स्थानीय तह
सुन्दरहरैंचाका जनप्रतिनिधिलाई ३ दर्जन बढी संस्थाको संयुक्त बधाई, विकास र समृद्धिमा एकताको सन्देश
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सयुक्त रूपमा बधाई तथा शुभकामना दिन कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकामा क्रियाशील विभिन्न संघ संस्थाहरुले शनिबार सुन्दरहरैंचा ८ सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
कार्यक्रममा सुन्दरहरैंचा उद्येग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज, गछिया जेसीज, लायन्स क्लबहरु, नागरिक समाज, विभिन्न युवा क्लव, साहित्यिक संस्था, सञ्चार संस्थालगायत ३९ वटा विभिन्न संघ संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिकांश वक्ताले नगरको विकासलाई जनअपेक्षा अनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधि जनताको सेवा गर्न आएकाले एक्लाएक्लै यस्तो कार्यक्रम गर्दा धेरै समय खर्च हुने र नयाँ बजेट निर्माणको बेला समेत भएकाले त्यसलाई ध्यान दिई नयाँ कार्यक्रम गरिएको र एकताको सन्देश प्रवाहले विकासको लक्ष्यलाई जोड्न सकिने भएकाले कार्यक्रम आयोजना गरिएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले बताए ।
यस्तै बधाई तथा शुभकामना दिँदै दुर्गादेवी दुलाल स्पोर्ट्स ग्रामका अध्यक्ष व्यवसायी भोलेश्वर दुलालले सुन्दरहरैंचामा निर्माण हुन बाँकी सार्वजनिक शौचालय निर्माण कार्यमा निजी क्षेत्रले ठूलो सहयोगको वचन दिएको बताए । निर्माण भएका योजना नमूना भएको भन्दै यति एयरलाइन्सले यो शौचालय निर्माण अभियानका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने आफूलाई वचन दिएको बताएका थिए ।
सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले निर्वाचनका बेला आआफ्नो पार्टीमा लागे पनि अब यस क्षेत्रको विकासमा सबैले हातमा हात मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
यस्तै, कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित उपप्रमुख अकली चौधरीले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने व्यावसायिक क्षेत्र योजना अनुगमन र राजस्व परामर्शका विषय लगायतका जनताको अपेक्षा अनुसार काम गर्ने बताइन् । एउटा पार्टीले टिकट दिएर जिते पनि पाँच वर्ष जनताको सेवकका रुपमा रहने उनको भनाइ थियो ।
नगरप्रमुख केदारप्रसाद गुरागाईले नागरिकका अपेक्षालाई समान रुपमा नयाँ ढंगले अगाडि बढाउने बताए । बजेट निर्माणको समय आउन लागेको बताउँदै उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रसँग छलफल गरी यो नगरको निर्णय भन्दा पनि मेरो निर्णय हो भन्ने गरी कार्यक्रम ल्याइने उनको भनाइ थियो ।
धेरैको सहभागितामा कार्यक्रम ल्याएर नगर विकासमा लाग्ने उनले बताए । उनले भने ‘जिल्लाको दोस्रो ठूलो नगर भएकाले इलाका प्रशासनको कार्यालय र हरैंचा तथा गछिया प्रहरी चौकीहरुको स्तरवृद्धिका लागि आफू लागिरहेको उनको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन सुन्दरदुलारी उद्योग वाणिज्य संघका महासचिव जीवनप्रसाद ढुंगानाले गरेका थिए । कार्यक्रमको सभापतित्व सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले गरेका थिए ।

Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login