प्रतिनिधि सभा निर्वाचन २०७९
तेस्रो पटकको प्रतिष्पर्धाबाट बाजी मार्ने दाउमा एमालेकी भगवती चौधरी
दुहबीः नेता विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै आएकी नेकपा एमालेकी भगवती चौधरी यस पटक बाजी मार्ने दाउमा छिन् । सुनसरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा लागि तेस्रो पटक उम्मेद्वार रहेकी चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवाको रुपमा चिन्छन् ।
वित्तीय संस्था फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढी महिलालाई आत्मनिर्भर बनाउने काममा भूमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रशिक्षण दिएर त्यसका आधारमा बीउ पूँजी उपलब्ध गराई आयआर्जनमा सक्रिय बनाउने अभियानमा उनी संलग्न छिन् ।
विजयकुमार गच्छदारसँग यसअघि दुई पटक उनी पराजित भइसकेकी छिन् । तेस्रो पटक पनि उनीहरु दुवैबीच प्रतिष्पर्धा हुँदैछ । दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा गच्छदारले झिनो मतान्तरले विजयी भएका थिए ।
अहिले चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी छिन् भने भ्रष्टाचार मुद्दाका आरोपी गच्छदारको राजनीतिक छवि धुमिलिँदै गएको छ । २०७४ सालमा चौधरीलाई सहयोग गरेको नेकपा माओवादी केन्द्रले यस पटक गच्छदारलाई सहयोग गरेको छ । तर पनि स्थानीयहरु भने यो पटक गच्छदारलाई भोट नदिने पक्षमा छन् ।
गच्छदार पटक पटक उपप्रधानमन्त्री र विभिन्न मन्त्री बनिसकेका नेता भए पनि गृह जिल्लाको विकासमा खास योगदान गर्न सकेका छैनन् । सबै कामहरु गाउँपालिका अध्यक्ष वा मेयर स्तरले गर्ने कामहरु मात्र भएको र कुनै महत्वकांक्षी परियोजनासमेत सञ्चालन नगरेको स्थानीयको आरोप छ । भ्रष्टाचार मुद्दा लागेका गच्छदार चुनाव जिते पनि संसद भवनभित्र छिर्न नपाउने भएकाले चौधरीको पक्षमा थप माहोल सिर्जना भएको छ ।
चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छिन् । चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छिन् । सर्वसाधारणलाई उद्यमशील बनाउन लागि परेकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना बनाउने बताएकी छिन् । त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने बताएकी छिन् ।
महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छिन् । चौधरीले एक गाउँ एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छिन् । पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताएकी छिन् । गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले विषेश जोड दिने भएकी छिन् ।
अब्यबस्थित बसोबासलाई ब्यवस्थित गर्नुको साथै भूमिहीन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने भएकी छिन् । तिनै तहका सरकारसंँग समन्वय गरेर क्षेत्रको विकासमा विशेष जोड दिने योजनामा रहेकी चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने जनाएकी छिन् ।
गच्छदारसँग पहिलो पटक प्रतिस्पर्धा गर्दा भगवती चौधरी एमालेको जिल्ला स्तरको नेता थिइन् । हाल उनी केन्द्रीय सदस्य भइसकेकी छिन् । उनले जितेर एमालेको सरकार बन्ने अवस्था आएमा उनले मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना उच्च रहेको छ । उनी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login