Connect with us
Advertisement

आज मे १२ अर्थात् विश्व नर्स दिवस, कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहनेलाई सलाम

Published

on

आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस । नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम तथा कोरोनासँग कुस्ती खेल्दै औपचारिक कार्यक्रम नगरी दिवस मनाइँदैछ । विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल कसरी उच्च बनाइराख्न सकिन्छ भन्ने सोचका साथ विश्व नर्स दिवस केन्द्रित गरिएको छ ।

शारीरिक तथा मानसिक दुवै रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिन्छ । नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएकी थिइन् । उतिबेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा घाइते सैनिकहरुको उपचारार्थ उनी एउटा टुकी (ल्याम्प) को सहारामा अहोरात्र खटिन्थिन् । तिनै घाइते सैनिकहरुले उनलाई सम्मानका साथ ‘लेडी विथ दि ल्याम्प’ नाम दिएका थिए ।

रातको समयमा पनि टुकी बालेर पनि सम्पूर्ण बिरामीहरु भए ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स थिइन् । फ्लोरेन्स नाईटिङ्गेलले बेलायतको लण्डनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कुल स्थापना पनि गरेकी थिइन् । जुन अझैसम्म पनि गैरनाफामूलक ढंगमा सञ्चालनमा रहेको छ ।

विश्वब्यापी महामारी बनेको कोभिड–१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारण भिन्न परिस्थितिबीच यो वर्षको नर्स दिवसको महत्व अझ बढेको देखिएको छ । विश्वका विभिन्न ठाउँमा नर्स तथा चिकित्सकको सम्मान र मनोबल उच्च बनाउन सरकार एवं नागरिक स्तरबाट विभिन्न गतिविधि पनि भइरहेका छन् ।

नेपालमा नर्सिङको इतिहास वि.सं २०१३ बाट शुरु भएको देखिन्छ । जब केही गृहिणीहरु लगायतका नेपाली चेलीहरुले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए । राणाहरुको शासन कालको क्रममा ४ जना नेपाली चेलीहरु विधावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरु भारतबाट ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइएको छ ।

यो भन्दा अगाडिका विभिन्न महामारीमा पनि नर्सहरुले गर्ने मानवीय सेवा निकै महत्वपूर्ण मानिएका छन् । त्यसो त पछिल्लो समय विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससँगको युद्धमा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यो निकै चुनौतिपूर्ण युद्धमा लड्ने सेता पहिरनधारी स्वास्थ्य क्षेत्रका सिपाही अर्थात् नर्सहरु पनि युद्ध मोर्चामा अग्रस्थानमा रहेका छन् । सम्पूर्ण मानिसहरु रोगसँग डराएर घरभित्रै थुनिएको अवस्थामा आफ्नाु स्वास्थ्य र परिवारको पर्वाह नगरी रातदिन अहोरात्र खटिरहने ती नर्स तथा स्वाथ्यकर्मीलाइ सलाम छ ।

नर्सहरु भगवान त नहोलान् तर अहिलेको यो विषम परिस्थितिमा भगवान्भन्दा कम छैनन् । अझ यस्तो जटिल परिस्थितिमा अहोरात्र कर्तव्यमा खटिने नर्सहरुलाई धन्यवाद दिन कुनै शब्द पर्याप्त नहोला । नर्सहरुको चुपचाप उपस्थितिले पनि छेउको बिरामीलाई छुट्टै आराम मिल्दछ । विपतको यो विषम परिस्थितिमा दिनरात नभनी खट्ने अग्रपंक्तिका योद्धा नर्सहरुलाई विश्व नर्स दिवसको हर्दिक मंगलमय शुभकामना ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै

Published

on

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।

निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।

आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।

एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।

आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।

Continue Reading

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक