अर्थ
उम्मेद्वारी दर्तासँगै सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको चयनका लागि आतुर व्यवसायी
विराटचोकः २ वर्षे कार्यकालका लागि निर्वाचन भए पनि ४ वर्षभन्दा बढी एउटै नेतृत्वले सुन्दरहरैंचा उद्योग वाणिज्य संघ चलाउन पुग्यो । कहिले सुन्दरदुलारी उद्योग वाणिज्य संघलाई आफूमा समाहित बनाउने त कहिले कोभिड तथा कहिले अन्य बहानामा वर्तमान नेतृत्वले काम गर्ने अवसर पायो ।
गत असोज (दशै अगाडि) र गत मंसिर (छठ पछाडि) गरी २ पटक अधिवेशनको तयारी भए पनि अधिवेशन हुन सकेन । असोजको तयारी रामै्र भइसके पनि अधिवेशनमा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै अन्तिम समयमा आएर अधिवेशन स्थगित भयो ।
त्यसपछि छठलगत्तै अधिवेशन हुने भनी हल्ला चल्यो । सामाजिक सञ्जालमा नयाँ नेतृत्वका लागि भोट माग्ने क्रम शुरु भयो । सार्वजनिक रुपमा अधिवेशनको मिति बाहिर नआए पनि सामाजिक सञ्जालमा भोट मागिएको दृश्य हेर्दा लाग्थ्यो अधिवेशनको तयारी भइसकेको छ, घोषणा हुन बाँकी छ र विभिन्न पदका लागि मत माग्न शुरु भएको हो । सामाजिक सञ्जालमा व्यापकता पाएको त्यसबेलाको रौनक त्यत्तिकै सेलायो ।
त्यसपछि गत माघको दोस्रो साता आसपास चिठ्ठा प्रक्रियाबाट नेतृत्व चयन गर्ने भनी सहमति भएअनुसार चिठ्ठा तान्दा टीकाप्रसाद कट्टेल अध्यक्ष चयन भएको भनी गाइँगुइँ चल्यो । औपचारिक रुपमा त्यसको घोषणा नभए पनि रिजाल पक्ष र कट्टेल पक्षका समर्थकहरु चिठ्ठा प्रक्रियाबाट नेतृत्व चयन गर्न खोजिएको बताउँछन् । रिजालले आफ्नो सहमतिविपरीत सीमित व्यक्तिबीच गोला तानिएको र त्यसमा आफ्नो मञ्जुरी नरहेको टिप्पणी गरेपछि चिठ्ठाबाट नेतृत्व चयनको विषय सेलायो । धेरै व्यवसायीले चिठ्ठा प्रक्रियाको बारेमा थाहा नै पाएनन् ।
यसपटक सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्छ भनी पूर्व अध्यक्षहरुको समूहले बारम्बार छलफल पनि गरेको थियो । संघका ४ जना पूर्व अध्यक्षहरु सम्मिलित सो टोलीले पनि सहमतिको आधारमा नेतृत्व चयन गराउन सकेन । यसरी धेरै प्रयास असफल भएपछि यसै साता निर्वाचन हुने गरी अधिवेशनको मिति तोकियो ।
अब आउने नेतृत्वले राम्रो काम गर्ला भन्ने आशमा अहिले सुन्दरहरैंचाका व्यवसायी खुशी देखिएका छन् । सोमबार उम्मेद्वारी दर्ताअघि भएको र्यालीमा सहभागी व्यवसायीले खुशी साटिरहेका देखिन्थे ।
‘पहिले उम्मेद्वार नै खुलेर नआउँदा र चिठ्ठाको भरमा नेतृत्व छान्ने भन्दा नमज्जा लागेको थियो,’ रिजाल समर्थित व्यवसायीले निकालेको र्यालीमा सहभागी भएका व्यक्ति भन्दै थिए, ‘अब खुलेर निर्वाचनमा आएका छन् । लोकतान्त्रिक विधिबाट चयन हुने नेतृत्वले व्यवसायीको हितमा काम गर्छ भन्ने आशा पलाएको छ ।’
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login