विचार
विदेश यात्रा गर्नेहरुको अवस्था विमानस्थलमा एक घण्टा नियाल्दा
हालै त्रिभुवन विमानस्थलमा १ घण्टा बिताउँदा विदेश जाने नेपाली र उनीहरुका आफन्तको अवस्था र प्रतिक्रिया अवलोकन गर्ने निर्णय गरेँ । सोही क्रममा विमानस्थलबाट विदेश यात्रा गर्ने नेपालीहरुका सम्बन्धमा एकघण्टा अवलोकन गर्दा लगभग तीन प्रकारको समूह देखेँ ।
१. उच्च शिक्षा अध्ययनका लागि जाने (लगभग १८ –२४ वर्ष उमेर समूह)
२. वैदेशिक रोजगारीका लागि जाने (लगभग १८ –४० वर्ष उमेर समूह)
३. विदेशमा रहेका आफ्ना छोराछोरी ÷ नातिनातिनालाई भेट्न र घुम्न जाने (लगभग ५० वर्ष माथिको उमेर समूह)
पहिलो नम्बर समूहका युवाहरू स्मार्ट देखिन्छन् । जोश छ, अलिकति कौतुहल छ, भविष्यप्रतिको आशा छ । कतिबेला उडौँ र गन्तव्यमा पुगौँ भन्ने छ । अलि अस्थिर र हतार देखिन्छ्न् । उनीहरुलाई बिदाइ गर्न आएका अभिभावक खासै भावुक देखिएनन् ।
तेस्रो नम्बर समूहका पनि खुशी देखिन्छन् । यात्राका ट्रान्जिट र गन्तव्यमा पुग्न भाषागत कठिनाइ बाहेक अन्य समस्या देखिँदैन । कतिबेला पुग्ने र आफन्तसँग भे्घाट गर्ने भन्ने उत्सुकतामा देखिए ।
दोस्रो समूहका व्यक्तिहरुको पीडा हेर्न र व्यक्त गर्नै कठिनाइ देखियो । गर्भवती श्रीमती, काखको सानो बच्चाका साथमा रहेकी श्रीमती, स्कुल पढ्दै गरेका स–साना छोराछोरी र पाका उमेरका बा÷ आमाको रुवाईको दृश्य निकै नै कारुणिक र भावुक थियो ।
आफू रुन पनि नसक्ने, रोइरहेकालाई फकाउन पनि नसक्ने, जिम्मेवारीको बोझले थिचिएका, परिवारलाई रोएको नदेखाउन आँशु भित्रभित्रै पचाइरहेका देखिए । उनीहरु ओठ टोक्दै सबै पीडा सहेर निन्याउरो अनुहार पारी परिवार भएतिर नफर्कीकन सुट्केस गुट्काउँदै भित्र पस्थे । यस्ता युवाहरुको ताँतीको दृश्यले आफूलाई पनि रुवायो र आँशु पुछ्न बाध्य बनायो ।
देशका नीति निर्माताहरुले यस्ता दृश्य देखेका छन् कि छैनन् होला ?
Facebook Comment
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
Banner
कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।
Banner
मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य
बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।
करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।
मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login