प्रतिनिधि सभा निर्वाचन २०७९
तेस्रो पटकको प्रतिष्पर्धाबाट बाजी मार्ने दाउमा एमालेकी भगवती चौधरी
दुहबीः नेता विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै आएकी नेकपा एमालेकी भगवती चौधरी यस पटक बाजी मार्ने दाउमा छिन् । सुनसरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा लागि तेस्रो पटक उम्मेद्वार रहेकी चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवाको रुपमा चिन्छन् ।
वित्तीय संस्था फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढी महिलालाई आत्मनिर्भर बनाउने काममा भूमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रशिक्षण दिएर त्यसका आधारमा बीउ पूँजी उपलब्ध गराई आयआर्जनमा सक्रिय बनाउने अभियानमा उनी संलग्न छिन् ।
विजयकुमार गच्छदारसँग यसअघि दुई पटक उनी पराजित भइसकेकी छिन् । तेस्रो पटक पनि उनीहरु दुवैबीच प्रतिष्पर्धा हुँदैछ । दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा गच्छदारले झिनो मतान्तरले विजयी भएका थिए ।
अहिले चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी छिन् भने भ्रष्टाचार मुद्दाका आरोपी गच्छदारको राजनीतिक छवि धुमिलिँदै गएको छ । २०७४ सालमा चौधरीलाई सहयोग गरेको नेकपा माओवादी केन्द्रले यस पटक गच्छदारलाई सहयोग गरेको छ । तर पनि स्थानीयहरु भने यो पटक गच्छदारलाई भोट नदिने पक्षमा छन् ।
गच्छदार पटक पटक उपप्रधानमन्त्री र विभिन्न मन्त्री बनिसकेका नेता भए पनि गृह जिल्लाको विकासमा खास योगदान गर्न सकेका छैनन् । सबै कामहरु गाउँपालिका अध्यक्ष वा मेयर स्तरले गर्ने कामहरु मात्र भएको र कुनै महत्वकांक्षी परियोजनासमेत सञ्चालन नगरेको स्थानीयको आरोप छ । भ्रष्टाचार मुद्दा लागेका गच्छदार चुनाव जिते पनि संसद भवनभित्र छिर्न नपाउने भएकाले चौधरीको पक्षमा थप माहोल सिर्जना भएको छ ।
चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छिन् । चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छिन् । सर्वसाधारणलाई उद्यमशील बनाउन लागि परेकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना बनाउने बताएकी छिन् । त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने बताएकी छिन् ।
महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छिन् । चौधरीले एक गाउँ एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छिन् । पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताएकी छिन् । गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले विषेश जोड दिने भएकी छिन् ।
अब्यबस्थित बसोबासलाई ब्यवस्थित गर्नुको साथै भूमिहीन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने भएकी छिन् । तिनै तहका सरकारसंँग समन्वय गरेर क्षेत्रको विकासमा विशेष जोड दिने योजनामा रहेकी चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने जनाएकी छिन् ।
गच्छदारसँग पहिलो पटक प्रतिस्पर्धा गर्दा भगवती चौधरी एमालेको जिल्ला स्तरको नेता थिइन् । हाल उनी केन्द्रीय सदस्य भइसकेकी छिन् । उनले जितेर एमालेको सरकार बन्ने अवस्था आएमा उनले मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना उच्च रहेको छ । उनी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् ।
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login