Connect with us
Advertisement

सुनसरीका सञ्चारकर्मीले निर्माण गरेको छोटो चलचित्र ‘चेत’ यूएनडीपीको उत्कृष्ट वीसमा

Published

on

विराटचाेक  सुनसरीका सञ्चारकर्मीहरुले निर्माण गरेको जातीय विभेद विरुद्धको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट २० मा पर्न सफल भएको छ ।

जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यले यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका ७० मध्ये सञ्चारकर्मी रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको उक्त सर्ट फिल्म उत्कृष्ट २० मा छनोट भएको हो । रोहित खनालले निर्देशन गरेको यो सर्ट फिल्मलाई केशवजीले लेखेका हुन् ।

फिल्ममा रेवती निरौला र कमल नेपालको मुख्य भूमिका रहेको छ । सर्ट फिल्मको छायांकन तथा सम्पादन रोहितले नै गरेका हुन् । जातीय विभेद विरुद्ध सचेतना जगाउने अधिकांश फिल्मभन्दा यो सर्ट फिल्म फरक ढंगले निर्माण गर्ने कोशिश गरिएको निर्देशक खनालले बताए ।

जबसम्म चेतनामा परिवर्तन हुँदैन तबसम्म जातीय विभेद अन्त्य हुन नसक्ने विषयलाई फिल्ममा समेटिएको उनको भनाइ छ । ३ मिनेटको सर्ट फिल्म ‘चेत’मा  ब्राह्मण समुदायका एक व्यक्तिले कोरोना भाइरस संक्रमण भएको बेला आइसोलेसनमा ‘अछुत’ भएर बस्दा दलितहरुको पीडा महसुस गरी छुवाछुत त्यागेको कथा छ ।

यूएनडीपीले फेसबुक पेजमा पोष्ट गरेको दुई हप्तासम्म आउने भ्युज, कमेन्ट र लाइकलाई आधा र निर्णायक मण्डलको निर्णयलाई आधा अंकभार दिएर नतिजा प्रकाशन गर्ने जनाइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक