Connect with us
Advertisement

नयाँ सरकारलाई शेयर बजारको हरियो झण्डा, ३ प्रतिशतभन्दा बढीले नेप्से बढ्दा टेलिकमको भाउ घट्यो

Published

on

विराटचोकः नवनियुक्त प्रधानमन्त्रीलगायतका केही मन्त्रीले शपथ ग्रहण गर्ने दिन शेयर बजार झण्डै ५७ अंकले बढेको छ । नेकपा एकालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने खबरले शेयर लगानीकर्ता झन् उत्साहित भएको अनुमान गरिएको छ । लगानीकर्ताले रुचाएका अर्थमन्त्रीमा पर्छन् पौडेल ।

बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार ५६ दशमलव ८८ अंकले बढेर नेप्से परिसूचक १९२४ दशमलव ०९ को बिन्दुमा रोकिएको छ । समग्रमा बजार ३ दशमलव ०५ प्रतिशतले बढेको हो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३८ अंकले बढेर ३७५ दशमलव ४४ को बिन्दुमा पुगेको छ । सो इन्डेक्स २ दशमलव २८ प्रतिशतले उकालो लागेको हो ।

लामो समयपछि २ अर्बभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा उपसमूहमा हरियाली छाएको छ । नेपाल टेलिकम समेटिएको अन्य समूहमा भने गिरावट आएको छ । सो समूह २ दशमलव २९ प्रतिशतले ओरालो लागेको हो ।

आज वित्त समूह सर्वाधिक ६ दशमलव ५२ प्रतिशतले उकालो लागेको छ । जलविद्युत समूह ५ दशमलव १६ प्रतिशतले बढ्दा विकास बैंक समूह ४ दशमलव ६६ प्रतिशत र लगानी समूह ४ दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।

निर्जीवन बीमा समूह ३ दशमलव ४८ प्रतिशत, बैंकिङ समूह ३ दशमलव ३५ प्रतिशत, व्यापार समूह ३ दशमलव १३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ८६ प्रतिशतले बढेका छन् ।

लघुवित्त समूह २ दशमलव ८० प्रतिशत, जीवन बीमा समूह २ दशमलव ७८ प्रतिशत, होटल तथा पर्यटन समूह २ दशमलव २८ प्रतिशत र सामुहिक लगानी कोष समूह १ दशमलव ८२ प्रतिशतले बढेका छन् ।

आज अन्य समूहमात्रै २.२९ प्रतिशतले ओरालो लागेको छ ।

नेप्सेमा सूचीकृतमध्ये २ सय ५० कम्पनीका ५६ लाख ५३ हजार ५३ कित्ता शेयर ३८ हजार ५ सय ५३ पटक किनबेच हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९ सय ४१ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै मूल्य घटेको नेपाल टेलिकमको सर्वाधिक २० करोड ८८ लाख ७ हजार २ सय ४४ रुपैयाँको कारोबार भएको छ । हिमालय डिस्टिलरी, नबिल बैंक, रिडी पावर र एनआईसी एशिया बैंक उच्च कारोबार गर्ने ५ कम्पनीमा परेका छन् ।

आज १२ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स र समृद्धि फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल टेलिकमको शेयरमूल्य ५ दशमलव ५६ प्रतिशतले ओरालो लागेको छ । मूल्य घट्ने अन्य कम्पनीमा सिवाईसी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र केही सामुहिक लगानी कोषहरु छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण २७ खर्ब ८२ अर्ब २७ करोड १ लाख ४१ हजार १ सय ३७ रुपैयाँ कायम भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक