Banner
सुकुना माध्यमिक विद्यालयले यसरी मनाउँदैछ स्वर्ण महोत्सव
विराटचोकः सामुदायिक तर्फको प्रदेश १ कै उत्कृष्ट सुकुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव भव्य रुपमा मनाउने भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा ठुलो फड्को मारेको छ । नेपाली र अग्रेजी दुबै माध्यममा कक्षा संचालन गर्दै आएको विद्यालयले “प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर सुकुना” भन्ने नारासहित स्थापनाको ५० औँ वर्ष पुगेकोे उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउने भएको हो ।
पौष १ गते १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले समारोह उदघाटन, स्मारक अनाबरण, बिज्ञान भवन र प्रवेशद्धार उदघाटन गर्ने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
यस्तै पौष २ गते पूर्व शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन पदाधिकारी, पूर्व विद्यार्थीको भेला अभिनन्दन र अन्तक्रिया कार्यक्रम रहेको छ । मितेरी विद्यालय कार्यक्रम भने १ गते नै हुने बताइएको छ ।

पौष ३ गते नवआगन्तुक विद्यार्थी स्वागत, शैक्षिक पुरस्कार वितरण, ४ गते दातालाई सम्मान, शिक्षकलाई पुरस्कार ल्याप्टप वितरण, अक्षयकोष छात्रवृत्ति वितरण, विशेष शिक्षाका विद्यार्थीलाई ल्याप्टप वितरण गर्ने भएको छ । यस्तै ५ र ६ गते स्वास्थ्य शिविर, खेलकुद तथा अतिरिक्त कार्यक्रम हुने छ भने ७ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारमा शिभिल इञ्जिनियरिङ्ग, कक्षा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, कम्प्युटर विज्ञान होटेल मेनेजमेन्ट, कानुन, पत्रकारिता . विषय पढाई भइरहेका छन् । यस भन्दा तलका कक्षा अग्रेजी र नेपाली माध्यममा पढाई हुने गरेका छन् ।
२०७६ सालको कक्षा १२ को परीक्षामा राष्ट्रिय रुपमा दोस्रो स्थान बनाउन सफल यो विद्यालयमा १ सय ३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत विद्यालयमा ४ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
स्वर्ण महोत्सव सफल बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । उक्त स्वर्ण महोत्सव ७ दिन सम्म चल्ने मुल समारोह समितिले जनाएको छ । समारोहको पूर्वसन्ध्यामा मंगलबार विद्यार्थीहरुले खोर्सानेदेखि बुधबारेसम्म मार्चपास गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login