Connect with us
Advertisement
Advertisement

क्वाँटी र स्वास्थ्य

Published

on

मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकाले मैले क्वाँटी, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । विशेषगरी क्वाँटीको रस पकाएर झोल मात्रै खाएँ । खाँदा माथिपट्टिबाट हरियो धनियाँ र कागती हालेकोले स्वादिलो भयो, स्वास्थ्य पनि राम्रो भयो ।

कोरोनाबाट संक्रमित व्यक्तिहरूलाई मासु, खुट्टीको रस खानुपर्छ भनेर भनेपछि शाकाहारीले पनि जबर्जस्ती मासुको रस खाए, शाकाहारी वा मासांहारी हुनु आफ्नो इच्छा, संस्कृति र संस्कारमा भर पर्छ । तर कुनै संक्रमण भएर तङ्ग्रिनलाई चाहिँ मासुको रस नै खानुपर्छ भन्ने छैन ।

टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।

महत्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन शुरु गरेको सन्देश पनि दिन्छ । जाडोका बेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।

क्वाँटी कसरी फाइदाजनक ?
टुसा उमारेको क्वाँटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्व, क्याल्सियम, भिटामिन १० गुणा बढ्न जान्छन् ।

क्वाँटी जीवन्त खाना हो, पचाउन पनि निकै सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ । क्वाँटी बनाएपछि हामी जिम्मु, जिराले झानेर तयार गर्छौं ।

बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन ।

गर्भवतीमा रगतको कमी नभएपछि भ्रुण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ ।

क्वाँटीको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका बेला पनि क्वाँटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाकाहारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ ।

क्वाँटीले प्रोटिन तथा अन्य पोषकतत्व प्रदान गर्छ ।

क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर मकै पिठोमा मिलाएर बालबालिकाका लागि खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ ।

अन्य फाइदा
क्वाँटी शक्तिबद्र्धक एवम् पौष्टिक आहार हो । यसमा भिटामिन बीका सबैजसो प्रकार पाइन्छन् । क्वाँटीको सेवनले–
– आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ।
– कब्जियत र पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

हाम्रो संस्कृतीमा क्वाँटीको रस खाने विशेष दिन छ, अन्य बेलामा पनि क्वाँटीको रस खाँदा शरीर स्वस्थ रहन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ ।

टुसा उमारेको कुनै पनि गेडागुडी जस्तो चना, मटर, केराउ, बोडी, बकुल्ला, मेथी मात्र होइन कि आलस, तिल, बदाम पनि टुसा उमारेर खान सकिन्छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनसरीका सञ्चारकर्मीले निर्माण गरेको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट वीसमा

Published

on

विराटचाेक  सुनसरीका सञ्चारकर्मीहरुले निर्माण गरेको जातीय विभेद विरुद्धको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट २० मा पर्न सफल भएको छ ।

जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यले यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका ७० मध्ये सञ्चारकर्मी रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको उक्त सर्ट फिल्म उत्कृष्ट २० मा छनोट भएको हो । रोहित खनालले निर्देशन गरेको यो सर्ट फिल्मलाई केशवजीले लेखेका हुन् ।

सर्ट फिल्ममा रेवती निरौला र कमल नेपालको मुख्य भूमिका रहेको छ । सर्ट फिल्मको छायांकन तथा सम्पादन रोहितले नै गरेका हुन् । जातीय विभेद विरुद्ध सचेतना जगाउने अधिकांश फिल्मभन्दा यो सर्ट फिल्म फरक ढंगले निर्माण गर्ने कोशिश गरिएको निर्देशक खनालले बताए ।

जबसम्म चेतनामा परिवर्तन हुँदैन तबसम्म जातीय विभेद अन्त्य हुन नसक्ने विषयलाई फिल्ममा समेटिएको उनको भनाइ छ । ३ मिनेटको सर्ट फिल्म ‘चेत’मा एक ब्राह्मण समुदायका व्यक्तिले कोरोना भाइरस संक्रमण भएको बेला आइसोलेसनमा ‘अछुत’ भएर बस्दा दलितहरुको पीडा महसुस गरी छुवाछुत त्यागेको कथा छ । यूएनडीपीले फेसबुक पेजमा पोष्ट गरेको दुई हप्तासम्म आउने भ्युज, कमेन्ट र लाइकलाई आधा र निर्णायक मण्डलको निर्णयलाई आधा अंकभार दिएर नजिता प्रकाशन गर्ने जनाइएको छ ।

Continue Reading

Banner

सुनको भाउ १००० रुपैयाँ बढ्यो, चाँदीको ३० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ तथा चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९३ हजार २ सय रुपैयाँ र असली चाँदीको भाउ प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो र अस्ति सुनको भाउ तोलमा १ सय रुपैयाँका दरले बढेको थियो ।

 

Continue Reading

Banner

सुनवर्षी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

Published

on

विराटनगरः सुनवर्षी– ९ मुस्लिम टोलमा सुनवर्षी नगरपालिकाको प्रशासकीय भवन सञ्चालनमा आएको छ । भूकम्पप्रतिरोधी सो भवनको नेपाली कांग्रेसका नेता एंव पूर्व मन्त्री डा मीनेन्द्र रिजालले उद्घाटन गरे ।

स्थानीयले उपलव्ध गराएको १ बिघा ६ कठ्ठा जग्गामा ३ करोड ४१ लाख रुपैयाँको लागतमा पालिकाले भवन निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए । २०७६ साल चैत १० गते भवनको शिलान्यास भएको थियो । बाबुल एण्ड खान जेवी सुनसरीले समय अगावै भवन निर्माण गरेर हस्तान्तरण गरेको घिमिरेले बताए ।

भवन निमार्णका लागि प्रदेश सरकारबाट १ करोड तथा जिल्ला समन्वय समिति मोरङबाट ७६ लाख रुपैयाँ सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
भवन उद्घाटन गर्दै सांसद डा. रिजालले सुनवर्षी नगरपालिकाले विकास निर्माणसँगै पूर्वाधार निमार्णमा समेत उल्लेखनीय काम गरेको बताए । भवन निर्माणपछि पालिकाले दिेने सेवा थप प्रभावकारी हुने उनको भनाइ थियो ।

नगरपालिकाका मेयर कालीप्रसाद दासले सीमित स्रोत साधनका बाबजुद नगरपालिकाले सडक निर्माण कालोपत्रे तथा कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको बताए । भवन निर्माणका लागि स्थानीय महताव आलम, हामी अव्दुल रहिम, जमिमुल रहमान, खुर्सिद आलम, इस्तियाक अहमद, उतिउर रहमान लगायतले जग्गा प्रदान गरेका थिए । जग्गादातालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद लीलाबल्लभ अधिकारी, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्षी नगरपालिकाकी उपमेयर मन्जु राई, वडाध्यक्ष तेजनारायण ताजपुरिया, नेपाली कांग्रेसका नेता गोपालराज भण्डारी तथा जग्गादात महताव आलम तथा पदमविनोद घिमिरे लगायतले आफ्नो भनाइ राखेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक