विचार
विदेश यात्रा गर्नेहरुको अवस्था विमानस्थलमा एक घण्टा नियाल्दा

हालै त्रिभुवन विमानस्थलमा १ घण्टा बिताउँदा विदेश जाने नेपाली र उनीहरुका आफन्तको अवस्था र प्रतिक्रिया अवलोकन गर्ने निर्णय गरेँ । सोही क्रममा विमानस्थलबाट विदेश यात्रा गर्ने नेपालीहरुका सम्बन्धमा एकघण्टा अवलोकन गर्दा लगभग तीन प्रकारको समूह देखेँ ।
१. उच्च शिक्षा अध्ययनका लागि जाने (लगभग १८ –२४ वर्ष उमेर समूह)
२. वैदेशिक रोजगारीका लागि जाने (लगभग १८ –४० वर्ष उमेर समूह)
३. विदेशमा रहेका आफ्ना छोराछोरी ÷ नातिनातिनालाई भेट्न र घुम्न जाने (लगभग ५० वर्ष माथिको उमेर समूह)
पहिलो नम्बर समूहका युवाहरू स्मार्ट देखिन्छन् । जोश छ, अलिकति कौतुहल छ, भविष्यप्रतिको आशा छ । कतिबेला उडौँ र गन्तव्यमा पुगौँ भन्ने छ । अलि अस्थिर र हतार देखिन्छ्न् । उनीहरुलाई बिदाइ गर्न आएका अभिभावक खासै भावुक देखिएनन् ।
तेस्रो नम्बर समूहका पनि खुशी देखिन्छन् । यात्राका ट्रान्जिट र गन्तव्यमा पुग्न भाषागत कठिनाइ बाहेक अन्य समस्या देखिँदैन । कतिबेला पुग्ने र आफन्तसँग भे्घाट गर्ने भन्ने उत्सुकतामा देखिए ।
दोस्रो समूहका व्यक्तिहरुको पीडा हेर्न र व्यक्त गर्नै कठिनाइ देखियो । गर्भवती श्रीमती, काखको सानो बच्चाका साथमा रहेकी श्रीमती, स्कुल पढ्दै गरेका स–साना छोराछोरी र पाका उमेरका बा÷ आमाको रुवाईको दृश्य निकै नै कारुणिक र भावुक थियो ।
आफू रुन पनि नसक्ने, रोइरहेकालाई फकाउन पनि नसक्ने, जिम्मेवारीको बोझले थिचिएका, परिवारलाई रोएको नदेखाउन आँशु भित्रभित्रै पचाइरहेका देखिए । उनीहरु ओठ टोक्दै सबै पीडा सहेर निन्याउरो अनुहार पारी परिवार भएतिर नफर्कीकन सुट्केस गुट्काउँदै भित्र पस्थे । यस्ता युवाहरुको ताँतीको दृश्यले आफूलाई पनि रुवायो र आँशु पुछ्न बाध्य बनायो ।
देशका नीति निर्माताहरुले यस्ता दृश्य देखेका छन् कि छैनन् होला ?
Facebook Comment
Banner
काठमाडौंको फोहोर व्यवस्थापनमा एनआरएनएको चासो

काठमाडौंः गैर आवसीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंको फोहोर व्यवस्थापनमा चासो व्यक्त गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ ।
अध्यक्ष कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ । प्रतिनिधि मण्डलले स्थानीय र कर्मचारीहरूसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ ।
एनआरएनएका अध्यक्ष कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सीता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि छलफल गरेको छ ।
अध्यक्ष कुँवरका अनुसार कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको थियो । उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पूँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए ।
छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले विभिन्न किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताए ।
एनआरएनए र कोरियन कम्पनीले चासो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।
Banner
एसियाली खेलकुदः रग्बीमा नेपाल अन्तिम स्थानमा

विराटचोकः एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जीतविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।
मंगलबार नवौँदेखि १३ औं स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हाङझावनर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पछि प¥यो । योसहित नेपालले खेलेको सबै ६ खेलमा हार बेहोर्याे ।
६ खेल खेल्दा नेपालले समूह चरणमा युएई विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो ।
समूह चरणमा तीन वटै खेलमा पराजित नेपाल समूह चरणबाट बाहिरिएपछि ९ देखि १३ औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो । रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । एसियाली खेलकुदको रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
Banner
भारु १०० भन्दा ठूला नोट नेपालमा प्रतिबन्धित

विराटचोकः नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे अवगत गराउँदै भारु १ सय रुपैयाँभन्दा ठूला नोट नेपालमा नचल्ने जनाएको छ ।
त्यस्ता नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लगाइएको हो । भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारतीय रुपैयाँको १०० वा सोभन्दा कम दरका नोट मात्र ल्याउन वा लैजान सकिन्छ सकिने र सोभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ ।
तर, कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner1 year ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ3 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login