शेयर
नयाँ सरकारलाई शेयर बजारको हरियो झण्डा, ३ प्रतिशतभन्दा बढीले नेप्से बढ्दा टेलिकमको भाउ घट्यो
विराटचोकः नवनियुक्त प्रधानमन्त्रीलगायतका केही मन्त्रीले शपथ ग्रहण गर्ने दिन शेयर बजार झण्डै ५७ अंकले बढेको छ । नेकपा एकालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने खबरले शेयर लगानीकर्ता झन् उत्साहित भएको अनुमान गरिएको छ । लगानीकर्ताले रुचाएका अर्थमन्त्रीमा पर्छन् पौडेल ।
बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार ५६ दशमलव ८८ अंकले बढेर नेप्से परिसूचक १९२४ दशमलव ०९ को बिन्दुमा रोकिएको छ । समग्रमा बजार ३ दशमलव ०५ प्रतिशतले बढेको हो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३८ अंकले बढेर ३७५ दशमलव ४४ को बिन्दुमा पुगेको छ । सो इन्डेक्स २ दशमलव २८ प्रतिशतले उकालो लागेको हो ।
लामो समयपछि २ अर्बभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा उपसमूहमा हरियाली छाएको छ । नेपाल टेलिकम समेटिएको अन्य समूहमा भने गिरावट आएको छ । सो समूह २ दशमलव २९ प्रतिशतले ओरालो लागेको हो ।

आज वित्त समूह सर्वाधिक ६ दशमलव ५२ प्रतिशतले उकालो लागेको छ । जलविद्युत समूह ५ दशमलव १६ प्रतिशतले बढ्दा विकास बैंक समूह ४ दशमलव ६६ प्रतिशत र लगानी समूह ४ दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।
निर्जीवन बीमा समूह ३ दशमलव ४८ प्रतिशत, बैंकिङ समूह ३ दशमलव ३५ प्रतिशत, व्यापार समूह ३ दशमलव १३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ८६ प्रतिशतले बढेका छन् ।
लघुवित्त समूह २ दशमलव ८० प्रतिशत, जीवन बीमा समूह २ दशमलव ७८ प्रतिशत, होटल तथा पर्यटन समूह २ दशमलव २८ प्रतिशत र सामुहिक लगानी कोष समूह १ दशमलव ८२ प्रतिशतले बढेका छन् ।
आज अन्य समूहमात्रै २.२९ प्रतिशतले ओरालो लागेको छ ।
नेप्सेमा सूचीकृतमध्ये २ सय ५० कम्पनीका ५६ लाख ५३ हजार ५३ कित्ता शेयर ३८ हजार ५ सय ५३ पटक किनबेच हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९ सय ४१ रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै मूल्य घटेको नेपाल टेलिकमको सर्वाधिक २० करोड ८८ लाख ७ हजार २ सय ४४ रुपैयाँको कारोबार भएको छ । हिमालय डिस्टिलरी, नबिल बैंक, रिडी पावर र एनआईसी एशिया बैंक उच्च कारोबार गर्ने ५ कम्पनीमा परेका छन् ।
आज १२ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स र समृद्धि फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
नेपाल टेलिकमको शेयरमूल्य ५ दशमलव ५६ प्रतिशतले ओरालो लागेको छ । मूल्य घट्ने अन्य कम्पनीमा सिवाईसी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र केही सामुहिक लगानी कोषहरु छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण २७ खर्ब ८२ अर्ब २७ करोड १ लाख ४१ हजार १ सय ३७ रुपैयाँ कायम भएको छ ।

Facebook Comment
Banner
सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
Banner
टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत
अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।
यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।
साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।
Banner
डिजेल र मट्टितेलको मूल्य बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ बढाएको छ भने हवाई इन्धनको घटाएको छ । डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढेको हो ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटेको छ । अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३६ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ३८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३९ रूपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ सय २८ रूपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाण्डौमा अमेरिकी डलर ९ सय ६६, पोखरामा ७ सय ४५ र भैरहवामा ७ सय ३३ तोकिएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login