विश्वकप फुटबल
नेपालको विश्वकप यात्राका रोचक प्रसङ्ग
विश्वकप फुटबल प्रतियोगितामा सहभागिता सबै राष्ट्रको सपना हुने गर्छ तर यो ‘कठिन यात्रा’ थोरै राष्ट्रले मात्र पार गर्न सक्छन् । अवसर भने सबै फिफा सदस्य राष्ट्रले पाउँछन् नै । नेपालले पनि विश्वकप पुग्न ३६ वर्ष अगाडि देखि प्रयास गरिरहेकै छ । यसमा नेपाल दोस्रो चरणभन्दा अगाडि पुग्न सकेको छैन ।
साढे तीन दशकको यो यात्राका बीचमा दुई विश्वकप छनोटमा सहभागी नभएको नेपालले भाग लिएका खेलहरूमा भने अनेक इतिहास बनाउँदै आएको देखिन्छ ।
सन् १९८६ – आफ्नै घरबाट
लामो फुटबल इतिहास भए पनि नेपालले विश्वकप छनोट खेलको शुरुआत १९८६ को विश्वकप छनोटबाट मात्र ग¥यो, त्यो पनि आफ्नै घरेलु मैदान दशरथ रङ्गशालाबाट ।
वास्तवमै भन्ने हो भने १९८६ को विश्वकप यस्तो संस्करण हो, जहाँबाट नेपालीहरूलाई विश्वकप फुटबलको लत लाग्यो । यसै संस्करणका बेला नेपालमा टेलिभिजनको युग शुरु भएको थियो र नेपालीहरूले विश्वकप फुटबल हेरेर मज्जा लिएका थिए ।
म्याराडोनाको अर्जेन्टिनाले विश्वकप जितेको सो विश्वकप हेरेपछि नेपालमा आर्जेन्टिनाको प्रशंसकहरूको जरा गडेको थियो, जुन प्रभाव अहिलेसम्म पनि देख्न सकिन्छ ।
विश्वकप छनोटमा नेपालको समूहमा दक्षिण कोरिया र मलेसिया थिए । दक्षिण कोरियासँग ठूलो अन्तरले हार्ने अनुमान गरिएको थियो । खेल्नु अगाडि एक नेपाली पत्रिकामा नेपालका सबै खेलाडीहरू गोलपोष्टमा बल रोक्न थुप्रिएको कार्टुन नै छापिएको थियो ।
तर रुपकराज शर्माको ‘गोल्डेन जेनेरेशन’ टोली भनेर चिनिएको नेपाली टोलीले दक्षिण कोरियालाई २–० मै रोक्यो । त्यो पनि एक गोल पेनाल्टीमा र अर्को आत्मघाती गोल भएको थियो । अनि मलेसियालाई त नेपालले गोलरहित बराबरी मै रोकिदियो ।
जित्न नसके पनि त्यो एक अंक नेपालको लागि विश्वकपमा पाएको सुखद शुरुआती अंक थियो । स्ट्राइकर ज्ञानीराजा श्रेष्ठले गोलको एउटा राम्रो अवसर गुमाएका थिए ।
त्यसपछि प्रतिस्पर्धीको मैदानमा खेलिने ‘अवे’ खेलमा भने नेपाल दक्षिण कोरियासँग ४–० र मलेसियासँग ५–० ले हार्न पुग्यो । दक्षिण कोरिया उक्त समूहबाट पहिलो पटक विश्वकपमा छनोट भयो । र त्यसबेला देखि ऊ नियमित रुपमा विश्वकपमा छनोट हुँदै आएको छ ।
स्मरणीय कुरा के छ भने त्यही दक्षिण कोरियालाई च्याम्पियन आर्जेन्टिनाले विश्वकपमा मुस्किलले ३–२ ले पराजित गरेको थियो ।
सन् १९९० – गोलको वर्षा
सन् १९९० को इटली विश्वकप प्रतियोगिताका निम्ति भएका छनोट खेलहरूमा नेपाल गणेश थापाको नेतृत्वमा उत्रिएको थियो । प्रतिद्वन्द्वीहरू थिए उही दक्षिण कोरिया र मलेसिया । त्यसमा थपिएको थियो सिंगापुर ।
‘होम एण्ड अवे’ गरी खेलिएको ६ खेलमा नेपालले कुल २८ गोल खान पुग्यो, नेपालले विश्वकप छनोटमा अहिलेसम्म खाएको सर्वाधिक गोल थियो त्यो ।
विश्वकपको महाकुम्भमा अभ्यस्त हुन तम्तयार हुन थालेको नेपाली टोली दक्षिण कोरियासँग ९–० र ४–०, मलेसियासँग २–० र ३–० तथा सिंगापुरसँग ३–० र ७–० ले पराजित हुन पुगेको थियो ।
सन् १९९४ – राजनीतिक असर
सन् १९९४ को विश्वकप छनोटमा नेपालले भाग लिएन । कारण थियो नेपालमा भएको राजनीतिक परिवर्तन र त्यसको अखिल नेपाल फुटबल संघमा परेको असर ।
वि.सं. २०४६ सालमा प्रजातन्त्रको प्राप्ति भएपछि खेलकुद क्षेत्र अलमलको स्थितिमा थियो । लामो समय पञ्चायती शासनमा अभ्यस्त खेलकुद त्यसको केही समय त झन्डै निष्क्रिय जस्तै बन्न पुगेको थियो । त्यसबेला एन्फामा आदित्यध्वज जोशी अध्यक्ष थिए । बहुदल प्राप्तिको यही अलमलमा एन्फाले विश्वकप छनोटमा नाम लेखाउन चुक्यो ।
सन् १९९८– चर्चा खेलभन्दा खेलाडीको
जापान र ओमानमा खेलिएको उक्त विश्वकप छनोटमा नेपालको प्रदर्शनभन्दा पनि चार नेपाली खेलाडीहरू जापानमा पलायन भएको घटनाले चर्चित बन्यो ।
जापानमा खेलिएको दोस्रो चरणका खेलका बेला खेलाडीहरू नरेन्द्र श्रेष्ठ, बबिन विष्ट, शौगेश श्रेष्ठ र राजेश थापा त्यहीँ लुके । त्यो अन्तर्राष्ट्रिय समाचारको विषय बन्यो । एन्फाका तत्कालीन महासचिव लोकबहादुर शाहीले ती खेलाडीहरूलाई पातालबाट खोजेर ल्याउँछु भन्ने चर्चित अभिव्यक्ति दिए । खेलाडीहरू खोज्न टिम मेनेजर कृष्णभक्त मानन्धर एक महिना जापानमै बसे । तर खेलाडीहरू फेला परेनन् ।
नेपालको नतिजा भने सन्तोषजनक नै थियो । त्यही छनोटमा नेपालले पहिलो पटक गोलको खाता खोल्यो ।
ओमानमा खेलिएको खेलमा नेपालले मकाउसँग १–१ को बराबरी गर्दा स्ट्राइकर हरि खड्काले नेपालको लागि पहिलो गोल गरे ।
जापानमा खेलिएको दोस्रो लेगमा नेपाल–मकाउको खेल १–१ कै नतिजामा टुंगिएको थियो । त्यसमा नेपालबाट गोल गर्ने खेलाडी थिए दीपक अमात्य ।
उक्त विश्वकप छनोटको अर्को विशेषता के रह्यो भने नेपालकै समूहमा रहेको जापानले पहिलो पटक विश्वकपमा खेल्यो र जापानको त्यो क्रम अहिलेसम्म जारी नै छ ।
सन् २००२– दुई जीत, एक ह्याट्रिक, १३ गोल
सन् २००२ को विश्वकप छनोट प्रतियोगिताका थुप्रै पटकथाहरू छन् । यो यस्तो छनोट प्रतिस्पर्धा थियो, जतिखेर संघ विभाजित थियो, खेलाडीहरू विभाजित थिए, सहभागितामा नै अन्योलमा थियो । तर जब नेपाल मैदानमा उत्रियो, खेलाडीहरूले ऐतिहासिक प्रदर्शन गरे । २ जीत, एक ह्याट्रिक सहित १३ गोल गरेर अहिलेसम्मकै उपलब्धिपूर्ण नतिजा लिएर टोली फर्कियो ।
त्यतिबेला गीता राणा र गणेश थापाको नाममा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई एन्फा अस्तित्वमा थिए । छनोट खेल्न दुई संघको फरक फरक टोली फरक स्थानमा प्रशिक्षण गरिरहेका थिए । तर सहभागिता भने अन्योलमै थियो ।
तत्कालीन राखेप सदस्य सचिव विनोद शंकर पलिखेले दुवै संघलाई सहमतिमा ल्याएर राखेपकै पहलमा एउटै टिम बनाएपछि नेपालको सहभागिता सम्भव भयो ।
इराकी मैदानमा इराकविरुद्ध गोल गरेर खेलको शुरुआत गरेको नेपालले मकाउविरुद्ध ४–१ को जीत निकाल्यो । यो विश्वकप छनोटमा नेपालको पहिलो जीत थियो ।
कजाकिस्तानमा खेलिएको अवे खेलमा मकाउलाई नेपालले ६–१ ले हरायो । निराजन रायमाझीले उक्त खेलमा ह्याट्रिक गरेर इतिहास रचे । खेलेको कुल ६ खेलमा रायमाझी एक्लैले ७ गोल गरे । उनी एशियाली छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीमा सातौँ नम्बरमा परेका थिए ।
नेपालबाट रायमाझीको ७ गोलका अतिरिक्त हरि खड्का र वसन्त थापाले २–२ गोल तथा बालगोपाल महर्जन र दीपक लामाले १–१ गोल गरेका थिए ।
इराक विरुद्ध ४–२ को हारमा त नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । एक इराकी पत्रकारले ‘कजाकिस्तानलाई छनोट गराउन इराक विरुद्धमात्र राम्ररी खेलेको हो ?’ भनी प्रश्न समेत गरेका थिए ।
बिना प्रशिक्षणको यो उपलब्धि खेलाडीहरूको लागि पनि सपना सरह नै थियो । सन् २००२ को विश्वकपका निम्ति भएको छनोट खेलका बेला ४ नेपाली खेलाडी जापानमै भागेका थिए ।
सन् २००६ – डरले गुमेको अवसर
यो विश्वकप छनोटमा नेपालले भाग लिएन । दोस्रो पटक यस्तो भयो । यसको कारण पनि अनौठो थियो । नेपालको पहिलो प्ले अफ खेल गुआमसँग थियो । नेपालले सहभागिताको लागि टिम दर्ता पनि गरिसकेको थियो ।
तर विश्वकप छनोट खेल्न जानु ६ महिना अगाडि दक्षिण कोरियामा भएको एशियन कप छनोटमा एउटा घटना भयो । छनोट खेल्न गएका तीन खेलाडीहरू नारायण मानन्धर, शुक्र तामाङ र दीपक लामा कोरियामा नै लुके ।
खेलाडी पलायन र त्यसैको कारण दक्षिण कोरियासँग १६–० गोलको इतिहासकै ठूलो अन्तरको हार बेहोरेर नेपाली टोली फर्किएको थियो ।
यो घटनाको असर विश्वकप छनोटको सहभागितामा पर्न गयो । किनभने गुआम अमेरिकाको अधीनमा रहेको राष्ट्र थियो र त्यहाँ जान अमेरिकाको भिसा लगाउनुपथ्र्यो ।
कोरियामा जसरी अमेरिकाको भिसा लागेका खेलाडीहरू पनि पक्कै भाग्नेछन् भन्ने डर एन्फा पदाधिकारीहरूमा देखियो । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा थिए ।
त्यसैले दर्ता गरिसकेको नेपालले प्रतियोगिताबाट नाम झिक्यो । बरु त्यसको लागि १० हजार डलर जरिवाना तिर्नुप¥यो । यसमा विशेष कुरा के रह्यो भने गुआमले पनि प्रतियोगिताबाट नाम झिक्यो । दुवै टिमले नाम फिर्ता लिएपछि पहिलो चरणमा पराजित भए पनि लाओसको दोस्रो चरणमा पुग्ने भाग्य जु¥यो ।
सन् २०१० – कालो झण्डा र म्याच मिलेमतोको आरोप
विश्वकप छनोटको प्रणाली फेरिएको थियो । समूह चरणमा पुग्नुअगावै प्ले अफ चरण पार गर्नुपर्ने प्रणाली थियो । प्ले अफ खेलमा नेपालको प्रतिद्वन्द्वी ओमान थियो । होम एन्ड अवे को प्ले अफमा जब नेपालले दशरथ रङ्गशालामा ओमानलाई निम्तो दियो नेपाली फुटबलको वातावरण बेग्लै थियो ।
एन्फा नेतृत्वविरुद्ध एक समूह सक्रिय भइरहेको थियो । खेलको बेलामा उनीहरूले रङ्गशालामा कालो झण्डा देखाए । खेलमा भने नेपालले राम्रो प्रदर्शन ग¥यो । बलियो मानिएको ओमानसँग २–० ले मात्र पराजित भयो । नेपाली प्रशिक्षक श्याम थापाको प्रशंसा भयो । खेलपछिको पत्रकार सम्मेलनमा एक जनाले ‘के यो म्याच फिक्स थियो ?’ भनी प्रश्न गरे । जवाफमा भद्र छवि भएका प्रशिक्षक थापा निकै बेर रिसाएका थिए ।
सन् २०१४ – ह्याट्रिक अनि वर्षा
नेपालले घरेलु भूमिमा विश्वकप छनोटको पूर्ण मज्जा लिएको थियो २०१४ को विश्वकप छनोटमा । प्ले अफको शुरुआतमा नेपालको प्रतिद्वन्द्वी टिमोर लिस्टे थियो । दशरथ रङ्गशालामा भएको सो खेलमा भरत खवासको शानदार ह्याट्रिकमा नेपालले ५–१ ले खेल जित्यो । त्यसपछि दोस्रो राउण्डमा नेपालको भेट जोर्डनसँग भयो ।
जोर्डनसँग नेपाल ९–० ले हार्दै फराकिलो स्कोर लिएर फर्केको थियो । तर नेपालमा निम्तो दिँदा भने स्थिति गजबको बन्यो । भरिभराउ दर्शक अनि भारी वर्षाको बीच रङ्गशालामा नेपालले जोर्डनलाई १ –१ को बराबरीमा रोक्यो ।
भरत खवासले नेपालको लागि गोल गरे । सन्तोष शाहुखलले डि बक्स भित्रको एउटा उत्कृष्ट अवसर गुमाउँदा नेपालको जीतको मौका गुमेको थियो । कतिपयले अहिले पनि नेपालले पानी परेको बेला राम्रो खेल्छ भनेर यो खेललाई सम्झिने गर्छन् ।
सन् २०१८– एक्रिडिसन कार्ड हराउँदा
खेलको हिसाबले सन् २०१८ को छनोट प्रभावी भएन । प्ले अफमा नेपालको प्रतिद्वन्द्वी भारत थियो । गुवाहटीमा भएको खेलमा नेपाल भारतसँग २–० ले पराजित भयो भने नेपालमा भएको खेल गोल रहित बराबरीमा टुंगिएपछि नेपालको यात्रा समाप्त भयो । तर एउटा घटना भने रोचक बन्न पुग्यो ।
गुवाहटीमा खेलेर कोलकता हुँदै नेपाल फर्किने बेलामा एयरपोर्ट पुगेपछि थाहा भयो सबै खेलाडीहरूको एक्रिडिसन कार्ड ट्याक्सीमा छुटेछ । त्यसको तीन दिनपछि नेपालमा भारतसँग होम म्याच थियो र त्यसको लागि कार्ड अनिवार्य हुन्थ्यो । कार्ड खोज्न मेनेजर रमेश रायमाझी र अफिसियल सुदर्शन देवकोटा कोलकातामै बसे । उनीहरूले ट्याक्सीको नम्बर पत्ता लगाएर दुई दिन दुई रात खोजेर कोलकतामा कार्ड खोजेरै ल्याउन सफल भए ।
कार्ड हराउनु समस्या थिएन – एएफसीले अर्को बनाइदिन्थ्यो । तर त्यसको लागि प्रत्येक कार्डको १२ सय डलर तिर्नुपथ्र्याे । जुन ३० जना खेलाडी र अफिसियलको गरी ३६ हजार डलर हुन्थ्यो । अर्थात् त्यतिबेलाको ३५ लाख रुपैयाँ भन्दा बढी ।
सन् २०२२ कतार विश्वकप
सन् २०२२ को विश्वकप छनोटका पनि थुप्रै कथाहरू छन् । तर विशेषतः दुई कारणले यसलाई स्मरण गरिन्छ । एउटा कोभिडको असर र अर्को रङ्गशाला पुनर्निर्माणको काम पूरा नभएको हुँदा नेपालमा खेल आयोजना नहुनु ।
एशियाली वरियतामा उत्कृष्ट ३४ भित्र परेकोले प्ले अफ नखेली नेपाल सिधै विश्वकप छनोट २०२२ को दोस्रो चरणमा पुगेको थियो । नेपालको समूहमा अस्ट्रेलिया, कुवेत र चाइनिज ताइपेई थिए ।
तालिका अनुसार नेपालले पहिले ‘होम म्याच’को आयोजना गर्नु थियो र अस्ट्रेलियालाई पहिलो पटक रङ्गशालामा निम्त्याउने अवसर थियो । तर १३ औँ दक्षिण एशियाली खेलकुदको लागि रङ्गशाला मर्मत भइरहेकोले नेपालले पहिले अवे म्याच खेल्न एएफसीलाई अनुरोध ग¥यो ।
अस्ट्रेलिया, कुवेत अनि चाइनिज ताइपेईमा अवे म्याच खेलेर फर्केपछि अब पालो नेपालको थियो । तर मर्मतकै क्रममा रहेको रङ्गशाला विश्वकप छनोटको लागि योग्य नभएको एएफसीले बताएपछि नेपालले कुवेत विरुद्धको खेल भुटानलाई तटस्थ भूमि मानेर खेल्नुप¥यो । बाँकी दुई खेलको लागि रङ्गशाला तयार हुँदै थियो ।
तर विश्वव्यापी रूपमा कोभिड–१९ भाइरस संक्रमण फैलिएको कारण एएफसीले बाँकी खेल कुवेतमा लगेर आयोजना गरिदियो । लामो समय लगाएर तयार भएको दशरथ रङ्गशालाको हरियो घाँसमा आखिरमा विश्वकप छनोटको कुनै खेल भएन ।
चाइनिज ताइपेईलाई उसकै गृहमैदानमा गएर २–० ले पराजित गर्नु उक्त छनोटको मुख्य विशेषता रह्यो । दुवै गोल अञ्जन विष्टले गरेका थिए ।
अब सन् २०२६
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २०२६ विश्वकपको लागि सन् २०२३ देखि छनोट प्रतियोगिता शुरु हुनेछ ।
नेपालले २०२३ को सेप्टेम्बरमा खेल्ने पक्का भइसकेको छ । कुन कुन प्रतिद्वन्द्वीसँग खेल्ने हो भन्ने चाहिँ थाहा भइसकेको छैन ।– बीबीसीबाट
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login