Connect with us
Advertisement

मंसिर ४ मा हुने चुनावका ६ रोचक कुरा

Published

on

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केही रोचक र रमाइला परिदृश्यहरू देखिएका छन् । ती परिदृश्यहरू यस्ता छन्ः

श्रीमान् श्रीमती नै उम्मेद्वार
राजनीतिक दलहरूभित्र निर्वाचनमा उम्मेदवार हुन नपाएकोमा थुप्रै नेताहरू असन्तुष्ट छन् । तर केही उम्मेद्वारका दम्पत्ति नै यसपटक चुनाव लडिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट चुनाव लड्दैछन् भने उनकी श्रीमती आरजु राणा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेद्वार छिन् ।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाण रूपन्देही ३ बाट निर्वाचन लड्दैछन् भने उनकी श्रीमती मञ्जु खाण नेपाली कांग्रेसको समानुपातिकतर्फ उम्मेदवार छिन् ।

नेकपा माओवादी केन्द्रका वर्षमान पुन रोल्पाबाट र उनकी श्रीमती पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट चुनाव लड्दैछन् ।
शिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बाग्लुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधि सभाकै लागि समानुपातिक तर्फको सूचीमा छिन् ।

नेकपा एमालेका नेता रघुवीर महासेठ र जुलीकुमारी महतो पनि दम्पत्ति हुन् । दुवै यसपटक प्रत्यक्ष निर्वाचन लड्दैछन् । रघुवीर धनुषा क्षेत्र नम्बर ३ र जुली धनुषाकै क्षेत्र नं ४ बाट उम्मेदवार छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका अशोक राई सुनसरी–१ बाट चुनाव उठेका छन् भने उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिक तर्फको सूचीमा छिन् ।

सय वर्षका उम्मेदवार

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ सय वर्षका टीकादत्त पोखरेल उम्मेदवार छन् ।
उनी नेपाली कांग्रेस बिपीबाट उम्मेदवार बनेका हुन् । पोखरेलको प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अब्दुस मियाँसँग हुँदैछ । २००७ सालदेखि जनताका लागि लड्दै आएको बताउने टीकादत्तले चुनाव प्रचारमा आफूले प्रचण्डलाई सजिलै पराजित गर्ने दाबी गर्ने गरेका छन् ।

रिटायर्ड प्रहरीको राजनीतिक कदम

नेपाल प्रहरीको महानिरीक्षक भइसकेका सर्वेन्द्र खनाल यसपटक नेकपा एमालेबाट काठमाडौंं–६ मा चुनाव लड्दैछन् ।
त्यस्तै, पूर्व डिआइजी रमेश खरेल काठमाडौं–१ बाट चुनावमा होमिएका छन् ।

त्यस्तै, २०७४ को निर्वाचनमा नै नेकपा एमालेबाट टिकट पाएर चुनाव जितेका पूर्व डिआइजी नवराज सिलवाल यसपटक पनि ललितपुर–३ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाल प्रहरीमा महानिरीक्षक भइसकेका ध्रुवबहादुर प्रधान पनि यसपटकको चुनावमा राप्रपाबाट उम्मेदवार छन् । उनी नवलपरासी–२ बाट उठेका छन् ।
त्यसैगरी सशस्त्र प्रहरीका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपाबाट काठमाडौं–४ मा उम्मेदवार छन् ।

जो जित्दा पनि संसद छिर्न पाउने छैनन्
नेपाली कांग्रेसबाट सुनसरी–३ बाट उम्मेद्वार बनेका विजय गच्छदार चुनाव जिते पनि संसद छिर्न पाउने छैनन् । उनी विरूद्धको भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।

अहिले १० लाख धरौटीमा छुटेका गच्छदार सांसद बनेको अवस्थामा पनि निलम्बनमै रहनेछन् । मुद्दाको किनारा नलागेसम्म न त उनले प्रधानमन्त्रीलाई विश्वासको मत माग्दा मतदान गर्न पाउने छन् न त कुनै कानुन बनाउँदा अथवा बजेट पास गर्दा भोट नै दिन पाउनेछन् ।

गच्छदारजस्तै भ्रष्टाचारको आरोप खेपिरहेका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री टेकबहादुर गुरूङले मनाङमा जीत हात पारेको अवस्थामा संंसद छिर्न पाउने छैनन् । उनीविरूद्ध पनि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

जसको नाम समानुपातिकको सूचीबाट हट्यो

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपतिकतर्फ दलहरूले बुझाएको सूचीबाट निर्वाचन आयोगले २ सय ३ जनाको नाम हटाएको छ ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेदवार रहेका प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारको नाम समेत हटेको छ । उनी लाभको पदमा भएका कारण नाम काटिएको हो ।

त्यस्तै, माओवादी केन्द्रका ३ जनाको नाम काटिएको छ । जसमध्ये उर्मिलादेवी कोइरनले दोहोरो उम्मेद्वारी दिएकी थिइन् । जनता समाजवादी पार्टीका दश जनाको नाम काटिँदा सर्पराज शाहीको उमेर २४ वर्ष भएका कारण नाम हटेको छ । प्रतिनिधि सभाको चुनाव लड्ने व्यक्ति २५ वर्ष पुगेको हुनुपर्छ ।

त्यस्तै, एकीकृत समाजवादीका ६ जनाको नाम हटेको छ । जसमध्ये एक उम्मेदवारले मतदाता नामावली र उम्मेदवारी दिँदा लैंगिक पहिचान फरक उल्लेख गरेकै कारण सूचीबाट हट्नुपरेको छ ।

बाबुको टिकट, छोरा उम्मेदवार

मुस्ताङमा नेपाली कांग्रेसले सभापति रोमी गौचन थकालीलाई प्रतिनिधि सभाको टिकट पठाएको थियो । सबैले गौचन चुनाव लड्ने आँकलन गरेका थिए । तर उनले उम्मेद्वारी दर्ता गर्ने बेला छोरा योगेश गौचनको नाम लेखेर उम्मेद्वारी दर्ता गर्न लगाए । २८ वर्षीय योगेश प्रतिनिधि सभातर्फ कांग्रेसबाट उठेका उम्मेदवारमध्ये कान्छा उम्मेद्वार बनेका छन्। – सेतो पाटीबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक