Connect with us
Advertisement

अरुलाई नङ्ग्याएर आफू दङ्ग पर्ने ठाउँ भएको छ सामाजिक सञ्जाल

Published

on

कम्प्युटर, ल्यापटप वा मोबाइलबाट इन्टरनेट प्रविधिको प्रयोग मार्फत् आफूले प्राप्त गरेका, आफूले सिर्जना गरेका कुरा, फोटो, भिडियो, अडियो तथा अन्य प्रकारका सामग्रीहरु एकअर्कामा आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ ।

समुदायमा आधारित तथा स्थानीय स्तरमा भएका विभिन्न जानकारीमूलक सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । सामाजिक सञ्जाल सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको एउटा सामूहिक रुप हो । फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि सामाजिक सञ्जालका केही उदाहरण हुन् ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण संसार दिनप्रतिदिन साँघुरो भइरहेको छ । आम नेपालीले सामाजिक सञ्जालको प्रयोग गर्न थालेको धेरै समय भएको छैन । अहिले सामाजिक सञ्जालले दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने मजदुरदेखि उद्योगपति, व्यापारी, कर्मचारी, राजनीतिज्ञ, कानुन व्यवसायी, सञ्चारकर्मीजस्ता हरेक वर्गलाई कुनै न कुनै रुपले छोएको छ । सबै उमेर समूूहका मानिसहरु यसैमा अलमलिएका छन् । कतिले त त्यसैलाई आफ्नो समय कटाउने माध्यमको रुपमा पनि लिएका छन् ।

सामाजिक सञ्जालको सही तरिकाले उपयोग गरेर त्यसको प्रयोग गर्ने हो भने हामीलाई धेरै काम गर्न सहयोग पुग्छ । तर पछिल्लो समयमा हेर्ने हो भने सामाजिक सञ्जालकै कारण धेरै विकृतिका घटना बढिरहेका छन् । अहिले मानिसहरू बिस्तारै एकअर्काको वास्तविक भावनालाई बुझ्न असमर्थ हुँदै गएको देखिएको छ । सामाजिक सञ्जालमा लिप्त भएपछि धेरै मानिसहरुको कामधन्दा पनि प्रभावित हुने गर्दछ । त्यति मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर बाल विवाह, बहुविवाह, बलात्कार , विभिन्न व्यक्तिको चरित्रहत्या, तथा विभिन्न ठगीका घटनाहरु हुने गरेको हामीले समाजमा प्रशस्तै देख्ने गरेका छौँ । क्षणिक रूपमा मनोरञ्जन लिने उद्देश्यले आएका कतिपय कुराले प्रगाढ सम्बन्धहरू पनि बिस्तारै जटिल अवस्थामा तर्फ धकेलेको पाइन्छ । जस्को फलस्वरूप अन्ततः आशङ्का पैदा गर्ने मात्र होइन, कलहको बीउ नै रोपेका उदाहरणहरु पनि प्रशस्त छन् ।

सामाजिक सञ्जालमा दिएका आफ्ना विचार तथा अभिव्यक्तिका कारण पछिलो समयमा धेरै व्यक्तिहरु चर्चित पनि भए । कतिले आफ्नो त्यही विचार तथा अभिव्यक्तिका कारण विभिन्न उदाहरणीय कार्यसमेत गरे । कतिले आकाशमा भएको आफ्नो व्यक्तित्वलाई क्षणभरमै भुइँमा पछारे त कतिले आफ्नो ज्यानसमेत गुमाए । आफूूलाई लागेका कुराहरु अभिव्यक्त गर्न पाइन्छ तर त्यसले अरुलाइ कस्तो किसिमको असर पुग्दछ भनेर पनि सोच्नुपर्ने हुन्छ ।

हाम्रो स्वभाव नै कसरी आफू अरुभन्दा उत्कृष्ट हुन सकिन्छ अनि कसरी अरुलाई आफूभन्दा तल पार्न सकिन्छ भनेर विचार गर्नेमा रहेको पाइन्छ । यसरी आफू माथि पर्ने होडबाजीमा हामीले म पहिले कस्तो अवस्थामा थिएँ, कुन अवस्थाबाट यो अवस्थामा आइपुगेँ, मेरो पहिलेको धरातल कुन हो भन्ने कुरा सोच्नु पर्दछ । समाजका गन्यमान्य व्यक्तिहरुले पनि सानोसानो कुरामा अरुको खिल्ली उडाएको हामीले धेरै देखेका छौँ तर त्यसरी खिल्ली उडाउने क्रममा ती व्यक्तिले आफ्नो पुरानो धरातल बिर्सिएका हुन्छन् । सोही कारणले गर्दा अरुलाई उदाङ्गो पार्दा समाजमा राम्रो इज्जत प्रतिष्ठा भएका व्यक्तिहरु आफ्नै कारण, आफैँ नाङ्गो भइरहेका छन् । यसरी अरुलाइ नाङ्गो बनाउँदा त्यस्को असर आफूूलाई तथा सिङ्गो समाजलाई पनि कस्तो पर्छ भनेर सोच्नु पर्दछ ।

सामाजिक सञ्जालबाट कसैको चरित्रहत्या र सामाजिक सद्भाव बिथोल्नुलाई पनि एउटा अपराधकै रुपमा लिइन्छ । यदि त्यस्तो कार्य गरेमा कानुनले १५ वर्षसम्म कैद, वा १० लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान भए पनि अझै पनि सो क्रम रोकिएको छैन ।

तसर्थ आफ्नो विचार तथा अभिव्यक्ति राख्दा जहिले पनि क्षणिक आनन्द लिने भन्दा पनि सकारात्मक सोच भएका कुराहरुको मात्र प्रचारप्रसार गर्नु पर्दछ । त्यसो भनिरहँदा समाजमा आफ्नै आँखा अगाडिको समाजलाई नै असर पार्ने किसिमको कुनै नकारात्मक कुरालाई पनि छोडनु पर्दछ भन्ने चाहिँ पक्कै पनि होइन ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक