्व चयन गराउन सकेन । यसरी धेरै प्रयास असफल भएपछि यसै साता निर्वाचन हुने गरी अधिवेशनको मिति तोकियो ।

अब आउने नेतृत्वले राम्रो काम गर्ला भन्ने आशमा अहिले सुन्दरहरैंचाका व्यवसायी खुशी देखिएका छन् । सोमबार उम्मेद्वारी दर्ताअघि भएको र्यालीमा सहभागी व्यवसायीले खुशी साटिरहेका देखिन्थे ।

‘पहिले उम्मेद्वार नै खुलेर नआउँदा र चिठ्ठाको भरमा नेतृत्व छान्ने भन्दा नमज्जा लागेको थियो,’ रिजाल समर्थित व्यवसायीले निकालेको र्यालीमा सहभागी भएका व्यक्ति भन्दै थिए, ‘अब खुलेर निर्वाचनमा आएका छन् । लोकतान्त्रिक विधिबाट चयन हुने नेतृत्वले व्यवसायीको हितमा काम गर्छ भन्ने आशा पलाएको छ ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक