समाचार
विद्युत उत्पादनमा लक्ष्यको आधाभन्दा कम उपलब्धि, निजी क्षेत्रको योगदान २६७ मेगावाट
एक वर्षको समयावधिमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी विद्युत उत्पादकहरूले करिब ७२३ मेगावाट बिजुली केन्द्रीय प्रणालीमा योगदान पुर्याएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा २५ विद्युत आयोजनाबाट उक्त परिमाणको विद्युत उत्पादन भएको हो ।
विद्युत उत्पादन गरी प्रणालीमा योगदान पुर्याउनेमा सबैभन्दा बढी भूमिका प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडद्वारा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको रह्यो । यसपछि बाँकी विद्युत निजी क्षेत्रका जलविद्युत, सोलार र बगासबाट उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यको करिब आधा उपलब्धि (करिब ४४.३८ प्रतिशत) मात्र हो । गत आर्थिक वर्षमा १६२९ मेगावाट विद्युत उत्पादन थप गरी जडित क्षमता ३००० मेगावाट पुर्याउने लक्ष्य राखेको थियो तर जडित क्षमता करिब २२१० मेगावाट हाराहारी तथा विद्युत उत्पादन गरेका आयोजनाको संख्या १३३ पुगेको छ ।
प्रणालीमा थपिएकामा १९ वटा जलविद्युत (७०६ मेगावाट), ५ वटा सोलार (१४ मेगावाट) र ३ मेगावाटको एउटा उखुको खोस्टा (बगास) बाट विद्युत उत्पादन गरेका आयोजनाहरू छन् । प्रणालीमा आएका ठूला आयोजनाहरूमा माथिल्लो तामाकोसी सहित २५ मेगावाटको सिंगटी, ३० मेगावाटको न्यादी, ५२.२ मेगावाटको लिखु–४, २९.०४ मेगावाटको तल्लो लिखु लगायत छन् ।
यसैगरी, सौर्य आयोजनाहरूमा ४ मेगावाटको चन्द्रनिहापुर, ५ मेगावाटको बेलचौतारा, १ मेगावाटको ढल्केबर, ३ मेगावाटको ढल्केबर र १ मेगावाटको सिमरा रहेका छन् । गत वर्ष चिनी उद्योगबाट उत्पादन भएको ३ मेगावाट विद्युत पनि प्रणालीमा थपिएको छ; जुन इन्दुशंकर चिनी उद्योगले उत्पादन गरेको छ ।
३० मेगावाटको लिखु–ए, २५ मेगावाटको दोर्दी खोला–ए, २७ मेगावाटको दोर्दी निर्माण सम्पन्न भएर पनि प्रसारण लाइन तयार नहुँदा प्रणालीमा जोडिन सकेनन् । उता प्राधिकरणका सहायक कम्पनीहरूबाट निर्माणाधीन ५७ मेगावाटका माथिल्लो तथा सान्जेन र १११ मेगावाटको रसुवागढी सहित निजी क्षेत्रको ८६ मेगावाटको सोलु–दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु पनि गत आर्थिक वर्षमा आउन सकेनन् ।
कोराना महामारी (कोभिड–१९) को असर तथा प्रसारण लाइन निर्माण नहुँदा अधिकांश आयोजनाले तोकिएको समयमा उत्पादन शुरु गर्न नसेकेको देखिन्छ । गत आर्थिक वर्षभित्र उत्पादन शुरु गर्ने लक्ष्य रहे पनि महामारी लगायतका कारणले पछाडि धकेलिएका सान्जेन, रसुवागढी, डाउन पिलुवा र सोलु बेसीन, दोर्दी बेसीन, कालङ्गा गाड बेसीनमा निर्माणाधीन आयोजनाले आगामी आर्थिक वर्षभित्र उत्पादन शुरु गर्ने प्रक्षेपण गरेका छन् ।

स्रोत ः नेपाल विद्युत प्राधिकरण
– ऊर्जा खबर डट कमबाट
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login