समाचार
लेटाङका जनप्रतिनिधिको सय दिन, शिक्षा र पर्यटनमा नयाँ सुरुवात
लेटाङ मोरङको लेटाङ नगरपालिकाले दोश्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सुरुवाती सय दिनको कार्य प्रगति सार्वजनिक गरेको छ । आज नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भएका महत्वपूर्ण कामहरु बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले नगरपालिकामा नयाँ नेतृत्व आएपछि भएका महत्वपूर्ण र नयाँ कामहरु बारे जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा नगरपालिकाले पर्यटन विकास र शिक्षाको क्षेत्रमा अन्यन्तै नयाँ ढंगले उदाहरणिय काम सुरु गरिएको जानकारी दिइएको छ ।
पर्यटन विकासका लागि सडक सौन्दर्यकरण र गुराँस संरक्षण
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख लावतीले नगरवासीलाई समेत नगरको विकासमा जिम्मेवार बनाउने उद्देश्यले खासगरि पर्यटन क्षेत्रको विकासका काममा नगरवासीलाई सहभागि गराएर केही नयाँ काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले लेटाङको पर्यटन विकासका लागि जनताको सहभागितामा सडक सौन्दर्यकरण, पर्यटकीय पदमार्ग निर्माण र गुराँस संरक्षण तथा पर्यटन क्षेत्र विकास कार्यक्रमको थालनी गरिएको जानकारी दिनुभयो । लेटाङ नगरपालिकाको प्रवेश द्वारको रुपमा रहेको लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि दक्षिण जंगलतर्फ सडक फराकिलो बनाएर १ किलोमिटर क्षेत्रमा सौन्दर्यकरणको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यसअघि फोहोर फाल्ने गरिएको सो क्षेत्रमा विभिन्न आकर्षक प्रजातीका फूल फूल्ने रुखका विरुवा रोपेर सौन्दर्यकरणको काम सुरु गरिएको जनाइएको छ ।

नगरपालिकाले सडक फराकिलो बनाउने, विरुवा खरिद गर्ने र विरुवा संरक्षणका लागि तारजाली खरिद गर्ने काम गरेकोमा झाडी फाँड्ने, विरुवाको हेरचाह र गोडमेल गर्ने विषयमा स्थानीय सामुदायीक वनहरुले जिम्मेवारी लिएर काम गरिरहेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो । यसरी रोपिएका सबै विरुवाहरुमा फूल फूलेपश्चात लेटाङ नगरपालिकाको प्रवेश मार्ग एउटा आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको छ । नगरपालिको नेतृत्वमा प्रवेश मार्गमा सौन्दर्यकरणको काम सुरु गरेसँगै सो कार्यबाट प्रभावित भएर लेटाङ ४ र २ मा समेत स्थानीयवासीहरु स्वतस्फूर्तरुपमा सौन्दर्यकरणको काममा जुटेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो ।
यसैगरि पर्यटन विकासकै लागि लेटाङकै प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको राजारानी क्षेत्रमा जाने पुरानो पैदल मार्गलाई सफाइ गरि आकर्षक पर्यटकीय पदमार्ग निर्माणको काम पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । लेटाङ नगरपालिकाको आग्रहमा स्थानीयवासीको स्वतस्फूर्त सहभागितामा पदमार्गको झाडी फाँडेर सरसफाई गर्ने काम सम्पन्न भएकाले अब त्यस ठाउँमा नगरपालिकाले थप सौन्दर्यकरणको काम गर्ने जनाइएको छ । यसैगरि लेटाङ नगरपालिकाको वडा नम्बर ७ मा गुराँस संरक्षण तथा पर्यटकीय क्षेत्र विकासको काम पनि नगरपालिकाको आग्रहमा वडा र स्थानीयवासीको सहभागितामा सुरु गरिएको नगर प्रमुख लावतीको भनाइ छ । गुराँसको जंगल रहेको सो क्षेत्रमा स्थानीयवासीको सहभागितामा थप वृक्षारोपण गरि अन्य संरचनाहरु समेत बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरि नगरपालिकाले काम सुरु गरेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो । नगरपालिकाको सानो लगानीमै जनसहभागिता जुटाएर उल्लेख काम गर्न सकिने भएकाले पर्यटन विकासका लागि सोहि अनुशार नगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रमा महत्वपूर्ण ४ वटा कामको थालनी
लेटाङ नगरपालिकाले पछिल्लो सय दिनको कार्यकालमा शिक्षाको क्षेत्रमा समेत महत्वपूर्ण काम गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बालिका वचत कार्यक्रम, आमाबुबाविहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा, स्थानीय पाठ्यक्रम अध्यापनको सुरुवात र लिम्बू बाहुल्य क्षेत्रका विद्यालयमा लिम्बू भाषामा पठन पाठनका लागि तयारी सुरु गरिएको उपप्रमुख कृष्णकुमारी निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बालिका वचत कार्यक्रम अन्तरगत नगरपालिकाका पहाडी भूगोल भएका वडाका अब जन्मिएका बालिकाहरुको नाममा बैंक खाता खोलेर नगरपालिकाले १६ वर्षसम्म प्रत्येक वर्ष २ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने जनाइएको छ । यसरी नगरपालिकाले जम्मा गरिदिएको रकममा अभिभावकले पनि रकम थप गर्न सक्नेछन् भने सो रकम बालिकाले एसइइ उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने समयमा मात्र निकाल्न पाइनेछ । यसबाट नगरको पहाडी वडाका बालिकाहरुले बीचैमा पढाइ छाड्ने समस्या समाधान हुने तथा आर्थिक अभावका कारण एसइइ पछिको अध्ययन पुरा गर्न समस्या भएका बालिकाहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बालिका बचत कार्यक्रमको नियमावली बनाएर कार्यान्वयनमा आइसकेको नगर उपप्रमुख निरौलाले जानकारी दिनुभयो । यसैगरि नगरभरिका आमाबुबा विहिन बालबालिकाहरुलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने कामको पनि सुरुवात गरेको छ । सरकारले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले शिक्षाको उज्यालो घामबाट नगर भित्रका कोही पनि बालबालिका बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको उपप्रमुख निरौलाको भनाइ छ । नगर प्रमुख र उपप्रमुखले गत जेठ ९ गते पदभारग्रहण गर्दै गर्दा नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरे अनुशार त्यसको कार्यान्वयन गरिएको हो । लेटाङ नगरपालिको शिक्षा क्षेत्रमै अर्को महत्पवूर्ण काम पनि सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बालबालिकाहरु आफ्नै ठाउँ बारे अनविज्ञ नहोउन् र आफ्नो ठाउँको प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथ लेटाङ नगरपालिको स्थानीय पठ्याक्रम निर्माण गरि सबै विद्यालयमा पठन पाठन समेत सुरु गरेको उपप्रमुख निरौलाले जानकारी दिनुभयो । यस्तै लेटाङ नगरपालिकाका लिम्बू जातीको बाहुल्य रहेको क्षेत्रका विद्यालयमा लिम्बू भाषाको पठन पाठन सुरु गर्ने उद्देश्यका साथ पाठ्यक्रम निर्माणको काम अघि बढाइएको जनाइएको छ ।
Facebook Comment
Banner
मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।
उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।
वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।
हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।
साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।
‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।
टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।
महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।
प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।
Banner
त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।
आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login