Banner
पब्लिक क्याम्पस सङ्घ प्रदेश १ को चौथो अधिवेशन सम्पन्न, रोक्काको संयोजकत्वमा नयाँ कार्यसमिति चयन
विराटचोकः नेपाल पब्लिक क्याम्पस सङ्घको चौथो प्रदेश अधिवेशन सम्पन्न भएको छ । मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा मङ्गलबार कार्यक्रम भएको हो ।
अधिवेशनको खुला सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामुदायिक क्याम्पसका बारेमा प्रदेश सरकारसमक्ष उठेका सवालहरूमा सकारात्मक भएको र यसलाई समाधान गर्न सरकारको तर्फबाट सहयोग गर्ने बताए । गाउँका जनतालाई शिक्षा दिने यस्ता पब्लिक क्याम्पसका विद्यार्थीको उन्नयन गर्न आफू सधैँ सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा डा. टोलनाथ काफ्लेले ‘उच्च शिक्षा र प्रदेश नं १ मा सामुदायिक क्याम्पसहरूको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो विषयमा सरकारसँग राखिएको अपेक्षाका विषयमा सँगै बसेर समाधान खोज्ने मन्त्री राईले बताए ।
डा. काफ्लेले औपचारिक शिक्षा प्रणाली, शिक्षा सम्बन्धी आयोगहरू र तिनले गरेका उच्च शिक्षा सम्बन्धी व्यवस्था, नेपालमा विश्वविद्यालयको वर्तमान अवस्था, त्रिभुवन विश्वविद्यालयको अवस्था, प्रदेश १ मा सामुदायिक क्याम्पसहरूको अवस्था, सामुदायिक क्याम्पसप्रति राज्यको चासो, सामुदायिक क्याम्पसले भोग्नुपरेका अवस्थालगायत विषयहरू समेटी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ मा ८७ वटा पब्लिक क्याम्पसहरु रहेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल पब्लिक क्याम्पस सङ्घ नेपालका अध्यक्ष शिवराम सन्जेलले अब पब्लिक क्याम्पसलाई प्रदेश सरकारले हेर्नुपर्ने बताए । उनले उच्च शिक्षा ऐन नहुँदा अप्ठ्यारो अवस्था आएको बताए ।
यस्तै पब्लिक क्याम्पस सङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष भोला ओझाले कोभिडका कारण शिक्षा क्षेत्र तहसनहस भएको बताए । उनले शिक्षक सेवा आयोग, लोक सेवा आयोगजस्ता परीक्षामा धेरै विद्यार्थी फेल हुने गरेकाले अहिलेको शिक्षा कस्तो छ भन्ने विषयमा ध्यानाकर्षण हुन जरुरी रहेको बताए । अबको शिक्षामा नोकर बनाउने नभएर मालिक बनाउने अधिबेशनबाट रमेश रोक्काको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति समेत चयन भएको छ । समितिको सहसंयोजकमा यज्ञराज गिरी, सचिवमा दोणर्बहादुर न्यौपाने, सहसचिवमा उद्दव शर्मा, कोषाध्यक्ष केशव अधिकारीलाई चयन गरेको छ ।
यस्तै, सदस्यहरूमा टीकाराम गुरूङ, लक्ष्मीप्रसाद उप्रेती, माधव प्याकुरेल, प्रदीप फुयाल, कुमार पराजुली, गीता अधिकारी, मेघप्रसाद चौलागाई र पुष्पलाल ढकाललाई चयन गरिएको बेलबारी बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष गणेशप्रसाद भट्टराईले बताए ।
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login