प्रतिनिधि सभा निर्वाचन २०७९
मंसिर ४ मा हुने चुनावका ६ रोचक कुरा
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केही रोचक र रमाइला परिदृश्यहरू देखिएका छन् । ती परिदृश्यहरू यस्ता छन्ः
श्रीमान् श्रीमती नै उम्मेद्वार
राजनीतिक दलहरूभित्र निर्वाचनमा उम्मेदवार हुन नपाएकोमा थुप्रै नेताहरू असन्तुष्ट छन् । तर केही उम्मेद्वारका दम्पत्ति नै यसपटक चुनाव लडिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट चुनाव लड्दैछन् भने उनकी श्रीमती आरजु राणा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेद्वार छिन् ।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाण रूपन्देही ३ बाट निर्वाचन लड्दैछन् भने उनकी श्रीमती मञ्जु खाण नेपाली कांग्रेसको समानुपातिकतर्फ उम्मेदवार छिन् ।
नेकपा माओवादी केन्द्रका वर्षमान पुन रोल्पाबाट र उनकी श्रीमती पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट चुनाव लड्दैछन् ।
शिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बाग्लुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधि सभाकै लागि समानुपातिक तर्फको सूचीमा छिन् ।
नेकपा एमालेका नेता रघुवीर महासेठ र जुलीकुमारी महतो पनि दम्पत्ति हुन् । दुवै यसपटक प्रत्यक्ष निर्वाचन लड्दैछन् । रघुवीर धनुषा क्षेत्र नम्बर ३ र जुली धनुषाकै क्षेत्र नं ४ बाट उम्मेदवार छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीका अशोक राई सुनसरी–१ बाट चुनाव उठेका छन् भने उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिक तर्फको सूचीमा छिन् ।
सय वर्षका उम्मेदवार
गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ सय वर्षका टीकादत्त पोखरेल उम्मेदवार छन् ।
उनी नेपाली कांग्रेस बिपीबाट उम्मेदवार बनेका हुन् । पोखरेलको प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अब्दुस मियाँसँग हुँदैछ । २००७ सालदेखि जनताका लागि लड्दै आएको बताउने टीकादत्तले चुनाव प्रचारमा आफूले प्रचण्डलाई सजिलै पराजित गर्ने दाबी गर्ने गरेका छन् ।
रिटायर्ड प्रहरीको राजनीतिक कदम
नेपाल प्रहरीको महानिरीक्षक भइसकेका सर्वेन्द्र खनाल यसपटक नेकपा एमालेबाट काठमाडौंं–६ मा चुनाव लड्दैछन् ।
त्यस्तै, पूर्व डिआइजी रमेश खरेल काठमाडौं–१ बाट चुनावमा होमिएका छन् ।
त्यस्तै, २०७४ को निर्वाचनमा नै नेकपा एमालेबाट टिकट पाएर चुनाव जितेका पूर्व डिआइजी नवराज सिलवाल यसपटक पनि ललितपुर–३ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाल प्रहरीमा महानिरीक्षक भइसकेका ध्रुवबहादुर प्रधान पनि यसपटकको चुनावमा राप्रपाबाट उम्मेदवार छन् । उनी नवलपरासी–२ बाट उठेका छन् ।
त्यसैगरी सशस्त्र प्रहरीका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपाबाट काठमाडौं–४ मा उम्मेदवार छन् ।
जो जित्दा पनि संसद छिर्न पाउने छैनन्
नेपाली कांग्रेसबाट सुनसरी–३ बाट उम्मेद्वार बनेका विजय गच्छदार चुनाव जिते पनि संसद छिर्न पाउने छैनन् । उनी विरूद्धको भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।
अहिले १० लाख धरौटीमा छुटेका गच्छदार सांसद बनेको अवस्थामा पनि निलम्बनमै रहनेछन् । मुद्दाको किनारा नलागेसम्म न त उनले प्रधानमन्त्रीलाई विश्वासको मत माग्दा मतदान गर्न पाउने छन् न त कुनै कानुन बनाउँदा अथवा बजेट पास गर्दा भोट नै दिन पाउनेछन् ।
गच्छदारजस्तै भ्रष्टाचारको आरोप खेपिरहेका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री टेकबहादुर गुरूङले मनाङमा जीत हात पारेको अवस्थामा संंसद छिर्न पाउने छैनन् । उनीविरूद्ध पनि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
जसको नाम समानुपातिकको सूचीबाट हट्यो
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपतिकतर्फ दलहरूले बुझाएको सूचीबाट निर्वाचन आयोगले २ सय ३ जनाको नाम हटाएको छ ।
नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेदवार रहेका प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारको नाम समेत हटेको छ । उनी लाभको पदमा भएका कारण नाम काटिएको हो ।
त्यस्तै, माओवादी केन्द्रका ३ जनाको नाम काटिएको छ । जसमध्ये उर्मिलादेवी कोइरनले दोहोरो उम्मेद्वारी दिएकी थिइन् । जनता समाजवादी पार्टीका दश जनाको नाम काटिँदा सर्पराज शाहीको उमेर २४ वर्ष भएका कारण नाम हटेको छ । प्रतिनिधि सभाको चुनाव लड्ने व्यक्ति २५ वर्ष पुगेको हुनुपर्छ ।
त्यस्तै, एकीकृत समाजवादीका ६ जनाको नाम हटेको छ । जसमध्ये एक उम्मेदवारले मतदाता नामावली र उम्मेदवारी दिँदा लैंगिक पहिचान फरक उल्लेख गरेकै कारण सूचीबाट हट्नुपरेको छ ।
बाबुको टिकट, छोरा उम्मेदवार
मुस्ताङमा नेपाली कांग्रेसले सभापति रोमी गौचन थकालीलाई प्रतिनिधि सभाको टिकट पठाएको थियो । सबैले गौचन चुनाव लड्ने आँकलन गरेका थिए । तर उनले उम्मेद्वारी दर्ता गर्ने बेला छोरा योगेश गौचनको नाम लेखेर उम्मेद्वारी दर्ता गर्न लगाए । २८ वर्षीय योगेश प्रतिनिधि सभातर्फ कांग्रेसबाट उठेका उम्मेदवारमध्ये कान्छा उम्मेद्वार बनेका छन्। – सेतो पाटीबाट
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login