Connect with us
Advertisement

नेपालको पासपोर्ट शक्तिशाली पासपोर्टको सूचीमा १०१ औँ स्थानमा

Published

on

विराटचोकः हेन्ली एण्ड पार्टनरले ‘अन अराइभल भिसा’ का आधारमा हालै सार्वजनिक गरेको विश्वका पासपोर्टको स्थान (र्याङकङि) मा नेपालको पासपोर्ट १०१ औं स्थानमा परेको छ ।
हेन्ली एण्ड पार्टनरले हरेक वर्ष विश्वका पासपोर्टको र्याङकङि गर्ने गर्छ । सन् २०१९ मा नेपाल अघिल्लो वर्ष झैँ १०१ औँ स्थानमा यथावत् रहेको हो । तर, नेपालको र्याङकङि यथावत् रहे पनि शक्ति भने घटेको छ । सन् २०१८ मा १०१ औँ स्थानमा नै रहे पनि ४० ओटा देशले नेपालको पासपोर्टलाई अन अराइभल भिसा दिने गर्थे । सन् २०१९ मा भने ३८ देशले मात्रै नेपालको पासपोर्टलाई मान्यता दिएका हुन् । अर्थात् नेपालको पासपोर्ट बोकेर संसारका ३८ ओटा देशमा मात्रै जान पाइन्छ ।
संसारका १९९ देशका पासपोर्टलाई समेटेर सो इन्डेक्स तयार पारिएको हो । सो इन्डेक्सका अनुसार सबैभन्दा शक्तिशाली पासपोर्ट भने जापान र सिंगापुरको रहेको छ । ती दुई देशका पासपोर्ट बोकेर संसारका १९० देशमा जान सकिन्छ । त्यस्तै, दोस्रो स्थानमा रहेका दक्षिण कोरिया, जर्मनी र फिनल्याण्डको पासपोर्टलाई १८८ देशले मान्यता दिएका छन् ।
तेस्रो स्थानमा रहेका डेनमार्क, लक्जम्वर्ग र इटलीलाई १८७ देशले मान्यता दिएका छन् । चौथो स्थानमा फ्रान्स, स्वीडेन र स्पेन, पाँचौँ स्थानमा अस्ट्रिया, नेदरल्याण्ड र पोर्चुगलका पासपोर्ट परेका छन् ।
छैटौं स्थानमा ८ ओटा देशका पासपोर्ट परेका छन् । नर्वे, स्वीटजरल्याण्ड, बेलायत, अमेरिका, बेल्जियम, क्यानडा, ग्रीस र आयरल्याण्ड परेका छन् । सातौँ स्थानमा चेक रिपब्लिक र माल्टा, आठौं स्थानमा न्युजिल्याण्ड, नवौँ स्थानमा अस्ट्रेलिया, लिथुनिया र स्लोभाकिया तथा दशौँ स्थानमा आइसल्याण्ड, हंगेरी, लाटभिया र स्लोभानियाका पासपोर्ट परेका छन् ।

यी हुन् नेपालको भन्दा कमजोर पासपोर्ट भएका देश
नेपालको भन्दा कमजोर पासपोर्ट भएका देश जम्मा ९ ओटा मात्रै छन् । सबैभन्दा कमजोर पासपोर्ट भने अफगानिस्तानको रहेको छ । अफगानिस्तानको पासपोर्ट नेपालको भन्दा ६ स्थान तल १०७ औं स्थानमा रहेको छ। अफगानिस्तानको पासपोर्ट बोकेर विश्वका २५ देशमात्र जान सकिन्छ । सबैभन्दा कमजोर पासपोर्टको सूची हेर्दा अफगानिस्तानपछि इराक देखिन्छ । इराकको पासपोर्टलाई २७ देशले मान्यता दिएका छन् । सिरियाको पासपोर्टलाई २९, सोमालिया र पाकिस्तानको पासपोर्टलाई ३१ तथा यमनको पासपोर्टलाई ३३ देशले मान्यता दिएका छन् । सुडान, लिबिया र प्यालेस्टाइनको पासपोर्टलाई ३७ देशले मान्यता दिएका छन् । यी पासपोर्ट नेपालको भन्दा कमजोर देखिएका छन् । छिमेकी राष्ट्र चीन ७२ औँ स्थानमा रहेको छ । ७१ देशमा चीनको पासपोर्टको पहुँच छ । ८२ औँ स्थानमा रहेको भारतलाई भने ५९ देशले अन अराइभल भिसा दिँदै आएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

Published

on

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएकाे छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

अनुसन्धान संस्था इसरोको स्पेस एप्लिकेशन सेन्टर, आईआईटी कानपुर, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया, जेट प्रोपल्सन ल्याबोरेटरी र आईआईटी–आईएसएम धनबादका वैज्ञानिकहरूले संयुक्त रूपमा यो अध्ययन गरेका खबरमा उल्लेख छ ।

अध्ययनले चन्द्रमाको दुवै ध्रुवमा हिउँको मात्रा पहिलेको अनुमानभन्दा बढी रहेको पत्ता लगाएको छ । इसरोका अनुसार चन्द्रमाको उत्तरी ध्रुवमा दक्षिण ध्रुवको तुलनामा दोब्बर बरफ छ । सतहबाट बरफ बाहिर निकाल्न सकेमा चन्द्रमामा पुग्ने मानिसहरू लामो समयसम्म त्यहाँ रहन सक्ने भन्दै इसरोले यसबाट विश्वका धेरै अन्तरिक्ष एजेन्सीहरू लाभान्वित हुने बताएको छ ।

Continue Reading

Banner

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

Published

on

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
 
 
 
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको छ ।
 
 
 
पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
Continue Reading

Banner

मिक्लाजुङमा शिशुको हत्या, आमा पक्राउ

Published

on

मिक्लाजुङमा शिशुको हत्या, आमा पक्राउ
मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा शिशुकी आमा पक्राउ परेकी हुन् । शिशुका बाबु भने पत्ता नलागेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको जनाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईलाई सोमबार साँझ पक्राउ गरिएको हो । प्रहरीका अनुसार अस्मिताले शिशु जन्माएर हत्या गरी फ्यालेको जानकारी उनले दिएकी छन् । पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी उनले छोरा जन्माएर हत्या गरेको प्रहरीको भनाइ छ ।
डीएसपी बस्नेतका अनुसार घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको खुलेको छ। त्यसपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा सोमबार साँझ शिशुको शव फेला परेको उनले भनाइ छ ।
जन्माएर शिशुको हत्या गरी घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए । सोधपुछ गर्ने क्रममा जन्माएर शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटनास्थल पुगेको प्रहरीले शव बरामद गरेर अस्मितालाई पक्राउ गरेको हो । कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको डीएसपी बस्नेतले बताएका छन्।
उनका अनुसार सुत्केरी अवस्थाकी अस्मितालाई नियन्त्रणमा लिएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अस्मिताको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले दिएको किटानी जाहेरीका आधारमा उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । उनीविरुद्ध मंगलबार जाहेरी परेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले अनुसन्धान गर्ने छ ।
शिशुको हत्यामा संलग्न आमा उपचाररत रहेका कारण घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको बस्नेतले बताएका छन्। ‘आमालाई उपचारका लागि भर्ना गरिएको छ । घटनाका बारेमा धेरै कुरा बुझ्न र सोधपुछ गर्न पाइएको छैन,’ डीएसपी बस्नेतले भने, ‘अस्पतालले डिस्चार्ज दिएपछि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने छ । अनुसन्धानपछि घटनाका सम्बन्धमा थप प्रष्ट हुन्छ ।’
अस्मिताका श्रीमान भने वैदेशिक रोजगारीका क्रममा १ वर्षदेखि कतारमा रहेको प्रहरीको भनाइ छ । पति विदेशमा भएका बेला परपुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्माएर हत्या गरी शव फ्यालेको पाइएको बस्नेतको भनाइ छ ।
उनका अनुसार शिशुको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने उनले बताएका छन्।
स्रोत : फाइलफोटो / सम्झना राई
May be a black-and-white image of 1 person, baby and smiling
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक