Connect with us
Advertisement

भवन बनाउने ठेकेदार ढुङ्गा साेलिङ गरेर बेपत्ता, ५ करोडकाे याेजना अलपत्र

Published

on

सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण  सुरु गर्दागर्दै ठेक्का पाएकाे कम्पनी गायव भएकाे छ । यसले गर्दा समयमै निर्माण सम्पन्न नहुने देखिएकाे छ । करिब २ वर्षदेखि अलपत्र परेको निर्माणाधिन भवनकाे जग्गा सम्याएर ढुङ्गा साेलिङ गरेपछि निर्माण राेकिएकाे हाे  । ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भी ले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो । हाल नगरपालिका भने भाडाकाे घरबाट सेवा प्रवाह गर्दै आइरहेकाे छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार उक्त कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो नदेखाएकाे हाे  । अधिकृत खनालले भने  ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।’  वडा नम्बर ३ मुढेशनिश्चरेमा कुल ५ करोड २६ लाख ६१ हजार ५ सय ८३ रुपैँयामा भवन निर्माण गर्ने ठेक्का पारेकाे थियाे ।  सम्झाैता अनुसार  कम्पनीले  २०७८ पौष २८ गते बाट सुरु गरेर  २०८० पुष २८   भित्र निर्माण कार्य सम्पन्न गर्ने उल्लेख रहेकाे छ ।
सम्झाैताकाे म्याद सकिन लाग्दा पनि भवन निर्माण कार्यकाे थालनी सम्म नभएकाे अवस्था रहेकाे छ  । जिल्लाको १० वटा स्थानीय तह मध्ये अधिकांश पालिकाको आ–आफ्नै भवन छ तर  स्थानीय तहको पहिलो पाँच वर्षे कार्यकाल सकिएर यतिका बेला आइसक्दा पनि अघिल्लो सरकारको उदासिनता र ठेकेदारको लापरवाहीले नगरको आफ्नै भवन नबन्दा सेवाग्राही चिन्तित भएको स्थानीयबासी छिरिङ् शेर्पाले बताए ।
स्थानीय कामदार पेमदोर्ची शेर्पाका अनुसार उक्त ठेकेदारले जेजति काम भएकाे छ त्यसकाे समेत काम लगाएर भुक्तानी नदिँदा आफु मारमा परेको समेत बताए । कम्पनीलाई फोन गर्दा सम्पर्कनै हुँदैन शेर्पाले भने । ठेकेदारको चरम लापर्वाहीका कारण भवन नबन्दा अहिले कार्यालय भाडाको कोठाबाट संचालित छ ।
साँगुरो र अब्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा समस्या हुने गरेकाे वडा नं ३ का वडाअध्यक्ष श्यामबहादुर पौडेलले बताए । नगरपालिकाका मेयर उदयचन्द्र पौडेलले भवन निर्माणको सम्झौता अघिल्लो सरकारको पालोमा भएपनि आफू निर्वाचित भएर आएपछि पटक–पटक सम्पर्क गर्दा पनि सम्झाैता गर्ने कम्पनी सम्पर्कमा नआएकोले अब कानुन बमोजिम कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको बताए ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक