विचार
को हुन् आदिवासी जनजाति
नेपाली बृहत शब्दकोषका अनुसार वंश परम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मानिसको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने जातीय समूह अथवा वर्गलाई जाति भनिन्छ । यस्ता जातजातिले आ आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतः यस्ता जातजातिको छुट्टै भाषा, वेशभूषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न सयौं प्रकारका जातजातिहरूको बसोबास भएको छ । त्यसैले नेपाली समाजलाई बहुलभाषी समाजको रूपमा चिनिन्छ ।
आफ्नो पुर्खाको भूमि भएका र त्यस भूमिलाई आक्रमण गरी कब्जा गर्नुभन्दा पहिलेसम्म आफ्नो ऐतिहासिक निरन्तरता भएका, आफ्नै विशिष्ट संस्कृति भएका, आफ्नो अलग्गै भाषा भएका जातिलाई आदिवासी भन्ने गरिन्छ । आदिवासी जनजातिको जीवनशैली पहिलापहिला प्राकृतिक स्रोत साधनमै निर्भर रहेको थियोे । प्राकृतिक स्रोत र साधनमाथिको अधिकार त आदिवासी जनजातिको पहिलेदेखिकै हो ।
आदिम कालदेखि त्यही ठाउँमा बसेर त्यही ठाउँबाट हाल उनीहरु आधुनिक समाजको निर्माण गरिरहेका छन् । सृष्टिकालदेखि नै उनीहरुको गाँस, बास, कपास, औषधिमूलो लगायत सबै प्रकारको सेवा सुविधाहरु प्राकृतिक स्रोत साधनबाट लिने गरेको हुँदा उनीहरुको प्राकृतिक स्रोतसँग घनिष्ठ सम्बन्ध रहेको छ । पछिल्लो समयमा प्राकृतिक स्रोत साधन निजीकरण भइरहेको अवस्थामा आदिवासी जनजातिलाई अप्ठ्यारो परेको छ ।
नेपालको सन्दर्भमा सबै जनजाति आदिवासीको परिभाषाभित्र पर्दछन् तर सबै आदिवासीहरू जनजाति होइनन् । नेपालमा जनजाति शब्दलाई भ्रम र अन्योलको रुपमा व्याख्या गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोषमा जनजातिको परिभाषा यसरी दिइएको छ, ‘जंगल फाँडेर खनी खोस्री खाने आफ्नै रीतिरिवाज भएका, धर्मसंस्कृति भएका, निश्चित क्षेत्रमा बसोबास गर्ने मानिस’ भनेर जनाइएको छ । नेपाल सरकारले हाल ५९ जातिलाई जनजातिको सूचीमा राखेको छ । जनजाति अदिवासीहरुले आफ्नो संस्कार, संस्कृति, भाषा, भेषलाई अहिले सम्म जोगाइरहेका छन् ।
मूलतः जसको आफ्नो विशिष्ट पहिचान, सस्कृति, धर्म, भाषा र परम्परागत जीवन पद्दति छ । त्यही समुदायलाई आदिवासी जनजातिको पहिचानले चिन्न सकिन्छ । आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ ।’ आदिवासी जनजातिका विशेषताहरूलाई निम्न बुँदामा बुझ्न सकिन्छ ।
१. जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ ।
२. जसको परम्परागत भाषा, धर्म, रीतिरिवाज र संस्कृति छ ।
३. जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ ।
४. जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ ।
५. जसको आफ्नो लिखित वा अलिखित इतिहास छ ।
साथै अन्तर्राष्ट्रिय कानुनका अनुसार पनि आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ ।
पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्रलाई अरुले विजयी गर्दाको समयमा या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।
दोस्रो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिवेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।
तेस्रो अवस्था भनेको वर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।
आदिवासीहरुले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोबास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्वीकारून् भन्ने चाहेका छन् । तर, इतिहास हेर्ने हो भने तिनको अधिकार सधैँ हनन् भएको देखिन्छ । आज आदिवासी सम्भवतः विश्वका जोखिमपूर्ण समुदाय हुन् । अहिले आएर विश्व समुदायले तिनको अधिकार, विशिष्ट संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता पनि महसुस गरेका छन् ।
प्रत्येक वर्षको ९ अगष्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषण गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । विश्वका ९० देशमा बसोवास गर्ने आदिवासी झन्डै ३७ करोडको हाराहारीमा रहेको अनुमान छ । पृथ्वीमा बोलिने कुल ७ हजार भाषामध्ये आदिवासीले नै धेरै भाषाहरु बोल्ने गर्दछन् साथै तिनले पाँच हजार विभिन्न सभ्यताको पनि प्रतिबिम्बित गर्ने गर्दछन् ।
खतरामा रहेका बहुसंख्यक भाषा आदिवासी जनताले नै बोल्ने गर्दछन् । एक अध्यानका अनुसार, प्रत्येक दुई महिनामा एउटा आदिवासी भाषा लोप भइरहेको छ । यसरी भाषा लोप हुँदै गर्दा त्यससँग जोडिएको आदिवासी संस्कृति र ज्ञान प्रणाली जोखिममा पर्छ ।
यही कारणले यो अन्तर्राष्ट्रिय दिवसको लक्ष्य नै आदिवासी भाषाको डरलाग्दो रूपमा भइरहेको विनाशप्रति ध्यानाकर्षण गराउनु हो साथै उनीहरुको प्राकृतिप्रतिको घनिष्ठ सम्बन्धलाई जोगाइराखी बढ्दै गएको वातावरण प्रदूषण कम गरी स्वच्छ एवम् शान्त पृथ्वी बनाइराख्नु पनि हो । साथमा यसको संरक्षण, पुनः ताजगी, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा यस्ता कुराको प्रबद्र्धनप्रति ध्यान तान्नु पनि यसको अर्को उद्देश्यको रुपमा देखिन्छ ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login