hrpdf.com.hr
Connect with us
Advertisement
Advertisement

सरकारले निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिने

Published

on

काठमाडौं  । सरकारले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउ तोलाको लाख रुपैयाँ भन्दा बढी, बैशाखको रेकर्ड पनि तोडियो

Published

on

विराटचोकः आज सुनको भाउ तोलाको १ लाख रुपैयाँभन्दा बढी पुगेको छ । आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ३०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको भाउ प्रति तोला ९९ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार ३९० रुपैयाँ पुगेको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।

गत वैशाख १२ गते सुनको भाउ उच्च मूल्यमा कारोबार हुँदा छापावाल सुन प्रति तोला १ लाख २०० रुपैयाँ पुगेको थियो । गत वर्ष फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाउँद प्रति तोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

Continue Reading

Banner

सुन्दरहरैंचामा भू–उपयोगका विषयमा सर्वपक्षीय छलफल

Published

on

विराटचोकः सरकारले जग्गाको खण्डीकरण र कृषियोग्य जमिनमा बस्ती विकास रोक्ने गरी भू–उपयोग नियमावली जारी गरेसँगै स्थानीय सरकारले भू उपयोग वर्गीकरणको कामलाई मूर्त रुप दिन छलफल थालेको छ ।

बुधबार मोरङको सुन्दरहरैँचा नगरपालिकाले सर्वपक्षीय भेला आयोजना गरी छलफल गरेको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा मालपोत कार्यालयका प्रमुख भानुभक्त न्यौपाने, नापी कार्यालयका प्रमुख, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागितामा छलफल गरेको हो ।

छलफल कार्यक्रममा भू उपयोगसम्बन्धी विज्ञ योगेश श्रेष्ठले सरकारको जग्गा खण्डीकरण गर्ने नियमावलीअनुसार सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने व्यावसायिक क्षेत्र, आवास क्षेत्र, उद्योग क्षेत्र, कृषि क्षेत्र र सार्वजनिक क्षेत्रका बारेमा अध्ययन गरेर प्रस्तुतीकरण गरेका थिए । यस्तै बाटोको वर्गीकरण गरिनुपर्ने समेत सुझाव दिएका छन् ।

पछिल्लो समय सरकारले भू उपयोग नीति ल्याएसँगै मालपोत कार्यालयले कित्ताकाट रोकेको छ । यसले धेरैलाई समस्या पर्ने भएकाले स्थानीय सरकारले अध्ययन गर्दै वडास्तरीय र नगरस्तरीय छलफल चलाएको हो ।

छलफलपछि नगरप्रमुख गुरागाईँले आवश्यकताअनुसार निर्णय गर्ने बताए । यस्तै सहभागीले आवास क्षेत्र बनाउँदा कृषि भइरहेको ठाउँमा सरकारले दिने सेवा सुविधाका विषयमा प्रश्न गरेका थिए । कृषि क्षेत्र भए त्यसबाट उब्जनी गरी बजारीकरण र आत्मनिर्भर कसरी बनाउने भन्ने विषय समेत उठाएका थिए ।

कार्यक्रममा मालपोत प्रमुख न्यौपानेले कृषि क्षेत्र सकेसम्म धेरै बनाउन सुझाव दिएका थिए । उनले कृषियोग्य जमिन संरक्षण गर्नुपर्ने बताएका थिए । मापदण्ड अनुसार, कृषियोग्य जमिनलाई टुक्र्याउन तराईमा दुई कट्ठाको सीमा तोकिएको छ ।

Continue Reading

Banner

नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकद्वारा कारवाही

Published

on

काठमाडौंः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ ।

राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेपछि प्रभु बैंक, बैंक अफ काठमान्डू, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई सचेत गराएको छ ।

कृषि विकास बैंकले सम्पति शुद्धिकरण ऐन र निर्देशनको उल्लङ्घन गरेको भन्दै केन्द्रीय बैंकले २० लाख रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै, कर्जा लगानी गरेपश्चात प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै हिमालयन बैंक, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकका सीइओहरुलाई सचेत गराएको छ । सनराइज र मेगा बैंकले आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरेपछि केन्द्रीय बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक
hrpdf.com.hr