Connect with us
Advertisement

आज विश्व शौचालय दिवस

Published

on

विराटचोकः आज विश्वभर दशौँ शौचालय दिवस मनाइँदैछ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब भन्दा बढी मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

संगठनका अनुसार हरेक १० जनामध्ये १ जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष १ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ ।

नेपाललाई २०७६ साल असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तारकेश्वर मेयर रनिङ शिल्डमा ९ खेल

Published

on

काठमाडौंः तारकेश्वर नगरपालिकाको आयोजनामा आजदेखि शुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी गराए । दोस्रो संस्करणमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन थप गरिएको हो ।
प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा, तारकेश्वर नगरपालिकाका प्रमुख पदमबहादुर खत्रीले बताए ।
जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ स्वर्णका लागि खेल हुनेछ ।
टिम च्याम्पियनले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गत संस्करणको उपाधि हिमरश्मीले जितेको थियो ।
मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । खेल तारकेश्वर नगरपालिकाका विभिन्न स्थानका साथै एथलेटिक्सको ट्रयाक इभेन्ट भने हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा हुने भएको छ ।
Continue Reading

Banner

मन्त्री किरातीले सार्वजनिक गरे पालाम गीत ‘मिम्जिमा ए’

Published

on

काठमाडौंः मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ बिहीबार सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भीम लिम्बू र गायिका मनु नेम्वाङले स्वर दिएका छन् ।

पालाम सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । उनले गायक भीमसँगको पुरानो सम्बन्ध स्मरण गरे । उनले गीतसङ्गीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न आग्रह पनि गरे ।

गीतमा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बू, निरन्ता नेम्वाङ, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको सङ्कलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका छन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।

गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बू, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बू, कृष्ण सेनेहाङ, नवीन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् ।

तारेभीरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहीँ भेटघाटको क्रममा बसेको मायालाई देखाइएको गायक लिम्बूले जानकारी दिए ।
‘कला, संस्कृतिसँगै संस्कारलाई गीतको शब्द र भिडियोमार्फत् व्यक्त गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा भाषाविद् तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बू, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

Continue Reading

Banner

भुपेन्द्रलाई स्वर्ण

Published

on

दोस्रो एनटीए लिग तेक्वान्दोको बिहीबार उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङ

काठमाडौंः कञ्चनपुरका भुपेन्द्र ठकुरीले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । जुनियर पुरुष ४५ केजीमुनि फाइनलमा भुपेन्द्रले दिलिप स्मृतिका कैलाश थापालाई पराजित गरे ।

सिनियर पुरुष ५४ केजीमुनि ढल्कोका अर्पण लामा, ५८ केजीमुनि नेपाल आर्मीका रुमित राउत, ६३ केजीमुनि आर्मीका शुक्रबहादुर विक, ८७ केजीमाथि आर्मीका प्रतापबहादुर तामाङ, ८७ केजीमुनि आर्मीका मोहन तामाङ र ८० केजीमुनि आर्मीका सुवास केसीले पहिलो स्थान हात पारे ।

जुनियर पुरुष ४८ केजीमुनि दिलिप स्मृतिका सिसम श्रेष्ठ पहिलो भए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
संवाददाताः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक