कोशी प्रदेश
सुन्दरहरैंचाको झोडाका किसान सयपत्री फूल खेतीबाट आम्दानी गर्दै
विराटचोकः आजदेखि तिहार शुरु भएको छ । असार साउनमा लगातार परेको वर्षाका कारण यस पटक सयपत्री फूलको उत्पादन कम भएको छ । तर, सुन्दरहरैंचा– १० त्रिवेणीचाेक उत्तर झोडाका किसानहरुले भने सयपत्री फूल उत्पादन गरेर मनग्य आम्दानी गरेका छन् ।

स्थानीय किसान फूलमाया राई, कृष्णमाया राई र सुम्निमा राईले लगाएको सयपत्री बारीभरि ढकमक्क भएर फुलेको छ । बजारमा लगेर बेच्न सके धेरै आम्दानी हुने भए पनि बजारसम्म पुर्याएर बेच्न नसक्ने भएकाले बारीबाटै व्यापारीलाई दिँदा कम पैसा आउने गरेको फूलमाया बताउँछिन् । बँदेल र बाँदरजस्ता जनवारले दुःख नदिने हो भने फूल खेतीबाट मनग्य आम्दानी हुने उनी बताउँछिन् ।
सोही ठाउँका जीतबहादुर राईले २ कठ्ठामा सयपत्री फूल उत्पादन गरेका छन् । धान, मकै वा कोदो खेती गर्दा बँदेलले नष्ट गरिदिने भएकाले बाध्य भएर सयपत्री फूलको उत्पादन गरी तिहार खर्च जोहो गर्ने सोचमा खेती गरेको उनी बताउँछन् ।

यस्तै, अनिस मगरले २ कठ्ठामा लगाएको फूल फक्रिसकेको छ । मंगलबार बिहान उनको फूल खेतीमा पुग्दा आफूले सोचे अनुसारको भाउ नपाएको र बोटमै सुक्न थालेकाले सस्तो दाममा बेच्नुपर्ने बाध्यता भएको उनले सुनाए ।
सुख्खा ठाउँ तथा जंगलको नजिक भएकाले फूल खेती बाहेक अन्य खेती नहुने भएकाले फूल खेती लगाएको उनीहरु बताउँछन् । केही वर्ष यता तिहारलाई लक्षित गरी सयपत्री फूलको खेती गर्दै आएको उनले बताए ।
दुई साता पहिलेको बेमौसमी वर्षा र जनावरले केही नोक्सानी भए पनि बचेका फूलबाट किसानले सोचेअनुसारको आम्दानी हात पार्ने उनी बताउँछन् । ९ कठ्ठामा लगाएको फूलबाट करीब १ लाख ५० हजार सम्म कमाई हुने गरे पनि यस पटक भने सोचे अनुसार नहुने फूलमाया बताउँछिन् ।
नर्सरीबाट १ रुपैयाँ गोटा फूलका बिरुवा किनेर ल्याएर रोपेको बताउँदै पुष्प व्यवसायीलाई सरकारले सहुलियतका कार्यक्रम ल्याउनुपर्ने उनीहरुले बताए ।

Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login