Connect with us
Advertisement
Advertisement

दिपक बराइली र मिङ्ग्मा लामाको ‘सुख दु:ख’ भिडियो सार्वजनिक

Published

on

विराटचाेक  : जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ । हाँडी गाउँ स्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो ।

सार्वजनिक भएको उक्त गीतमा दिपक बराइली र मिङ्ग्मा लामाको स्वर रहेको छ । गीतको भिडियोमा एक अर्कालाई जीवन भरीनै साथ दिने प्रण गरेका दम्पतीको रमाइलो दृश्यहरु देखाइएको छ । गीत नेपालको पूर्वको मनोरम दृश्यहरुमा छायांकन गरिएको छ । गीतलाई शेखर देव घिमिरेले छायांकन गरेका छन् भने सम्पादन पनि घिमिरेकै रहेको छ । प्रमोद कार्की प्रोडक्सन हेड रहेको गीतमा मेकअप स्वस्तिका श्रेष्ठले गरेकी छिन् ।

आफ्नो भविष्य कस्तो बनाउने भन्ने दम्पतीका योजनाहरुलाई गीतकार रवि मल्लले गीत मार्फत शब्द रचना गरेर निकै लोभलाग्दो शब्द सिर्जना गरेका छन् । रेड हर्स प्रोडक्सनका मेनेजर सुनिल क्षेत्रीले सबै टिम मेम्बरलाई खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए कार्यक्रममा नासाका प्रथम निर्वाचित अध्यक्ष, एटलान्टाका लागि नेपाल सरकारको प्रथम पर्यटन दुत राजा घले, गायक बिजय लामा, एस् .एस. पि चाँदनी घले, सिकिमका राजिनितिकर्मी सेखर सिवा, निर्माता राजेश घतानी, डाइरेक्टर बिभोर पोख्रेल, गायक सपन श्रेष्ठ र रवि गहतराज लगायतको उपस्थिति रहेको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

अवर्गीकृत

आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट (पूर्ण पाठ)

Published

on

सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

पूर्ण पाठ

बजेट बक्तव्य २०७९
Continue Reading

Banner

सर्वोच्च अदालत प्रांगणमा बारकाे धर्ना, प्रधानन्यायाधीश जबराको राजीनामा माग

Published

on

सर्वोच्च अदालतमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर आइतबार विरोध प्रदर्शन गरेका हुन् ।

नेपा बार एसोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरिरहेको छ । कानुन व्यवसायीहरूले सर्वोच्चमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरे पछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । कर्मचारीहरूलाई पनि गेटमा परिचय पत्र देखाएर मात्र प्रवेश गर्न दिइएको छ ।

नेपाल बार एसोसिएसनले विरोधको कार्यक्रम १७ गतेसम्म दिनसम्म चल्ने जनाएको छ ।विवादमा मुछिएका प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने भन्दै सर्वोच्चका अरू न्यायाधीशहरूले पनि इजलासमा बस्न इन्कार गर्दै आएका छन् ।

Continue Reading

अवर्गीकृत

सुन्दरहरैचामा बाढीले बगाउँदा दुई जना बेपत्ता

Published

on

विराटचाेक: माेरङकाे सुन्दरहरैचा नगरपालिकामा म‌ङ्गलबार आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा ०७ घर भइ इटहरी बस्दै आएका ४४ वर्षिय जीवन पराजुली र सुन्दरहरैचा ०५ बस्ने  ४० वर्षिय राजकुमार राई छन । पूर्वपश्चिम लोकमार्ग स्थित वडा नम्बर ४ दुलारी चौक देखी पश्चिम तर्फ रहेको कल्भट अत्याधिक वर्षासङ्गै आएकाे बाढीले कटान गरेकाले खाल्डो पर्दा सफारी चालक जीवन पराजुलीलाई बाढीले बगाएई बेपत्ता भएका इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख सराेज खनालले बताए  ।

रातको समयमा  पूर्वबाट पश्चिम तर्फ सफारी लिएर हिडिरहेका पराजुलीलाई कल्भटमा आएकाे बाढीले सफारी सहित बगाएकाे थियाे  ।  यस्तै सुन्दरहरैचा ५ स्थित गोर्खाली टोल बस्ने राजकुमार राईलाई समेत खोलाले बगाएको छ ।  बुढीखोलामा आएको बाढीले राईलाई बगाएको प्रहरीले जनाएकाे छ । दुवै बेपत्ता भएका पुरुषको खोजी कार्य भईरहेको इलाका प्रहरी बेलबारीका  प्रमुख सराेज खनालले  जानकारी दिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक