Connect with us
Advertisement

नझरेका फूलहरुमा गुञ्जिए नारायण गोपालका गीतहरु

Published

on

विराटचोकः नझरेका फूलहरु पलेँटी साँझले हरेक वर्ष स्वरसम्राट नारायणगोपालको स्मृति दिवसका दिन आयोजना गर्ने नारायणगोपाल स्मृति साँझ आइतबार साङ्गीतिक कार्यक्रम गरी सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा मनाइएको छ ।
नेपाली सांगीतिक क्षेत्रका थुप्रै कालजयी रोमान्टिक, प्रेम, वियोग र विरह लगायतका गीतमा संगीत दिएका स्वर सम्राट नारायण गोपालले धेरै आधुनिक नेपाली गीतहरु गाएका छन् । वि.सं. १९९६ जन्मिएर वि.सं २०४७ साल मंसिर १९ गते निधन भएका नारायण गोपालको सम्झनामा मंसिर १९ मा उनको स्मृति दिवस मनाउने गरिन्छ । सोही क्रममा आइतबार ३१ औँ स्मृति दिवस मनाइएको हो ।

उनका चर्चित गीतहरुमा एउटा मान्छेको मायाले यहाँ कति फरक पार्दछ जिन्दगीमा…, पर्खि बसँे आउला भनी, मेरो उठ्ने पालो…, झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी…, यति धेरै माया दिई मनभरि दुःख नदेऊ…., केही मीठो बात गर, रात त्यसै ढल्दैछ…, आजै र राती के देखेँ सपना, मै मरि गएको …, माया गर्नेको चोखो माया पनि देखियो, वाचा गर्नेको वाचा बन्धन पनि देखियो…, तिम्रो जस्तो मुटु मेरो पनि…, यो सम्झने मन छ, म बिर्सु कसरी तिमी नै भनिदेउ, ए जाने निठुरी… लगायत रहेका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित हरैँचामोडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौला रहेका थिए । जिउँदो हुँदै कलाकारलाई सम्मान गर्नुपर्छ भन्ने मूल ध्येयका साथ हरेक वर्ष थुप्रै कलाकारलाई सम्मान गर्दै आएको पलेँटी साझले वरिष्ठ लोक गायक तुलसी पराजुली र गायिका रेखा शाहलाई सम्मान गरेको छ ।

यसैगरी गायिका काव्या आचार्यले नारायण गोपालका गीतमा आफ्नो स्वर दिएर कार्यक्रमको माहोल तताएकी थिइन् ।

सम्मानित कलाकारमध्ये गायिका शाहले ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा…’ बोलको गीत गाएकी थिइन् । वि. सं. २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा शाहले गाउँले लोक भाकामा आफ्नै लय र शब्द संकलनमा सो गीत गाएकी थिइन् । सो प्रतियोगितामा उनी पहिलो भइन् । धादिङमा जन्मेकी रेखाले सिमसिमे पानीमा…, नजिक छौ तिमी…, साइँली माइली…, तिमीलाई केही…, तस्बिरमात्र लगायतका थुप्रै गीत गाइसकेकी छिन् ।

सम्मानित गायक पराजुलीको पहिलो गीत ‘नरोई बस है मेरी आमा, म गएँ मुग्लान, नमरी बाँचे फर्केर आउला, दशैंको टीकामा…’ २०५१ सालमा रेकर्ड भएको थियो । यही गीत नै उनको पहिलो गीत थियो । २०५७ सालमा बजारमा आएको ‘खोटाङ जिल्ला दिक्तेल बजार…’ बोलको गीतबाट नेपाली लोक गीतको क्षेत्रमा स्थापित भएका पराजुलीको ‘कान्छीको छाता ढल्काइदेऊ यता…, सालैज्यू, सालैज्यू…, पाटनैको पातलो चिउरा…, आकाशैको कालो बादल…, लेकैमा चौंरी, चौंरीको छुर्पी… लगायतका गीतहरु निकै चर्चित छन् ।

नझरेका फूलहरु कला केन्द्रले दर्जनौ कलाकारलाई विराटचोकमा ल्याएर सम्मान गर्दै आएको केन्द्रका अध्यक्ष केपी घिमिरेले बताए । कार्यक्रममा साहित्कार छवि वैरागी घिमिरे, गीतकार जेबी थुलुङ, गायिका भूमा अधिकारी, यमुजना पराजुलीलगायतको उपस्थिति रहेको थियो । पराजुली र अधिकारीले पनि नारायण गोपालका गीतहरु गाएका थिए । गायक दुर्गा पराजुलीले नारायण गोपालको ‘पोखिएर घामको झुल्का भरी सँघारमा…’ बोलको गीत गाएर कार्यक्रमको शुुरुवात गरेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक