Connect with us
Advertisement

प्रिय, मेरो मृत्युमा कुनै शोक धून नबजाउनू ––२

Published

on

प्रिय, मेरो मृत्युमा कुनै शोक धून नबजाउनू ।
कुनै उत्सव नमनाउनू ।
किनकि यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण प्रत्येक पल विजयीको हाँसो हाँसिरहेको छ ।

भर्खरभर्खर सपना फुल्न थालेका युवाहरुको आयुमा
भर्खर फुल्दै गरेका कलिला मुनाहरूका खुशीहरूमा
जहर फैलाइरहेको छ ।
ऊ कहिले अस्पतालको गेटमा बेडको अभावमा
तड्पिएको आत्मामाथि गिद्धे नजर लगाइरहेको छ ।
ऊ कहिले अक्सिजनको खाली सिलिन्डरहरुमा
अनेकौँ बाजा बजाएर ताण्डव गरिरहेको छ ।
ऊ कहिले एम्बुलेन्स नपाएर ट्याक्टरमा छटपटाइरहेको बिरामीको
शरीरसँग जीवनको होली खेलिरहेको छ ।
ऊ कहिले सिटामोल रेमडेसिमरको अभावलाई
मिठो धून बनाएर बजाइरहेको छ ।
ऊ असहाय, निरीह, अचेत आत्मामाथि
आफ्नो उन्मुक्तको नाच नाचिरहेको छ ।
विजयी हुन तम्तयार छ ।.
त्यसैले प्रिय, मेरो मृत्युमा कुनै शोक धून नबजाउनू
कुनै उत्सव नमनाउनू ।
किनकि यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।

यो महाव्याधि, यो महामारी
शताब्दीमा कुन बेला आउँछ र कसरी आउँछ ?
हामीले अनुमान र निवारणका उपायलाई
उपेक्षा पो गयौँै कि !
पहिलो लहरबाट दोस्रो लहरमा अझ शक्तिशाली भएर
आउँदै गरेको भाइरसलाई नजरअन्दाज गर्यौँ कि !
हाम्रा चेतनशील मस्तिष्क खै कसरी
अलमलिए होलान् !
हामी आफ्नो सपनाको संसारमा ठूलठूला महल
सजाउनमा नै व्यस्त भयौ कि !
ती सब क्षणभरमा तहसनहस हुन्छन् भन्ने कुरामा
अलिकति पनि सचेत भएनौँ कि !
प्रकृतिले दिएको यति ठूलो उपहारलाई
हामी ध्वस्त बनाउन तल्लीन पो भयौँ कि !
हामीभित्र रहेको मपाइँपन, लालचीपन र स्वार्थीपनले
हाम्रा ज्ञान, विवेक बुद्धि र सदाचारलाई
आफैँले हत्या पो गयौैँँ कि !
क्षणिक स्वार्थ र भोगविलास र वैभवकताको लागि
हजारौँ अक्षम्य पाप पो गरिरह्यौ कि !
हजारौँ सृष्टि फुलाउने भु्रणलाई गर्भमा नै हत्या गरेर
पापको भकारी भरिरह्यौ कि !
मंगल र चन्द्रमामा बस्ती बसाउने धुनमा मानवबस्ती नै सखाप पार्न
तल्लीन भयौँ कि !
मानवताको सबै सिद्धान्त बिर्सेर आफू मात्र रमाउन
नयाँनयाँ सिद्धान्त प्रतिपादिन गर्याँै कि !
निरङ्कुश शासकहरूको तानाशाहीलाई
खबरदारी गर्नको बदलामा आफैँ सत्ता र सर्वशक्तिमानको
भोकले अन्धो भयौँ कि !
हाम्रै लाशमाथि नाचेर बाँसुरी फुक्ने गिद्धहरूको
पक्षपोषक पो भयौँ कि !
भ्रष्टाचार, कमिसनखोर र कालोबजारियाको नाड्गो नाच
नाच्नेहरूको साक्षी बसेर अपराध पो गर्यौँ कि !
यो क्रुर र निरङ्कुश सत्ताको साक्षी हामी
हामी नै दोषी हौँ कि !
त्यसैले मेरो प्रिय,
मेरो मृत्युमा कुनै शोक धून नबजाउनू । कुनै उत्सव नमनाउनू ।
किनकि यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण प्रत्येक पल आफनो अस्तित्वको शंख फुकिरहेको छ ।

माफ गर प्रिय, मैले खुशीको, आनन्दको र जीवनको
कविता लेख्न सकिनँ ।
किनकि यी सबै कुरा अपहरण भएर
समय नै बन्दी भएर बाँचिरहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक