अपराध
यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै उत्रिएका लेटाङवासी र प्रहरीबीच झडप , एक सुरक्षाकर्मीको अवस्था गम्भीर
लेटाङः ७ कक्षामा अध्ययनरत आफ्नै विद्यालयकी विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयबासी र प्रहरीबीचको झडपले मोरङको लेटाङ तनावग्रस्त बनेको छ । आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको लेटाङ–५ को खेरूवा क्षेत्रमा साँझमा झडप भएको हो ।
प्रहरीका अनुसार झडपका क्रममा केही प्रहरी घाइते भएका छन् । एक जना महिला प्रहरी छुरा प्रहारबाट गम्भीर घाइते भएपछि विराटनगरमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लेटाङको वडा नम्बर ५ मा रहेको शिक्षा विकास माविमा सामाजिक विषय पढाउने शिक्षक मनोज पौडेलले चैत ४ गते होलीका दिन विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । पीडित विद्यार्थीले जनप्रतिनिधिलाई घटनाको बारेमा जानकारी गराएपछि जनप्रतिनिधिले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि ती शिक्षकलाई पक्राउ गर्न विद्यालयमै पुगेको प्रहरी टोली पुगेको थियो ।
प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरे पनि प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरेका थिए । जसका कारण प्रहरीले पीडकलाई विद्यालयबाट लान नसकेपछि साँझ ५ बजेपछि प्रहरीले आरोपितलाई लैजान खोजेपछि झडप भएको थियो ।
सोही झडपमा स्थानीयले महिला सुरक्षाकर्मीको घाँटीमा धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको स्थानीयले बताएका छन् ।
प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन् । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

Facebook Comment
Banner
फिफाले गर्यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।
निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।
Banner
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।
Banner
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login