विचार
गिट्टी, ढुङ्गा, बालुवा बेचेर देश समृद्ध होला त
चुरे दोहन रोक्ने, पानीका स्रोतहरुको संरक्षण गर्ने, सिँचाइको उचित प्रबन्ध गरेर कृषिजन्य वस्तुको उत्पादन बढाउने र आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा घटाउने दीर्घकालीन उपाय हुँदाहुँदै क्षणिक र सीमित लाभका लागि तराईलाई मरुभूमि बनाउने नीति ल्याउनु जैविक–विविधताको अस्तित्व माथि नै गम्भीर प्रहार हो ।
के राज्यका नीतिहरु अध्ययन र अनुसन्धानमा आधारित छन् त ? राज्यले आफ्नो नीति बनाउँदा विश्वविद्यालयका अनुसन्धानलाई अपनत्व गर्नु पर्दैन ? सरकारी नीति अनुसारको कार्य अघि बढेमा तराई चाँडै नै मरुभूमि बन्ने कुरामा दुई मत छैन ।
सन् १९८९ मा जर्नल अफ नेपाल जियोलोजिकल सोसाइटीमा प्रकाशित लेखले मोरङको तल्लो क्षेत्रमा जमिन मुनि पानीको सतह (ग्राउण्ड वाटर लेभल) १–५ मिटर मात्र तल रहेको यथार्थ प्रस्तुत गरेको भेटिन्छ । अधिकतम क्षेत्रमा जमिनमुनि पानीको सतह २–३ मिटरमै भेटिएको उल्लेख छ ।
सन् २०२० मा हामीले गरेको अनुसन्धानले मोरङ, झापा र सुनसरीको जमिनमुनि पानीको सतह निक्कै तल रहेको पायौं । मोरङको हालको अवस्था हेर्दा जमिनमुनिको पानीको सतह ८–२५ मिटर तल रहेको अध्ययनले देखाउँछ । तीन दशकको समयमा झन्डै ३ गुणाले पानीको सतह तल झर्नुको कैयौ कारणमध्य चुरे दोहन मुख्य हो ।
अत्यधिक मात्रामा खोलाजन्य पदार्थ उत्खन् गर्दा जमिनमुनि कुद्ने पानीका बाटो (ग्राउण्ड वाटर भेन्स) हरु टुट्न जान्छन् । जसले गर्दा वर्षा याममा परेको पानी लामो समयसम्म जमिनभित्र संकलन भएर बस्न सक्दैन । खोला प्राकृतिक रुपमा भन्दा बढी गहिरो हुँदा वर्षाको क्रममा खोला कटान हुने र खोला भन्दा बाहिरी सतहको पानी एकै पटक खोलामा पुग्ने हुँदा बाढी, पहिरोको समस्या निम्त्याउँछ । एकातिर वर्षा याममा जमिनमुनि पानी पुन संकलन (ग्राउण्ड वाटर रिचार्ज) प्रक्रिया बिग्रन्छ र अर्कोतिर प्राकृतिक प्रकोप पनि भोग्नुपर्छ भने सुख्खा याममा पानीको हाहाकार हुन्छ ।
चारकोशे झाडीको छेउछाउ नै पानीका ट्युब वेलहरु सुख्खा याममा सुक्न थालेका छन् । अध्ययनकै आधारमा आँकलन गर्दा पनि केही दशकभित्रै सिँचाइका लागि त परै जाओस् खाने पानीकै हाहाकार नहोला भन्न सकिन्नँ । झन्डै वार्षिक अढाइ खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा तराईलाई मरुभूमि बनाएर व्यापार घाटा घट्ला त ?
अघिल्लो वर्ष मात्र नेपाल सरकारले खोलाजन्य पदार्थले माग धन्न नसक्ने भन्दै पहाड फुटाउने अप्राकृतिक निर्णय गर्नु र अहिले फेरि यस्तो विवादास्पद नीति ल्याउनु एकदमै आश्चर्यजनक र शंकास्पद छ । एकातिर चुरे संरक्षण गर्न अरबौ खर्च गर्नु अनि अर्कोतिर चुरे दोहन प्रोत्साहन हुने गरी नीति ल्याउनु स्वार्थमिश्रित छ भन्नु अत्युक्ति नहोला । आफ्नै देशको मागलाई ध्यान नदिई व्यापार घाटा घटाउने नाममा खुरुखुरु नदीजन्य पदार्थ उत्खनन गरेर निकासी गर्दा क्षणिक लाभ त होला तर त्यसले वातावरणमा अतुलनीय क्षति पुग्न जान्छ ।
अहिलेको अवस्थामा स्थानीय र प्रदेश सरकारले पनि सुस्ताएका अध्ययन, अनुसन्धान ब्युताउँदै वातावरण संरक्षणमा स्पष्ट कार्ययोजना र पहलकदमीको थालनी गर्नु निक्कै बुद्धिमता होला ।
के हामीले भावी सन्ततिलाई नाङ्गा बन र मरुभूमि मात्र छाडिदिने हो र ?
(भट्टराई राष्ट्रिय वातावरणीय अनुसन्धान र पर्यावरण संशाधन प्रयोगशाला कीर्तिपुरका अनुसन्धाता हुन् ।)
Facebook Comment
Banner
मोरङ–६ बाट रास्वपाकी रुबिना विजयी
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।
उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
Banner
काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।
Banner
प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित
नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।
यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।
यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login