विचार
शीर्ष नेता कोभन्दा को कम : आबेसँग उठबस, राजापाक्षेसँग हिमचिम ! (गाईजात्रा विशेष)
जापानमा मान र अपमान दुवै पान गरेर फर्किएपछि कमरेड प्रचण्डको आँखा फेसबुकको एउटा पोस्टरमा पुगेर अडियो । त्यहाँ लेखिएको थियो, तिमीहरु जस्तालाई अब भोट नदिने हराउने ! पोस्टरमा चिनेजानेका सबैको तस्बिर छ । ऐना हेरेपछि थाहा भयो, एउटा तस्बिर त आफ्नै पनि । हैन रिस पनि कति गरेका हँ । जापानमा नभएको कुरा बोल्यो भनेर पनि गाली गरेका छन्, चुनावमा भोट दिन्नौँ भनेर पनि घुर्की लगाएका छन् । यो त अति भयो भनेर कमरेडले पोस्टरमा टाउको भएका सबै टाउकेहरुको भेला राखे । त्यसपछि टाउकेहरुबीच सुरु भयो कसको टाउको कत्रो भन्ने लेखाजोखा ।
प्रचण्ड : जापानमा पुगेपछि आबेकै त कुरा गर्नुपर्यो नि, आले र थेबेको कुरा गर्न भएन क्यारे । मने आफू यति ठूलो मान्छे, ठूलो मान्छेले सानातिना मान्छेसँग कुरा भएको थियो भन्न पनि मिलेन, ठूलैसँग कुरा भएको भन्नै पर्यो । अब जापानमा आबेभन्दा ठूलो अरु थिएनन् । मने आबैकै गफ लगाइयो । त्यसमाथि आबे नेपाल आएका थिएनन् भन्ने प्रमाण के छ ? अरुलाई सोधेर आउनुपर्ने हो र ? आएका थिए, मेरै घरमा बसेका हुन् । अलग अलग थालमा खाए पनि खान बसेको एउटै टेबलमा हो । ओहो ! अचार कति पिरो रैछ पनि भनेका थिए । मने आबेसँग मेरो घण्टौँ कुराकानी भएको हो । प्रतिगमन र प्रतिक्रान्तिको खतरा जापानमा पनि हुनसक्छ, बेलैमा होस गर्नुहोस् भनेर मैले सुझाव पनि दिएको थिएँ । तर मेरो सुझावको बेवास्ता गरियो र जापानमा त्यत्रो घटना भयो । नपत्याए आबेलाई नै भेटेर सोध्नुस् न ।
ओली : हैट ! आबे हुन् कि चाबे, सबै पृथ्वीका सन्तान, तर पृथ्वीकै आयु कम भैरहेकोमा अहिले मेरो चिन्तन केन्द्रित छ । मान्छेकै कुरा गर्ने हो भने पनि भर्खरै स्वर्गवास भएका आबेका के कुरा गरेको ? सबैलाई थाहै छ, लेनिन र म सँगै जेल बसेको । जेलमा हामी घण्टौँ ब्याडमिन्टन र क्यारिमबोर्ड खेल्थ्यौँ । कहिले उहाँले जित्नुहुन्थ्यो, कहिले मैले । धेरैपटक त मैले नै हराएको थिएँ उहाँलाई । प्रतिस्पर्धालाई उहाँले बडो हार्दिकतापूर्वक लिनुहुन्थ्यो । कहिल्यै छलकपट गर्नु हुन्नथियो । । लेनिनले त पटकपटक प्रस्तावै गर्नुभाथ्यो, ओलीजी विश्व कम्युनिस्ट आन्दोलन तपाईँकै नेतृत्वमा अघि बढ्नुपर्छ भनेर । तर मैले नै विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व तपाईंले गर्नुस्, नेपालमा म छँदैछु नि भनेर मनाएँ । जेलबाट निस्केपछि उहाँ रुस फर्कनुभयो म चाहिँ रुखको फेदमुनि बसेर चिन्तन गर्न थालेँ ।
म चिन्तनमा रहेकै बखत एकदिन अचानक न्युटन आइपुगे । हामी स्याउको रुखमुनि बसेर बातचित गर्दैथियौँ। त्यहीबेला उनको टाउकोमा स्याउ खस्यो । कसै कसैले त्यो स्याउ बेलायतमा रहेको उनको बगैँचामा खसेको हो भन्छन् । तर होइन, खसोखास स्याउ खसेको झापाको हाम्रै बगैँचामा हो । हामीले हेर्दाहेर्दै स्याउ जमिनतिर खस्यो, माथितिर गएन । उनी किन स्याउ माथि नगएर तलै खस्यो भनेर अचम्म मान्न थाले । उनले अचम्म मान्दा मलाई ताजुक लाग्यो । नेपालमा आएर स्याउ खसेको देख्ने मान्छे यस्तै हुन्छन् भनेर पहिले त त्यति वास्ता गरिनँ । उनले हैन यसलाई त एउटा सिद्धान्तको रुपमा व्याख्या गर्नुपर्छ भने । मैले लौन त लौ उसो भए यो सिद्धान्तको नाम नेपाली मौलिक हुनुपर्छ भनेर गुरुत्वबल र गुरुत्वाकर्षण राख भनेँ । उनले खुरुक्क माने । गुरु भनेको नेपाली नाम हो नि । गुरु नाम जोड्ने प्रेरणा नै मैले दिएको हो न्युटनलाई ।
माधव नेपाल : हा हा घोर अपमान । मलाई यस्तो अपमान गरेर गफ दिएको मन पर्दैन भन्देको छु । लेनिन र न्युटनको धाक नलगाउनु । मैले के गरिनँ त्यो चाहिँ हेर्नु । कालमार्क्स रौतहट आउँदा मेरै घरमा बस्नुभएको थियो । उहाँले नै मलाई कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरणा दिनुभयो । मैले के के मात्र गरिनँ यो देश र विश्वका लागि ? माओवादीलाई मैले नै हो शान्ति प्रक्रियामा ल्याएको । उत्तर कोरिया र अमेरिकालाई शान्ति वार्तामा बस्न मैले नै भनेको । माधव नेपालको योगदानलाई कम नठानियोस् । स्याउको गफ दिने ह्याउ त हामीसँग पो छ । हामीलाई अपमान नगरियोस्, भन्देको छु मैले ।
देउवा : भनेर भन्देखिनलाई त्यस्ता नाथे स्याउ, लेनिन र मार्क्सको धाक नलगाउन न यार । तिमीहरुलाई के थाहा छ ? ठूलाबडासँगको सङ्गत कस्तो हुन्छ भन्ने हामीलाई सोध न । म लन्डनमा पढ्न बसेको बेला लङ्काबाट हनुमान टुप्लुक्क पुगेका थिए । लामो कुराकानीपछि थाहा भयो, उनी रामभक्त रहेछन् । हनुमानले मलाई छाति फोरेर देखाए, त्यहाँ त हाम्रो रामचन्द्र पो रहेछन् । हनुमानका छातिमा खुम्चिएको देखेपछि मलाई त्यसैदिन देखि रामचन्द्र मन पर्न छाडेका हुन् ।
रामचन्द्र : तिमीलाई मन नपरेर हुन्छ ? रामचन्द्र भनेका रामचन्द्र, भगवान । तिनै भगवान रामचन्द्रको स्वरुपमा मेरो जन्म भएको हो तनहुँमा । आदिकवि भानुभक्त मेरै गाउँको । हामी सँगै गोठालो जान्थ्यौँ। गुच्चा खेल्थ्यौँ । उनी घाँस काट्ने मान्छेको कविता लेखेर बस्थे । म चाहिँ वीपी जन्मने प्रतिक्षामा टोलाउँथे । आखिरमा वीपी जन्मिए । भानुभक्त घाँसीको प्रेरणाले आदिकवि भए, म वीपीको प्रेरणाले न आदि, न पूरा नेता भएँ । घाँसीले कुवा खनेर नाम कमाए । भानुभक्तले तिनै घाँसीको कुरा गरेर नाम कमाए । म चाहिँ १७ पटक लड्दा पनि प्रधानमन्त्री बन्न नसकेको बदनामी काँधमा बोकेर अझै पनि कांग्रसै भएर बसेको छु । के यो चानचुने मान्छेले गर्नसक्ने त्याग र सहनसक्ने बद्नामी हो ?
बाबुराम : हाहा विचरा रामचन्द्रजी । हरिबिजोक भन्थे, रामबिजोक भन्नुपर्ने भयो भन्ने हामीलाई लाइराछ । तपाईँ भानुभक्तको गफ दिनुहुन्छ । मैले भारतमा पढ्दा गान्धीसँग भेट भएको कुरा उनै गान्धीबाहेक अरु कसलाई थाहा होला ? बेलुकीपख गान्धी बुढा लौरो टेकेर लखरलखर मेरो डेरामा आउँथे । हामी घण्टौँ भारतीय स्वतन्त्रताको कुरा गर्थ्याैँ । मलाई डाक्टरी गर्नुथियो, पढ्नतिर लागेँ। बुढा एक्लै अघि बढे र अहिले कहाँबाट कहाँ पुगे ।
उपेन्द्र यादव : नाथुरामले नसिध्याएको भए अझै कहाँ पुग्थे होलान् गान्धी । गान्धीलाई हत्या गर्ने नाथुराम गोडसे हाम्रा गाउँ आएका थिए, सप्तरीमा । मसँग भेट भएको थियो । गान्धीलाई सिध्याउनुपर्यो के गर्ने भनेर मलाई भने । मैले हैट त्यस्तो नि गर्नुहुन्छ, हुँदैन भनेर सम्झाइबुझाइ गरेर पठाएको थिएँ । मेरो कुरै नसुनी ठोक्देछ । विचरा गान्धी ।
वामदेव : हेर हेर यिनीहरुका फुर्ती। कामदेव र रामदेव सँगै पढेको वामदेवको अघिल्तिर गान्धी र हनुमानको फुर्ती लगाएर बसेका छन् । मेरै नामबाट प्रेरित भएर एउटाले कामदेव राखे, अर्काले रामदेव । कामदेव हिन्दु धर्मका प्रेम र कामका देवताको रुपमा कहलिए, रामदेव चाहिँ बाँदर झैँ उफ्रिएर दिन कटाउँदैछन् । म बिचरो वामदेवलाई लुरेभुरे वामपन्थीले नै मान्दैनन् त के गरौँ ।
सबै टाउकेहरुले आपसमा टाउको नै ठोकौँलाझैँ गरी दुनियाँभरका टाउकेहरु भेटेको गफ लडाएपछि महन्थले भेटघाटको बिट मार्दै भने : हो हो हामी सबै कोहीभन्दा कम छैनौँ। सबैको सबैसँग उठबस र सङ्गत राम्रो छ । तर पनि देश भनेजस्तो भएन । देशलाई भनेजस्तो बाटोमा हिँडाउन एकपटक श्रीलङ्काका राजापाक्षेहरुसँग पनि भेट गर्नुपर्ने भयो । हुन त हामी कोही राजाको पछि त कोही राजापाक्षेकै पछि लागेका छौँ क्यारे । देश श्रीलङ्का हुन्छ भनेर मात्रै भएन, श्रीलङ्का बनाउनतिर नै लाग्नु पर्यो । हाम्रो अहिलेसम्मको कामले त ढिलोचाँडो हुने श्रीलङ्का नै हो । तर चुनावमा बुढाखाडा नेतालाई हराउने भनेर एकथरी उफ्रिरहेका छन् । तिनीहरुले पाखा लगाउन नपाउँदै राजापाक्षेलाई भेटौँ र देशलाई छिटै श्रीलङ्काकै बाटोमा हिँडाऔँ ।
हो यो हो नि कुरा । ल त्यसै गरौँ। राजापाक्षेलाई पहिले कसले भेट्ने त ?
म भेट्छु पहिले ।
हैन हैन म भेट्छु ।
महन्थले कुराको बीट मार्नु अघि पोस्टरमा भर्खरै प्रवेश पाएका अर्थमन्त्री शर्माले भने, ‘मैले त भेटेर नि फर्किसकेको छु । नभेटेकाहरुले भेट्नु, भेट्न नभ्याए मलाई नै सोधे नि हुन्छ देशलाई कसरी श्रीलङ्काजस्तो बनाउने भनेर ।’
–उज्यालो अनलाइनबाट
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login