Connect with us
Advertisement

पब्लिक क्याम्पस सङ्घ प्रदेश १ को चौथो अधिवेशन सम्पन्न, रोक्काको संयोजकत्वमा नयाँ कार्यसमिति चयन

Published

on

विराटचोकः नेपाल पब्लिक क्याम्पस सङ्घको चौथो प्रदेश अधिवेशन सम्पन्न भएको छ । मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा मङ्गलबार कार्यक्रम भएको हो ।

अधिवेशनको खुला सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामुदायिक क्याम्पसका बारेमा प्रदेश सरकारसमक्ष उठेका सवालहरूमा सकारात्मक भएको र यसलाई समाधान गर्न सरकारको तर्फबाट सहयोग गर्ने बताए । गाउँका जनतालाई शिक्षा दिने यस्ता पब्लिक क्याम्पसका विद्यार्थीको उन्नयन गर्न आफू सधैँ सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा डा. टोलनाथ काफ्लेले ‘उच्च शिक्षा र प्रदेश नं १ मा सामुदायिक क्याम्पसहरूको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो विषयमा सरकारसँग राखिएको अपेक्षाका विषयमा सँगै बसेर समाधान खोज्ने मन्त्री राईले बताए ।

डा. काफ्लेले औपचारिक शिक्षा प्रणाली, शिक्षा सम्बन्धी आयोगहरू र तिनले गरेका उच्च शिक्षा सम्बन्धी व्यवस्था, नेपालमा विश्वविद्यालयको वर्तमान अवस्था, त्रिभुवन विश्वविद्यालयको अवस्था, प्रदेश १ मा सामुदायिक क्याम्पसहरूको अवस्था, सामुदायिक क्याम्पसप्रति राज्यको चासो, सामुदायिक क्याम्पसले भोग्नुपरेका अवस्थालगायत विषयहरू समेटी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ मा ८७ वटा पब्लिक क्याम्पसहरु रहेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल पब्लिक क्याम्पस सङ्घ नेपालका अध्यक्ष शिवराम सन्जेलले अब पब्लिक क्याम्पसलाई प्रदेश सरकारले हेर्नुपर्ने बताए । उनले उच्च शिक्षा ऐन नहुँदा अप्ठ्यारो अवस्था आएको बताए ।

यस्तै पब्लिक क्याम्पस सङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष भोला ओझाले कोभिडका कारण शिक्षा क्षेत्र तहसनहस भएको बताए । उनले शिक्षक सेवा आयोग, लोक सेवा आयोगजस्ता परीक्षामा धेरै विद्यार्थी फेल हुने गरेकाले अहिलेको शिक्षा कस्तो छ भन्ने विषयमा ध्यानाकर्षण हुन जरुरी रहेको बताए । अबको शिक्षामा नोकर बनाउने नभएर मालिक बनाउने अधिबेशनबाट रमेश रोक्काको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति समेत चयन भएको छ । समितिको सहसंयोजकमा यज्ञराज गिरी, सचिवमा दोणर्बहादुर न्यौपाने, सहसचिवमा उद्दव शर्मा, कोषाध्यक्ष केशव अधिकारीलाई चयन गरेको छ ।

यस्तै, सदस्यहरूमा टीकाराम गुरूङ, लक्ष्मीप्रसाद उप्रेती, माधव प्याकुरेल, प्रदीप फुयाल, कुमार पराजुली, गीता अधिकारी, मेघप्रसाद चौलागाई र पुष्पलाल ढकाललाई चयन गरिएको बेलबारी बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष गणेशप्रसाद भट्टराईले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक