Connect with us
Advertisement

अरुलाई नङ्ग्याएर आफू दङ्ग पर्ने ठाउँ भएको छ सामाजिक सञ्जाल

Published

on

कम्प्युटर, ल्यापटप वा मोबाइलबाट इन्टरनेट प्रविधिको प्रयोग मार्फत् आफूले प्राप्त गरेका, आफूले सिर्जना गरेका कुरा, फोटो, भिडियो, अडियो तथा अन्य प्रकारका सामग्रीहरु एकअर्कामा आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ ।

समुदायमा आधारित तथा स्थानीय स्तरमा भएका विभिन्न जानकारीमूलक सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । सामाजिक सञ्जाल सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको एउटा सामूहिक रुप हो । फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि सामाजिक सञ्जालका केही उदाहरण हुन् ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण संसार दिनप्रतिदिन साँघुरो भइरहेको छ । आम नेपालीले सामाजिक सञ्जालको प्रयोग गर्न थालेको धेरै समय भएको छैन । अहिले सामाजिक सञ्जालले दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने मजदुरदेखि उद्योगपति, व्यापारी, कर्मचारी, राजनीतिज्ञ, कानुन व्यवसायी, सञ्चारकर्मीजस्ता हरेक वर्गलाई कुनै न कुनै रुपले छोएको छ । सबै उमेर समूूहका मानिसहरु यसैमा अलमलिएका छन् । कतिले त त्यसैलाई आफ्नो समय कटाउने माध्यमको रुपमा पनि लिएका छन् ।

सामाजिक सञ्जालको सही तरिकाले उपयोग गरेर त्यसको प्रयोग गर्ने हो भने हामीलाई धेरै काम गर्न सहयोग पुग्छ । तर पछिल्लो समयमा हेर्ने हो भने सामाजिक सञ्जालकै कारण धेरै विकृतिका घटना बढिरहेका छन् । अहिले मानिसहरू बिस्तारै एकअर्काको वास्तविक भावनालाई बुझ्न असमर्थ हुँदै गएको देखिएको छ । सामाजिक सञ्जालमा लिप्त भएपछि धेरै मानिसहरुको कामधन्दा पनि प्रभावित हुने गर्दछ । त्यति मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर बाल विवाह, बहुविवाह, बलात्कार , विभिन्न व्यक्तिको चरित्रहत्या, तथा विभिन्न ठगीका घटनाहरु हुने गरेको हामीले समाजमा प्रशस्तै देख्ने गरेका छौँ । क्षणिक रूपमा मनोरञ्जन लिने उद्देश्यले आएका कतिपय कुराले प्रगाढ सम्बन्धहरू पनि बिस्तारै जटिल अवस्थामा तर्फ धकेलेको पाइन्छ । जस्को फलस्वरूप अन्ततः आशङ्का पैदा गर्ने मात्र होइन, कलहको बीउ नै रोपेका उदाहरणहरु पनि प्रशस्त छन् ।

सामाजिक सञ्जालमा दिएका आफ्ना विचार तथा अभिव्यक्तिका कारण पछिलो समयमा धेरै व्यक्तिहरु चर्चित पनि भए । कतिले आफ्नो त्यही विचार तथा अभिव्यक्तिका कारण विभिन्न उदाहरणीय कार्यसमेत गरे । कतिले आकाशमा भएको आफ्नो व्यक्तित्वलाई क्षणभरमै भुइँमा पछारे त कतिले आफ्नो ज्यानसमेत गुमाए । आफूूलाई लागेका कुराहरु अभिव्यक्त गर्न पाइन्छ तर त्यसले अरुलाइ कस्तो किसिमको असर पुग्दछ भनेर पनि सोच्नुपर्ने हुन्छ ।

हाम्रो स्वभाव नै कसरी आफू अरुभन्दा उत्कृष्ट हुन सकिन्छ अनि कसरी अरुलाई आफूभन्दा तल पार्न सकिन्छ भनेर विचार गर्नेमा रहेको पाइन्छ । यसरी आफू माथि पर्ने होडबाजीमा हामीले म पहिले कस्तो अवस्थामा थिएँ, कुन अवस्थाबाट यो अवस्थामा आइपुगेँ, मेरो पहिलेको धरातल कुन हो भन्ने कुरा सोच्नु पर्दछ । समाजका गन्यमान्य व्यक्तिहरुले पनि सानोसानो कुरामा अरुको खिल्ली उडाएको हामीले धेरै देखेका छौँ तर त्यसरी खिल्ली उडाउने क्रममा ती व्यक्तिले आफ्नो पुरानो धरातल बिर्सिएका हुन्छन् । सोही कारणले गर्दा अरुलाई उदाङ्गो पार्दा समाजमा राम्रो इज्जत प्रतिष्ठा भएका व्यक्तिहरु आफ्नै कारण, आफैँ नाङ्गो भइरहेका छन् । यसरी अरुलाइ नाङ्गो बनाउँदा त्यस्को असर आफूूलाई तथा सिङ्गो समाजलाई पनि कस्तो पर्छ भनेर सोच्नु पर्दछ ।

सामाजिक सञ्जालबाट कसैको चरित्रहत्या र सामाजिक सद्भाव बिथोल्नुलाई पनि एउटा अपराधकै रुपमा लिइन्छ । यदि त्यस्तो कार्य गरेमा कानुनले १५ वर्षसम्म कैद, वा १० लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान भए पनि अझै पनि सो क्रम रोकिएको छैन ।

तसर्थ आफ्नो विचार तथा अभिव्यक्ति राख्दा जहिले पनि क्षणिक आनन्द लिने भन्दा पनि सकारात्मक सोच भएका कुराहरुको मात्र प्रचारप्रसार गर्नु पर्दछ । त्यसो भनिरहँदा समाजमा आफ्नै आँखा अगाडिको समाजलाई नै असर पार्ने किसिमको कुनै नकारात्मक कुरालाई पनि छोडनु पर्दछ भन्ने चाहिँ पक्कै पनि होइन ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक