Connect with us
Advertisement

सुन्दरहरैँचामा अज्ञात समूहद्वारा विद्यालय तोडफोड

Published

on

तस्बिरः रेडियो सुसेली

विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकामा शुक्रबार राती एक विद्यालयमा तोडफोड भएको छ । नगरपालिकाको वडा नं. ९ मा अवस्थित श्री जनता माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो । विद्यालयमा लगाइएको ताला फोडी कार्यालयमा रहेका ढोका, झ्याल, स्टिल दराजमा तोडफोड गर्नुका साथै विद्यालयका महत्वपूर्ण कागजात लथालिङ्ग पारिदिएको विद्यालयका प्रधानाध्यापक रोहितकुमार ढकालले बताए ।

सो समूहले शौचालयका सम्पूर्ण धारा भाँचेर फ्याँक्नुका साथै झ्यालका सिसा समेत फुटाएको थियो । घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्य नभई नोक्सान गर्ने प्रकृतिको पाइएको विद्यालयका प्रअ ढकालले बताए । ‘ढुंगा तथा हथौडाले ताल्चा फोडेको देखिन्थ्यो । त्यति मात्र नभई ढोकामा लात्तीले हानेको छाप समेत देखिन्थ्यो’’ प्र अ ढकाल बताउँछन् ।

विद्यालय परिसरभित्र नै रहेको दक्षिणतर्फको भवनमा भने सीसी क्यामेरा जडान भएका कारण कुनै पनि क्षति नपु¥याएको विद्यालयले जनाएको छ । विद्यालयमा रहेका डेक्स, बेच्च, सिसा, टेबुल कुर्सी तोडफोड हुँदा करिब ५० हजार बराबरको सामानहरु क्षति भएको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?

Published

on

मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।

करिब डेढ वर्ष अगाडि शौचालय जाने क्रममा एक्कासि लडेका उनको परिवारले केही होइन होला भनी त्यति गम्भीरतापूर्वक नलिएको र छ महिना अगाडि पनि उनी फेरी बेसोहीमा लड्न पुगेका थिए । अस्पताल आउन भन्दा केही दिन पहिला यो घटना पुनः दोहोरिए पछि भने उनलाई परिवारले लेटाङमा नै जाँच गराउँदा मुटुमा प्वाल परेको थाहा भएको बिरामीकी आमाले बताइन् । उनको भनाई अनुसार लेटाङका नाम चलेका स्वास्थ्य कर्मी सिताराम लुइँटेलले रोग पत्ता लगाई नोबेलमा थप उपचारका लागि पठाएका थिए । नोबेलमा उनको विना शल्यक्रिया मुटुको प्वाल टालिएको छ ।
त्यस्तै  राजविराजका २६ वर्षीय मञ्जु देवी पण्डीतको पनि मुटुको प्वालको ए. एस. डी. डिभाइसबाट उपचार गरिएको छ । थकाई लाग्ने, हिँड्दा स्याइँ स्याइँ हुने, खाएको शरीरमा नलाग्ने समस्या भई उपचारका लागि नोबेल आएको उनको जम्मा तौल ३८ केजी मात्र रहेको र जाँचको क्रममा उनको मुटुको प्वालको आकार ठुलो रहेको पाइएकोले ३४ एम. एम. को ए. एस. डी. डिभाइस राखिएको थियो ।
Continue Reading

Banner

हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

Published

on

हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।

पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

Continue Reading

Banner

सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।

Published

on

नयाँ तरिकाले Hacker सक्रिय हुँदै गएपछी नेपाल राष्ट्रबैँकले भन्यो : सार्वजनिक ठाउँमा चल्ने
निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला। अन्यथा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण प्राप्त गर्ने सक्ने जोखिम हुन सक्छ । शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि ठाउँमा हुने आधिकारिक वाईफाईको नाम पहिचान गरी वाईफाईसँग दिइएको पासवर्ड प्रयोग गरेर मात्र इन्टरनेट चलाउन राष्ट्र बैंकले भनेको छ । 😮
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक