Connect with us
Advertisement

नझरेका फूलहरुमा गुञ्जिए नारायण गोपालका गीतहरु

Published

on

विराटचोकः नझरेका फूलहरु पलेँटी साँझले हरेक वर्ष स्वरसम्राट नारायणगोपालको स्मृति दिवसका दिन आयोजना गर्ने नारायणगोपाल स्मृति साँझ आइतबार साङ्गीतिक कार्यक्रम गरी सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा मनाइएको छ ।
नेपाली सांगीतिक क्षेत्रका थुप्रै कालजयी रोमान्टिक, प्रेम, वियोग र विरह लगायतका गीतमा संगीत दिएका स्वर सम्राट नारायण गोपालले धेरै आधुनिक नेपाली गीतहरु गाएका छन् । वि.सं. १९९६ जन्मिएर वि.सं २०४७ साल मंसिर १९ गते निधन भएका नारायण गोपालको सम्झनामा मंसिर १९ मा उनको स्मृति दिवस मनाउने गरिन्छ । सोही क्रममा आइतबार ३१ औँ स्मृति दिवस मनाइएको हो ।

उनका चर्चित गीतहरुमा एउटा मान्छेको मायाले यहाँ कति फरक पार्दछ जिन्दगीमा…, पर्खि बसँे आउला भनी, मेरो उठ्ने पालो…, झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी…, यति धेरै माया दिई मनभरि दुःख नदेऊ…., केही मीठो बात गर, रात त्यसै ढल्दैछ…, आजै र राती के देखेँ सपना, मै मरि गएको …, माया गर्नेको चोखो माया पनि देखियो, वाचा गर्नेको वाचा बन्धन पनि देखियो…, तिम्रो जस्तो मुटु मेरो पनि…, यो सम्झने मन छ, म बिर्सु कसरी तिमी नै भनिदेउ, ए जाने निठुरी… लगायत रहेका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित हरैँचामोडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौला रहेका थिए । जिउँदो हुँदै कलाकारलाई सम्मान गर्नुपर्छ भन्ने मूल ध्येयका साथ हरेक वर्ष थुप्रै कलाकारलाई सम्मान गर्दै आएको पलेँटी साझले वरिष्ठ लोक गायक तुलसी पराजुली र गायिका रेखा शाहलाई सम्मान गरेको छ ।

यसैगरी गायिका काव्या आचार्यले नारायण गोपालका गीतमा आफ्नो स्वर दिएर कार्यक्रमको माहोल तताएकी थिइन् ।

सम्मानित कलाकारमध्ये गायिका शाहले ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा…’ बोलको गीत गाएकी थिइन् । वि. सं. २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा शाहले गाउँले लोक भाकामा आफ्नै लय र शब्द संकलनमा सो गीत गाएकी थिइन् । सो प्रतियोगितामा उनी पहिलो भइन् । धादिङमा जन्मेकी रेखाले सिमसिमे पानीमा…, नजिक छौ तिमी…, साइँली माइली…, तिमीलाई केही…, तस्बिरमात्र लगायतका थुप्रै गीत गाइसकेकी छिन् ।

सम्मानित गायक पराजुलीको पहिलो गीत ‘नरोई बस है मेरी आमा, म गएँ मुग्लान, नमरी बाँचे फर्केर आउला, दशैंको टीकामा…’ २०५१ सालमा रेकर्ड भएको थियो । यही गीत नै उनको पहिलो गीत थियो । २०५७ सालमा बजारमा आएको ‘खोटाङ जिल्ला दिक्तेल बजार…’ बोलको गीतबाट नेपाली लोक गीतको क्षेत्रमा स्थापित भएका पराजुलीको ‘कान्छीको छाता ढल्काइदेऊ यता…, सालैज्यू, सालैज्यू…, पाटनैको पातलो चिउरा…, आकाशैको कालो बादल…, लेकैमा चौंरी, चौंरीको छुर्पी… लगायतका गीतहरु निकै चर्चित छन् ।

नझरेका फूलहरु कला केन्द्रले दर्जनौ कलाकारलाई विराटचोकमा ल्याएर सम्मान गर्दै आएको केन्द्रका अध्यक्ष केपी घिमिरेले बताए । कार्यक्रममा साहित्कार छवि वैरागी घिमिरे, गीतकार जेबी थुलुङ, गायिका भूमा अधिकारी, यमुजना पराजुलीलगायतको उपस्थिति रहेको थियो । पराजुली र अधिकारीले पनि नारायण गोपालका गीतहरु गाएका थिए । गायक दुर्गा पराजुलीले नारायण गोपालको ‘पोखिएर घामको झुल्का भरी सँघारमा…’ बोलको गीत गाएर कार्यक्रमको शुुरुवात गरेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक