कोशी प्रदेश
पूर्वाञ्चल लिटिल स्टारको चौथो संस्करणअन्तर्गत मंसिर १० देखि पहिलो अडिसन
इटहरीः बालबालिकाको सौन्दर्य र क्षमता प्रष्फुटनमा आधारित सौन्दर्य प्रतियोगिता ‘पूर्वाञ्चल लिटिल स्टार’ को चौथो संस्करण हुने भएको छ । साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालिको आयोजनामा हुने यो प्रतियोगितालाई राठी केवलले मुख्य प्रायोजन गर्ने भएको छ ।
प्रतियोगिताको पहिलो अडिसन मंसिर १० गते शनिबार बिर्तामोडको शनिश्चरे रोडमा अवस्थित सरगम संगीतालयमा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने भएको छ । बालबालिकाहरुको सौन्दर्यसँगै क्षमता अभिवृद्धि तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता हुन लागेको हो । अयोजक संस्थाका प्रतिनिधि साईमन राजवंशीका अनुसार प्रतियोगितामा ७ देखि १५ वर्ष उमेर समूहका बालबालिका सहभागी हुनेछन् ।
बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि ‘पूर्वाञ्चल लिटिल स्टार’ को ३ ओटा संस्करण सम्पन्न गरिसकेको छ । यही कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरिएको छ । हाल गर्न लागिएको ‘पूर्वाञ्चल लिटिल स्टार’ को चौथो संस्करणमा आवेदन फारम ५०० तथा तालिम शुल्क १५ हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ ।
विजेता तथा उप–विजेताहरुले ३ लाख रुपैयाँको लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउने भएका छन् । विजयीलाई अन्य आकर्षक पुरस्कार तथा अवार्ड र क्राउन प्रदान गरिने आयोजकले जनाएको छ । यसमा तेस्रो संस्करणका सहभागीहरुलाई पनि फिचर्ड गराइने साइमनको भनाइ छ ।
सो गीत भारतको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रीतम आचार्यले गाएका छन् । भिडियोको केही प्रतिशत छायाङ्कन पनि भइसकेको छ । ‘पूर्वाञ्चल लिटिल स्टार’को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहने भएकी छिन् । उनी फेसन मोडल हुन् भने पूर्वाञ्चल लिटिल स्टारको यसअघिका सम्पूर्ण संस्करणको कोरियोग्राफी गरेकी व्यक्ति हुन् । यो कार्यक्रमको निर्देशक साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उद्योगमा चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मका गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् । उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीसँग पनि काम गरेका छन् ।
‘पूर्वाञ्चल लिटिल स्टार’को अफिसियल भिडियोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’, फोटोग्राफी पार्टनर क प्रोडक्सन रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल भिडियोग्राफर सुवास श्रेष्ठ संकल्प रहेका छन् । डि थ्री अनलाइन, विशेष अनलाइन, सूर्योदय टेलिभिजन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यसम्बन्धी तालिम प्राप्त गर्नेछन् ।
त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पूर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि–सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा सङ्गीतको कक्षा, सेलेब्रेटीहरुसँग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास–कम्युनिकेसन लगायतको अवसर प्रदान गरिने भएको छ । सहभागी सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत दिइने भएको छ । आयोजकका अनुसार सो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजवंशी भाषामा बन्ने भएको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login