Connect with us
Advertisement

दलहरूको सक्रियता, चुनावी सरगर्मी बढ्याे, यी हुन् सुन्दरहरैंचामा मेयर पदका आकांक्षी

Published

on

विराटचोकः सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्नेगरी सक्रियता बढाएसँगै दलहरूको चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा विशेषगरी प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले चुनावकेन्द्रित गतिविधि बढाउन थालेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा मेयर पदमा नेपाली कांग्रेसबाट शिवप्रसाद ढकालले १६ हजार ८ सय २२ मत ल्याई प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार केदारप्रसाद गुरागाईलाई ९ सय ६८ मतान्तरले हराएका थिए । यो हारलाई मलमपट्टी लगाउन पनि यस पटक नेकपा एमालेले मेयर पदमा जित्ने रणनीतिका साथ विभिन्न विभाग निर्माण तथा टोल कमिटी विस्तारलाई तीव्रता दिएको छ ।

नेपाली कांग्रेसले पनि निर्वाचन लक्षित पार्टी प्रवेश कार्यक्रम सक्रियताका साथ गर्दै आएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि कमिटी बिस्तारमा सक्रिय रुपमा लागेका छन् ।

एमालेबाट मेयर पदका लागि सम्भावित उम्मेद्वारमा प्रदेश सभा सदस्य पूर्व राज्यमन्त्री राजकुमार ओझा, प्रदेश कमिटी सदस्य अजम्बर राई, केदार गुरागाई, सुरेन्द्रबहादुर थापा, १२ नम्बर वडाका अध्यक्ष रोशनप्रसाद ढकालको नाम चर्चामा छ । ओझा भने आफैँ उम्मेद्वारी घोषणा नगर्ने तर पार्टीले जिम्मेवारी दिए पहिलेको हारलाई जीतमा बदल्ने तयारीमा रहेको बताउने गरेको उनी निकटस्थले बताउने गरेका छन् ।

नेपाली कांग्रेसबाट अहिलेका मेयर शिवप्रसाद ढकालका साथै नगर सभापति भक्तिप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ आकांक्षी रहेको बुझिएको छ । क्षेत्रीय सभापति तामाङले शनिबार प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर पदको लागि आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रबाट प्रदेश कमिटी सदस्य नवराज चापागाई, लता न्यौपाने, रचना राई, नगर कमिटी अध्यक्ष दुष्यन्त भट्टराईको नाम चर्चामा रहेको छ ।
एकीकृत समाजवादीबाट पनि मेयरमा संविधानसभा सदस्य चन्द्रवहादुर गुरूङ तथा नगर कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य महेश आचार्य आकांक्षी रहेको बुझिएको छ ।

मोरङको दोस्रो धेरै जनसंख्या भएको यस पालिकामा २०७७ साल पुस सम्मको तथ्याङ्क अनुसार ६६ हजार १ सय जना मतदाता रहेका छन् । यस पालिकाको २०७८ सालको जनगणना अनुसार प्रारम्भीक जनसंख्या १ लाख २१ हजार ३ यस ५ रहेको छ ।

१२ वटा वडामा विभाजीत यस पालिकाको वडा नम्बर १ मा ५ हजार ४ सय ३२, वडा नम्बर २ मा ४ हजार ९ सय ९८, वडा नम्बर ३ मा ५ हजार ४१, वडा नम्बर ४ मा ५ हजार २ सय १०, वडा नम्बर ५ मा ५ हजार १ सय १८, वडा नम्बर ६ मा ६ हजार १ सय १५, वडा नम्बर ७ मा ५ हजार ८ सय ८०, वडा नम्बर ८ मा ४ हजार ५ सय ६५, वडा नम्बर ९ मा ६ हजार १ सय ३०, वडा नम्बर १० मा ६ हजार ८ सय २४, वडा नम्बर ११ मा ६ हजार ७५ र वडा नम्बर १२ मा ४ हजार ७ सय १२ जना मतदाता रहेका छन् ।

साबिक कोशीहरैचा र सुन्दरदुलारी नगरपालिका समायोजन भएर बनेको यस नगरपालिकामा संघीय निर्वाचन क्षेत्र नम्बर ३ र ६  पर्दछ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक