समाचार
विद्युत उत्पादनमा लक्ष्यको आधाभन्दा कम उपलब्धि, निजी क्षेत्रको योगदान २६७ मेगावाट
एक वर्षको समयावधिमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी विद्युत उत्पादकहरूले करिब ७२३ मेगावाट बिजुली केन्द्रीय प्रणालीमा योगदान पुर्याएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा २५ विद्युत आयोजनाबाट उक्त परिमाणको विद्युत उत्पादन भएको हो ।
विद्युत उत्पादन गरी प्रणालीमा योगदान पुर्याउनेमा सबैभन्दा बढी भूमिका प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडद्वारा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको रह्यो । यसपछि बाँकी विद्युत निजी क्षेत्रका जलविद्युत, सोलार र बगासबाट उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यको करिब आधा उपलब्धि (करिब ४४.३८ प्रतिशत) मात्र हो । गत आर्थिक वर्षमा १६२९ मेगावाट विद्युत उत्पादन थप गरी जडित क्षमता ३००० मेगावाट पुर्याउने लक्ष्य राखेको थियो तर जडित क्षमता करिब २२१० मेगावाट हाराहारी तथा विद्युत उत्पादन गरेका आयोजनाको संख्या १३३ पुगेको छ ।
प्रणालीमा थपिएकामा १९ वटा जलविद्युत (७०६ मेगावाट), ५ वटा सोलार (१४ मेगावाट) र ३ मेगावाटको एउटा उखुको खोस्टा (बगास) बाट विद्युत उत्पादन गरेका आयोजनाहरू छन् । प्रणालीमा आएका ठूला आयोजनाहरूमा माथिल्लो तामाकोसी सहित २५ मेगावाटको सिंगटी, ३० मेगावाटको न्यादी, ५२.२ मेगावाटको लिखु–४, २९.०४ मेगावाटको तल्लो लिखु लगायत छन् ।
यसैगरी, सौर्य आयोजनाहरूमा ४ मेगावाटको चन्द्रनिहापुर, ५ मेगावाटको बेलचौतारा, १ मेगावाटको ढल्केबर, ३ मेगावाटको ढल्केबर र १ मेगावाटको सिमरा रहेका छन् । गत वर्ष चिनी उद्योगबाट उत्पादन भएको ३ मेगावाट विद्युत पनि प्रणालीमा थपिएको छ; जुन इन्दुशंकर चिनी उद्योगले उत्पादन गरेको छ ।
३० मेगावाटको लिखु–ए, २५ मेगावाटको दोर्दी खोला–ए, २७ मेगावाटको दोर्दी निर्माण सम्पन्न भएर पनि प्रसारण लाइन तयार नहुँदा प्रणालीमा जोडिन सकेनन् । उता प्राधिकरणका सहायक कम्पनीहरूबाट निर्माणाधीन ५७ मेगावाटका माथिल्लो तथा सान्जेन र १११ मेगावाटको रसुवागढी सहित निजी क्षेत्रको ८६ मेगावाटको सोलु–दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु पनि गत आर्थिक वर्षमा आउन सकेनन् ।
कोराना महामारी (कोभिड–१९) को असर तथा प्रसारण लाइन निर्माण नहुँदा अधिकांश आयोजनाले तोकिएको समयमा उत्पादन शुरु गर्न नसेकेको देखिन्छ । गत आर्थिक वर्षभित्र उत्पादन शुरु गर्ने लक्ष्य रहे पनि महामारी लगायतका कारणले पछाडि धकेलिएका सान्जेन, रसुवागढी, डाउन पिलुवा र सोलु बेसीन, दोर्दी बेसीन, कालङ्गा गाड बेसीनमा निर्माणाधीन आयोजनाले आगामी आर्थिक वर्षभित्र उत्पादन शुरु गर्ने प्रक्षेपण गरेका छन् ।

स्रोत ः नेपाल विद्युत प्राधिकरण
– ऊर्जा खबर डट कमबाट
Facebook Comment
Banner
ओमानमाथि नेपाल ‘ए’ को सानदार जित
नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।
यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।
२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।
त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
Banner
लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।
सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Banner
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।
दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।
पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login