Connect with us
Advertisement

सुन्दरहरैंचाले गर्याे ५ वर्षमा भएका महत्वपूर्ण उपलब्धि सार्वजनिक, मेयर भन्छन्, ‘सबै दलको सहयोग पाएँ, कुनै जनप्रतिनिधिले नोट अफ डिसेन्ट लेख्नुपरेन’

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले २०७४ सालमा जनप्रतिनिधि आएपछि नगरमा भएका कामहरुको विवरण आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । ५ वर्षमा भएका काममध्ये नगर प्रमुख शिवप्रसाद ढकालले मुख्य ४९ वटा काम सार्वजनिक गरेका हुन् । त्यसका साथै भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरु उनले सार्वजनिक गरेका हुन् ।

५ वर्षे कार्यकालमा कुनै नगरसभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई नोट अफ डिसेन्ट लेख्ने वातावरण बन्न आफूले नदिएको उनको भनाइ थियो । नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह– पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई कुनै दलबाट पनि बाधा नभएको हुनाले आफ्नो कार्यकाल स्मरणीय रहेको उनले उल्लेख गरे । चुनावमा गरिएका घोषणापत्रका ६४ बुँदामध्ये ४९ बुँदा कार्यान्वयनमा आएको र केही बुँदा प्राविधिक कारणले कार्यान्वयनमा समस्या भएको उनले जानकारी दिए ।

जनप्रतिनिधि आएपछि ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन हुनु, ४ वटा वडा कार्यालयको भवन निर्माण हुनु, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनु, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुनु, १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रलाई ५० बिघा जग्गा उपलब्ध गराई तालीम केन्द्र निर्माणका लागि पहल गर्नु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउन समन्वय गर्नु, सुविधा सम्पन्न कृषि बजार भवन निर्माणका लागि शिलान्यास हुनु, कोल्ड स्टोर भवन निर्माणका लागि शिलान्यास हुनु, इन्द्रपुर रंगशाला निर्माणका लागि डीपीआर निर्माण भई पूर्वाधार निर्माण हुँदै गर्नु, सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउनुजस्ता महत्वपूर्ण काम गत ५ वर्षमा भएको नगरप्रमुख ढकालले जानकारी दिए ।
कोभिड संक्रमणको महामारीको समयमा संक्रमितलाई घरमै औषधी पुर्याउन सक्नु, अक्सिजनको अभाव हुन नदिनु, अस्पताल भर्नामा समन्वय गरी औषधोपचारमा कमी हुन नदिनु महत्वपूर्ण काम रहेको उनले बताए । हालसम्म नगरमा १ लाख ७७ हजार २ सय ४२ डोज कोभिडविरुद्धको खोप आएको र सो खोप नगरवासीलाई लगाइसकिएको पनि उनले जानकारी दिए ।

पछिल्लो ५ वर्षको अवधिमा १७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको, १५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण भएको उनले जानकारी दिए ।

१८ प्रकारका कर छुट दिएको नगरले विभिन्न २४ शीर्षकमा कर उठाउने गरेको नगर प्रमुख ढकालको भनाइ छ । आर्थिक वर्ष ०७४\०७५ मा ९ करोड ८७ लाख ९ हजार २ सय ४४ रुपैयाँ कर संकलन गरेको नगरले आर्थिक वर्ष ०७५\०७६ मा १५ करोड ८५ लाख, आर्थिक वर्ष ०७६\०७७ मा ७ करोड ७१ लाख, आर्थिक वर्ष ०७७\०७८ मा ९ करोड ६५ लाख र चालु आर्थिक वर्षमा हालसम्म १० करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।

न्यायिक समितिमा परेका २ सय ५० वटा उजुरीमध्ये २ सय ७ वटा फछ्र्याेट भएको, ४० वटा फछ्र्योट हुन बाँकी रहेका र ३ वटा यथास्थितिमा रहेको उनले जानकारी दिए ।

पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका विषयमा भएका उपलब्धि उनले सो अवसरमा सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, लेखा शाखा प्रमुख शेखर ढकाल, पशुपंक्षी शाखा प्रमुख जीवन चापागाईँलगायत उपस्थित थिए ।

यी हुन् नगरप्रमुख ढकालले बुँदागत रुपमा प्रस्तुत गरेका महत्वपूर्ण उपलब्धिहरुः

३५ बेड क्षमता सहित HDU लेबलको सुन्दरहरैँचा नगर अस्पताल सञ्चालनमा आएको ।

वडा नं. ३, ५, ९, ११ को वडा कार्यालय निर्माण गरिएको ।

 वडा नं. ११, १०, ९, ८, ७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भई सञ्चालनमा आएको ।

वडा नं. ४ र ६ मा स्वास्थ्य संस्था निर्माणाधिन अवस्थामा रहेको ।

वडा नं. २, ३, ५ र १२ मा सुविधा सम्पन्न ल्याब सहितको स्वास्थ्य सेवामा पूर्ण सूधार गरि सञ्चालनमा ल्याईएको ।

दीगो विकासको लक्ष्य र १५ औँ योजना अनुरुप आधारभूत स्वास्थ्य सेवा जनताको पहुँचयोग्य बनाउन सफल ।

 सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा प्रादेशिक सरुवा रोग अस्पतालको शिलन्यास ।

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय सहित विशेषज्ञ डाक्टरहरुको सेवा सञ्चालनमा ल्याउन समन्वय गरेको । साथै नगरपालिकाले अनुदान सहयोगमा एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको ।

 १ नं. प्रदेश प्रहरी तालिम केन्द्रलाई ५० विगाह जग्गा उपलब्ध गराई तालिम केन्द्र निर्माणका लागि पहल गरि हाल तालिम सञ्चालनमा ल्याईएको ।

 सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि सलकपुरमा ४ विगाह ८ कठ्ठा जग्गा प्राप्त भई भवनको शिलन्यास कार्य सम्पन्न गरिएको र निर्माण कार्य समेत थालनीका लागि टेण्डर प्रकृयामा लगिएको ।

सुन्दरहरैँचा नगरपालिका वडा नंं ९ मा करिब १५ करोडको लगानिमा सुविधा सम्पन्न बुधबारे कृषि बजार भवन निर्माण शिलन्यास गरिएको ।

सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ मा कृषकहरुको उत्पादनलाई सुरक्षित साथ राख्नका लागि कोल्ड स्टोर निर्माणका लागि भवनको शिलन्यास ।

 कोभिड संक्रमण तथा लकडाउन अवधिमा नागरिकका घर घरमा औषधी तथा अक्सिजन शिलिण्डर सहित स्वास्थ्यकर्मी परिचालन गरिएको ।
सुन्दरहरैँचामा खेल पूर्वाधार निर्माणका लागि करिब २७ करोडको लगानीमा इन्द्रपुर रंगशालाको DPR निर्माणको कार्य सम्पन्न भई भौतिक पूर्वाधार निर्माण हुदैँ ।

२१ औँ शताब्दिमा शिक्षालाई प्रविधिसँग जोड्दै सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँच पुगाईएको साथै आवश्यकताका आधारमा ICT ल्याब समेत स्थापना गरिएको ।

सुकुना माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारको गुणस्तर चेकजाँच गर्ने कार्यका लागि ल्याब सेवा सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले आवश्यक सहयोग एवम् समन्वय गरेको ।

 यस क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै १ नं. प्रदेशमा नै माटो परीक्षण ल्याब नगर कार्यपालिकाको कार्यालयबाटै गर्ने कार्यको थालनी गरिएको ।

करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालयलाई जग्गा प्राप्ती गरी आन्तरिक राजश्व कार्यालयको स्थापनाका लागि पहल थालिएको ।

 हसिना पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नका लागि ७ करोडको योजना कार्यान्वयनको अवस्थामा रहेको ।

शेषनारायण दिव्य धाम, बाघझोडा पर्यटकीय स्थल, नयाँ वृन्द्रावन गौशाला लगायतका पर्यटकीय पूर्वाधार निर्माणको कार्य चालु अवस्थामा रहेको ।

साजिलाल माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयमा प्राविधिक धारको अध्ययापनका लागि आवश्यक सहयोग एवम् समन्वय गरिएको ।

सुकुना बहुमुखी क्याम्पसलाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकास गराईएको । भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको उल्लेखनीय सहयोग एवम् सहभागिता रहेको ।

 वडा नं. १० मा DPR निर्माण गरि बौद्ध विहार निर्माण गरिएको साथै नगरका अन्य वडाहरुमा करिब ७ वटा बौद्ध विहार निर्माणका लागि नगरपालिकाले सहयोग गरेको ।

 नगरपालिका क्षेत्र भित्र आदिवासी जनजातीहरुको सांस्कृतिक सम्पदाको रुपमा आदिवासी जनजाती भवन निर्माण सम्पन्न गरिएको ।

 सतकविर तथा थारु समुदायको सामुदायिक भवन तथा सतकविर स्थल निर्माण गरिएको ।

इसाई धर्मालम्बीहरुको लागि चर्च निर्माणका लागि आवश्यक सहयोग तथा समाधीस्थल निर्माणका लागि समेत नगरपालिकाले सहयोग गरेको ।

 नेवा समुदायको सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी निर्माण कार्य अगाडी बढाईएको ।

 नगरका विभिन्न स्थानमा २३ वटा भन्दा बढी जेष्ठ नागरिक चौतारी निर्माण गरिएको ।

ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै ज्येष्ठ नागरिकको विभिन्न कार्यक्रमहरु गर्नका लागि ३ वटा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको ।

 दलित समुदायको नगर कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरि शिलन्यास सम्पन्न गरिएको ।

 दलित समुदायका व्यक्तिहरुलाई प्रविधी हस्तान्तरण तथा विभिन्न किसिमका सिलाई कटाई मेसिन हस्तान्तरण गरिएको ।

 नगर क्षेत्र भित्र रहेका करिब १०० भन्दा बढी भजनकीर्तन समूहलाई माग गरे बमोजिमका भजनकीर्तन सामाग्री (बाजा, गाजा) निशुल्क रुपमा हस्तान्तरण गरिएको ।

न्यायिक समितिमा आउने उजुरी तथा न्याय निरुपण कार्यका लागि सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा नमुना न्यायिक ईजलास निर्माण गरिएको ।

 नगरक्षेत्र भित्र रहेका सुरक्षा निकायहरुलाई इन्धन, सवारी साधन मर्मत तथा कार्यालय भवन निर्माणका लागि सहयोग गरेको ।

बाल विकास केन्द्र, महिला स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरुप थप तलब भत्ता तथा अनुदानको व्यवस्था मिलाईएको ।

नगरपालिका क्षेत्र भित्रका ४ ठाउँमा खुल्ला व्यायमशाला राखिएको तथा थप ५ स्थानमा राख्ने अन्तिम तयारीमा रहेको ।

 विभिन्न धर्म, संस्कृति, गोत्र, प्रतिष्ठानहरुको करिब ५० भन्दा बढी सामुदायिक सभाहल निर्माणका लागि सहयोग गरिएको ।

मदन भण्डारी स्मृति प्रतिष्ठानमा नगरबाट छात्रवृद्धिमा वर्षेनि विद्यार्थीहरु अध्ययन÷अध्यापन गर्ने गरेको ।

 सुन्दरहरैँचाकै विकट बस्तीको रुपमा वडा नं. ५ मा चारैतिरबाट नदीले घरेको स्थानमा रहेको फोकलैण्ड टापुमा नगरपालिका आफैले लगानी गरेर फाईबर नेट मार्फत फ्रि–वाईफाई सेवा प्रदान गरिएको ।

सुन्दरहरैँचा र ईटहरी उपमहानगरपालिकाको सिमानाको रुपमा रहेको बुढीखोला वारीपट्टि ईलेक्ट्रिक शवदाह गृह निर्माण कार्य भईरहेको ।

नगरपालिका क्षेत्रभित्र रहेका सबे खानेपानी उपभोक्ता समितिहरुलाई पानीको शुद्धता कायम गर्न र पाईप लाईन विस्तारका लागि आर्थिक सहयोग उपलब्ध गराईएको ।

करुणा फाउण्डेसन र नगरपालिकाको आवश्यक सहयोग र समन्वयमा फरक क्षमता भएका व्यतिmहरुको विवरण संकलन, परिचयपत्र वितरण तथा आवश्यक सामाग्री वितरण गरिएको ।

९० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप थप रु १०००।– मासिक रुपमा सामाजिक सुरक्षा भत्तामा थप गरि उपलब्ध गराउने गरिएको ।

प्रतेक वर्ष नगर माता र नगर पिता घोषणा गर्ने गरिएको र जेष्ठ नागरिक सम्मान कार्यक्रम वार्षिक रुपमा आयोजना गर्ने गरिएको ।

 सुकुना बहुमुखी क्याम्पस, सुकुना माध्यमिक विद्यालय, साजिलाल माध्यमिक विद्यालय, शिक्षा निकेतन माध्यमिक विद्यालय र हरैँचा माध्यमिक विद्यालयलाई १\१ थान स्कुल बस खरिद गरि वितरण गरिएको ।

 नगरक्षेत्र भित्रका कृषकहरुलाई २०० भन्दा बढी बयर बोका र पाठी वितरण गरिएको ।

 नेपाल विद्युत प्राधिकरण र नगरपालिकाको संयुक्त लगानीमा नगरक्षेत्र भित्र रहेको करिब १०६ किलोमिटर सडकमा सडक बत्ती जडान गर्ने कार्यको थालनी यसै वर्षबाट गरिनेछ ।

सुकुम्वासी तथा भूमिहिन समस्या समाधानका लागि भूमि आयोगसँग देशभरीबाट सम्झौता गर्ने पहिलो नगरपालिका बनेसँगै हाल भूमिहीन व्यक्तिहरुलाई निस्सा वितरणको कार्य अगाडि बढाईएको ।

करिब ३००० अति विपन्न, गरिब परिवारहरुलाई नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम गरिएको ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक