स्थानीय तह
गठबन्धन र स्वतन्त्र उम्मेद्वारलाई भोट दिन नजान्दा धेरै भोट बदर हुने
विराटचोकः यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै मत बदर हुने देखिएको छ । अधिकांश स्थानीय तहमा गठबन्धन भएको हुनाले भोट दिने तरिका नजान्दा धेरै भोट खेर बदर हुने भएको हो । घरदैलोमा जाने अधिकांश उम्मेद्वार र उनीहरुका समर्थकले पनि भोट कसरी दिने भनेर भन्ने गरेको पाइँदैन ।
कतिपय स्वतन्त्र उम्मेद्वारलाई नै मतदान प्रक्रियाको बारेमा जानकारी नभएको पाइएको छ । सुन्दरहरैंचामा मत माग्ने कतिपय स्वतन्त्र उम्मेद्वारले मत दिने तरिका नै नसिकाएको मतदाता बताउँछन् । आफ्नो चुनाव चिह्न र उम्मेद्वारी दिएको पदमात्रै बताएर उनीहरु हिँड्ने गरेको मतदाताको भनाइ छ । उपमेयर र वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिनेको मत बढी बदर हुने सम्भावना देखिन्छ ।
विराटचोकमा भोट माग्ने स्वतन्त्र उम्मेद्वारले आफ्नो चुनाव चिह्न बताएर मात्रै भोट मागेको स्थानीय पेशल पौडेलले बताए । उम्मेद्वारले गलत तरिकाले मत मागेको थाहा पाएर कुन लहरको चिह्नमा भोट दिँदा आफूले पाउँछु त्यो पनि जानकारी दिनुपर्छ भनेर सम्झाउँदा उम्मेद्वारलाई नै मत कसरी दिने बारेमा जानकारी नभएको पाएको उनले बताए ।
आफूले लिएको चुनाव चिह्न अरु पदका स्वतन्त्र उम्मेद्वारले नलिएको हुनाले जुन लहरमा मत दिए पनि आफूले पाउने ती उम्मेद्वारले बताएको पौडेलले बताए । ‘उम्मेद्वारलाई नै मतदान गर्ने तरिका थाहा छैन । सबैले जानेका छन् भनेर कसरी भन्न सकिन्छ ?’ उनले भने ।
गठबन्धनका कारणले पनि मत बदर हुने देखिन्छ । गठबन्धनका उम्मेद्वारले पनि कुन लहरको चिह्न कसको हो, कसरी भोट दिँदा सही हुन्छ भनेर मतदातालाई जानकारी दिएका छैनन् । जसले गर्दा मत बदर हुने देखिन्छ ।
केही उम्मेद्वारले भने नमूना मतपत्र घरदैलो कार्यंक्रममा सँगै लिएर गएर मत हाल्ने तरिका सिकाउनुका साथै नमूना मत पत्र र आफ्नो प्रतिबद्धतापत्र बाँड्ने गरेका छन् । केही स्वतन्त्र उम्मेद्वारले भने आफूलाई मत हाल्ने तरिका राम्ररी सिकाउने गरेका छन् । कुन लहरको कुन चिहनमा कसरी हाल्ने भनेर जानकारी दिँदै हिँडेको देखिन्छ ।
उम्मेद्वारको अन्तिम सूची आउनुभन्दा अघि नै निर्वाचन आयोगले मतपत्र छापेको छ । जसका कारण मतपत्रमा अनावश्यक धेरै चिह्न रहेका छन् । जसका कारणले मतपत्र भद्दा देखिनुका साथै मतदातालाई निर्वाचन चिह्न छान्न नै समस्या हुने देखिन्छ ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login