स्थानीय तह
सुन्दरहरैंचाका जनप्रतिनिधिलाई ३ दर्जन बढी संस्थाको संयुक्त बधाई, विकास र समृद्धिमा एकताको सन्देश
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सयुक्त रूपमा बधाई तथा शुभकामना दिन कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकामा क्रियाशील विभिन्न संघ संस्थाहरुले शनिबार सुन्दरहरैंचा ८ सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
कार्यक्रममा सुन्दरहरैंचा उद्येग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज, गछिया जेसीज, लायन्स क्लबहरु, नागरिक समाज, विभिन्न युवा क्लव, साहित्यिक संस्था, सञ्चार संस्थालगायत ३९ वटा विभिन्न संघ संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिकांश वक्ताले नगरको विकासलाई जनअपेक्षा अनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधि जनताको सेवा गर्न आएकाले एक्लाएक्लै यस्तो कार्यक्रम गर्दा धेरै समय खर्च हुने र नयाँ बजेट निर्माणको बेला समेत भएकाले त्यसलाई ध्यान दिई नयाँ कार्यक्रम गरिएको र एकताको सन्देश प्रवाहले विकासको लक्ष्यलाई जोड्न सकिने भएकाले कार्यक्रम आयोजना गरिएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले बताए ।
यस्तै बधाई तथा शुभकामना दिँदै दुर्गादेवी दुलाल स्पोर्ट्स ग्रामका अध्यक्ष व्यवसायी भोलेश्वर दुलालले सुन्दरहरैंचामा निर्माण हुन बाँकी सार्वजनिक शौचालय निर्माण कार्यमा निजी क्षेत्रले ठूलो सहयोगको वचन दिएको बताए । निर्माण भएका योजना नमूना भएको भन्दै यति एयरलाइन्सले यो शौचालय निर्माण अभियानका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने आफूलाई वचन दिएको बताएका थिए ।
सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले निर्वाचनका बेला आआफ्नो पार्टीमा लागे पनि अब यस क्षेत्रको विकासमा सबैले हातमा हात मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
यस्तै, कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित उपप्रमुख अकली चौधरीले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने व्यावसायिक क्षेत्र योजना अनुगमन र राजस्व परामर्शका विषय लगायतका जनताको अपेक्षा अनुसार काम गर्ने बताइन् । एउटा पार्टीले टिकट दिएर जिते पनि पाँच वर्ष जनताको सेवकका रुपमा रहने उनको भनाइ थियो ।
नगरप्रमुख केदारप्रसाद गुरागाईले नागरिकका अपेक्षालाई समान रुपमा नयाँ ढंगले अगाडि बढाउने बताए । बजेट निर्माणको समय आउन लागेको बताउँदै उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रसँग छलफल गरी यो नगरको निर्णय भन्दा पनि मेरो निर्णय हो भन्ने गरी कार्यक्रम ल्याइने उनको भनाइ थियो ।
धेरैको सहभागितामा कार्यक्रम ल्याएर नगर विकासमा लाग्ने उनले बताए । उनले भने ‘जिल्लाको दोस्रो ठूलो नगर भएकाले इलाका प्रशासनको कार्यालय र हरैंचा तथा गछिया प्रहरी चौकीहरुको स्तरवृद्धिका लागि आफू लागिरहेको उनको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन सुन्दरदुलारी उद्योग वाणिज्य संघका महासचिव जीवनप्रसाद ढुंगानाले गरेका थिए । कार्यक्रमको सभापतित्व सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले गरेका थिए ।

Facebook Comment
Banner
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो
निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।
पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।
Banner
डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
Banner
क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग
सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
शनिबार सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच रु १०१,४६० (एक लाख एक हजार चार सय साठी रुपैयाँ) उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।
सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login