समाचार
लेटाङका जनप्रतिनिधिको सय दिन, शिक्षा र पर्यटनमा नयाँ सुरुवात
लेटाङ मोरङको लेटाङ नगरपालिकाले दोश्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सुरुवाती सय दिनको कार्य प्रगति सार्वजनिक गरेको छ । आज नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भएका महत्वपूर्ण कामहरु बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले नगरपालिकामा नयाँ नेतृत्व आएपछि भएका महत्वपूर्ण र नयाँ कामहरु बारे जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा नगरपालिकाले पर्यटन विकास र शिक्षाको क्षेत्रमा अन्यन्तै नयाँ ढंगले उदाहरणिय काम सुरु गरिएको जानकारी दिइएको छ ।
पर्यटन विकासका लागि सडक सौन्दर्यकरण र गुराँस संरक्षण
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख लावतीले नगरवासीलाई समेत नगरको विकासमा जिम्मेवार बनाउने उद्देश्यले खासगरि पर्यटन क्षेत्रको विकासका काममा नगरवासीलाई सहभागि गराएर केही नयाँ काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले लेटाङको पर्यटन विकासका लागि जनताको सहभागितामा सडक सौन्दर्यकरण, पर्यटकीय पदमार्ग निर्माण र गुराँस संरक्षण तथा पर्यटन क्षेत्र विकास कार्यक्रमको थालनी गरिएको जानकारी दिनुभयो । लेटाङ नगरपालिकाको प्रवेश द्वारको रुपमा रहेको लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि दक्षिण जंगलतर्फ सडक फराकिलो बनाएर १ किलोमिटर क्षेत्रमा सौन्दर्यकरणको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यसअघि फोहोर फाल्ने गरिएको सो क्षेत्रमा विभिन्न आकर्षक प्रजातीका फूल फूल्ने रुखका विरुवा रोपेर सौन्दर्यकरणको काम सुरु गरिएको जनाइएको छ ।

नगरपालिकाले सडक फराकिलो बनाउने, विरुवा खरिद गर्ने र विरुवा संरक्षणका लागि तारजाली खरिद गर्ने काम गरेकोमा झाडी फाँड्ने, विरुवाको हेरचाह र गोडमेल गर्ने विषयमा स्थानीय सामुदायीक वनहरुले जिम्मेवारी लिएर काम गरिरहेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो । यसरी रोपिएका सबै विरुवाहरुमा फूल फूलेपश्चात लेटाङ नगरपालिकाको प्रवेश मार्ग एउटा आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको छ । नगरपालिको नेतृत्वमा प्रवेश मार्गमा सौन्दर्यकरणको काम सुरु गरेसँगै सो कार्यबाट प्रभावित भएर लेटाङ ४ र २ मा समेत स्थानीयवासीहरु स्वतस्फूर्तरुपमा सौन्दर्यकरणको काममा जुटेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो ।
यसैगरि पर्यटन विकासकै लागि लेटाङकै प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको राजारानी क्षेत्रमा जाने पुरानो पैदल मार्गलाई सफाइ गरि आकर्षक पर्यटकीय पदमार्ग निर्माणको काम पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । लेटाङ नगरपालिकाको आग्रहमा स्थानीयवासीको स्वतस्फूर्त सहभागितामा पदमार्गको झाडी फाँडेर सरसफाई गर्ने काम सम्पन्न भएकाले अब त्यस ठाउँमा नगरपालिकाले थप सौन्दर्यकरणको काम गर्ने जनाइएको छ । यसैगरि लेटाङ नगरपालिकाको वडा नम्बर ७ मा गुराँस संरक्षण तथा पर्यटकीय क्षेत्र विकासको काम पनि नगरपालिकाको आग्रहमा वडा र स्थानीयवासीको सहभागितामा सुरु गरिएको नगर प्रमुख लावतीको भनाइ छ । गुराँसको जंगल रहेको सो क्षेत्रमा स्थानीयवासीको सहभागितामा थप वृक्षारोपण गरि अन्य संरचनाहरु समेत बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरि नगरपालिकाले काम सुरु गरेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो । नगरपालिकाको सानो लगानीमै जनसहभागिता जुटाएर उल्लेख काम गर्न सकिने भएकाले पर्यटन विकासका लागि सोहि अनुशार नगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रमा महत्वपूर्ण ४ वटा कामको थालनी
लेटाङ नगरपालिकाले पछिल्लो सय दिनको कार्यकालमा शिक्षाको क्षेत्रमा समेत महत्वपूर्ण काम गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बालिका वचत कार्यक्रम, आमाबुबाविहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा, स्थानीय पाठ्यक्रम अध्यापनको सुरुवात र लिम्बू बाहुल्य क्षेत्रका विद्यालयमा लिम्बू भाषामा पठन पाठनका लागि तयारी सुरु गरिएको उपप्रमुख कृष्णकुमारी निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बालिका वचत कार्यक्रम अन्तरगत नगरपालिकाका पहाडी भूगोल भएका वडाका अब जन्मिएका बालिकाहरुको नाममा बैंक खाता खोलेर नगरपालिकाले १६ वर्षसम्म प्रत्येक वर्ष २ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने जनाइएको छ । यसरी नगरपालिकाले जम्मा गरिदिएको रकममा अभिभावकले पनि रकम थप गर्न सक्नेछन् भने सो रकम बालिकाले एसइइ उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने समयमा मात्र निकाल्न पाइनेछ । यसबाट नगरको पहाडी वडाका बालिकाहरुले बीचैमा पढाइ छाड्ने समस्या समाधान हुने तथा आर्थिक अभावका कारण एसइइ पछिको अध्ययन पुरा गर्न समस्या भएका बालिकाहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बालिका बचत कार्यक्रमको नियमावली बनाएर कार्यान्वयनमा आइसकेको नगर उपप्रमुख निरौलाले जानकारी दिनुभयो । यसैगरि नगरभरिका आमाबुबा विहिन बालबालिकाहरुलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने कामको पनि सुरुवात गरेको छ । सरकारले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले शिक्षाको उज्यालो घामबाट नगर भित्रका कोही पनि बालबालिका बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको उपप्रमुख निरौलाको भनाइ छ । नगर प्रमुख र उपप्रमुखले गत जेठ ९ गते पदभारग्रहण गर्दै गर्दा नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरे अनुशार त्यसको कार्यान्वयन गरिएको हो । लेटाङ नगरपालिको शिक्षा क्षेत्रमै अर्को महत्पवूर्ण काम पनि सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बालबालिकाहरु आफ्नै ठाउँ बारे अनविज्ञ नहोउन् र आफ्नो ठाउँको प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथ लेटाङ नगरपालिको स्थानीय पठ्याक्रम निर्माण गरि सबै विद्यालयमा पठन पाठन समेत सुरु गरेको उपप्रमुख निरौलाले जानकारी दिनुभयो । यस्तै लेटाङ नगरपालिकाका लिम्बू जातीको बाहुल्य रहेको क्षेत्रका विद्यालयमा लिम्बू भाषाको पठन पाठन सुरु गर्ने उद्देश्यका साथ पाठ्यक्रम निर्माणको काम अघि बढाइएको जनाइएको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login