विचार
को हुन् आदिवासी जनजाति
नेपाली बृहत शब्दकोषका अनुसार वंश परम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मानिसको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने जातीय समूह अथवा वर्गलाई जाति भनिन्छ । यस्ता जातजातिले आ आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतः यस्ता जातजातिको छुट्टै भाषा, वेशभूषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न सयौं प्रकारका जातजातिहरूको बसोबास भएको छ । त्यसैले नेपाली समाजलाई बहुलभाषी समाजको रूपमा चिनिन्छ ।
आफ्नो पुर्खाको भूमि भएका र त्यस भूमिलाई आक्रमण गरी कब्जा गर्नुभन्दा पहिलेसम्म आफ्नो ऐतिहासिक निरन्तरता भएका, आफ्नै विशिष्ट संस्कृति भएका, आफ्नो अलग्गै भाषा भएका जातिलाई आदिवासी भन्ने गरिन्छ । आदिवासी जनजातिको जीवनशैली पहिलापहिला प्राकृतिक स्रोत साधनमै निर्भर रहेको थियोे । प्राकृतिक स्रोत र साधनमाथिको अधिकार त आदिवासी जनजातिको पहिलेदेखिकै हो ।
आदिम कालदेखि त्यही ठाउँमा बसेर त्यही ठाउँबाट हाल उनीहरु आधुनिक समाजको निर्माण गरिरहेका छन् । सृष्टिकालदेखि नै उनीहरुको गाँस, बास, कपास, औषधिमूलो लगायत सबै प्रकारको सेवा सुविधाहरु प्राकृतिक स्रोत साधनबाट लिने गरेको हुँदा उनीहरुको प्राकृतिक स्रोतसँग घनिष्ठ सम्बन्ध रहेको छ । पछिल्लो समयमा प्राकृतिक स्रोत साधन निजीकरण भइरहेको अवस्थामा आदिवासी जनजातिलाई अप्ठ्यारो परेको छ ।
नेपालको सन्दर्भमा सबै जनजाति आदिवासीको परिभाषाभित्र पर्दछन् तर सबै आदिवासीहरू जनजाति होइनन् । नेपालमा जनजाति शब्दलाई भ्रम र अन्योलको रुपमा व्याख्या गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोषमा जनजातिको परिभाषा यसरी दिइएको छ, ‘जंगल फाँडेर खनी खोस्री खाने आफ्नै रीतिरिवाज भएका, धर्मसंस्कृति भएका, निश्चित क्षेत्रमा बसोबास गर्ने मानिस’ भनेर जनाइएको छ । नेपाल सरकारले हाल ५९ जातिलाई जनजातिको सूचीमा राखेको छ । जनजाति अदिवासीहरुले आफ्नो संस्कार, संस्कृति, भाषा, भेषलाई अहिले सम्म जोगाइरहेका छन् ।
मूलतः जसको आफ्नो विशिष्ट पहिचान, सस्कृति, धर्म, भाषा र परम्परागत जीवन पद्दति छ । त्यही समुदायलाई आदिवासी जनजातिको पहिचानले चिन्न सकिन्छ । आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ ।’ आदिवासी जनजातिका विशेषताहरूलाई निम्न बुँदामा बुझ्न सकिन्छ ।
१. जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ ।
२. जसको परम्परागत भाषा, धर्म, रीतिरिवाज र संस्कृति छ ।
३. जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ ।
४. जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ ।
५. जसको आफ्नो लिखित वा अलिखित इतिहास छ ।
साथै अन्तर्राष्ट्रिय कानुनका अनुसार पनि आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ ।
पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्रलाई अरुले विजयी गर्दाको समयमा या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।
दोस्रो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिवेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।
तेस्रो अवस्था भनेको वर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।
आदिवासीहरुले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोबास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्वीकारून् भन्ने चाहेका छन् । तर, इतिहास हेर्ने हो भने तिनको अधिकार सधैँ हनन् भएको देखिन्छ । आज आदिवासी सम्भवतः विश्वका जोखिमपूर्ण समुदाय हुन् । अहिले आएर विश्व समुदायले तिनको अधिकार, विशिष्ट संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता पनि महसुस गरेका छन् ।
प्रत्येक वर्षको ९ अगष्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषण गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । विश्वका ९० देशमा बसोवास गर्ने आदिवासी झन्डै ३७ करोडको हाराहारीमा रहेको अनुमान छ । पृथ्वीमा बोलिने कुल ७ हजार भाषामध्ये आदिवासीले नै धेरै भाषाहरु बोल्ने गर्दछन् साथै तिनले पाँच हजार विभिन्न सभ्यताको पनि प्रतिबिम्बित गर्ने गर्दछन् ।
खतरामा रहेका बहुसंख्यक भाषा आदिवासी जनताले नै बोल्ने गर्दछन् । एक अध्यानका अनुसार, प्रत्येक दुई महिनामा एउटा आदिवासी भाषा लोप भइरहेको छ । यसरी भाषा लोप हुँदै गर्दा त्यससँग जोडिएको आदिवासी संस्कृति र ज्ञान प्रणाली जोखिममा पर्छ ।
यही कारणले यो अन्तर्राष्ट्रिय दिवसको लक्ष्य नै आदिवासी भाषाको डरलाग्दो रूपमा भइरहेको विनाशप्रति ध्यानाकर्षण गराउनु हो साथै उनीहरुको प्राकृतिप्रतिको घनिष्ठ सम्बन्धलाई जोगाइराखी बढ्दै गएको वातावरण प्रदूषण कम गरी स्वच्छ एवम् शान्त पृथ्वी बनाइराख्नु पनि हो । साथमा यसको संरक्षण, पुनः ताजगी, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा यस्ता कुराको प्रबद्र्धनप्रति ध्यान तान्नु पनि यसको अर्को उद्देश्यको रुपमा देखिन्छ ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login