Connect with us
Advertisement

पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले ताला लगाए, मातृ पार्टीलाई थाहै छैन

Published

on

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँको केन्द्रीय कार्यालयमा गत मंसिर १ गतेदेखि प्राध्यापक संघले लगाएको तालाबन्दी यथावत् छ । त्यसको १ महिनापछि यही पुस ४ गते विद्यार्थी संगठनले ताला लगाए । तर, तालाबन्दीको जानकारी उनीहरुले माउ पार्टीलाई दिएनन् ।

पुस ३ गते २४ घण्टे अल्टिमेटम दिँदै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ति निकाले । ४ सूत्रीय माग राखेर २४ घण्टे अल्टिमेटम दिएका उनीहरुले आफ्ना माग पूरा नभएको भन्दै भोलिपल्ट पुस ४ गतेदेखि तालाबन्दी गरे । आफ्ना माग राखिएको र तालाबन्दी गरिएको बारेमा भने उनीहरुले आफ्ना आस्थावान दलमा यसबारेमा जानकारी नै गरेनन् ।

तालाबन्दीको बारेमा आफूले ४ दिनअघि थाहा पाएको नेपाली कांग्रेस सुन्दरहरैंचाका सभापति भक्तिप्रसाद सिटौलाले बताए । सिटौला पूर्वाञ्चल विश्वविद्यालय रहेको सुन्दरहरैंचाको वडा नम्बर ७ का बासिन्दा हुन् । आफन्तमार्फत् तालाबन्दीको बारेमा ४ दिन अघि थाहा पाएको सिटौलाले बताए ।

नेकपा माओवादी केन्द्र सुन्दरहरैंचाका अध्यक्ष दुष्यान्त भट्टराईले पनि तालाबन्दीको बारेमा आफूले ४ दिनअघि मात्रै थाहा पाएको बताए । विद्यार्थी नेतृत्वले आवश्यक नठानेर जानकारी नदिएको हुन सक्ने बताउँदै उनले अब वार्ताको माध्यमबाट समस्याको समाधान हुने बताए ।

नेकपा एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृकाप्रसाद ढकालले तालाबन्दीको जानकारी आफूले आज बिहान मात्रै पाएको बताए । पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थीको संगठन निर्माण भर्खरै हुँदै गरेको र मातृ पार्टीलाई जानकारी दिनुपर्छ भन्ने अज्ञानताले आफूकहाँ जानकारी नआएको हुन सक्ने उनको भनाइ थियो ।

विद्यार्थीले ताला लगाउनुअघि प्राध्यापक संघले ताला लगाएको थियो । सो विषय पनि कसैलाई जानकारी नभएको पाइयो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ पनि तालाबन्दीको विषयमा आफूलाई कसैले जानकारी नै नदिएको बताउँछन् । केही दिनअघि यो विषय आफूले थाहा पाएको र अप्रत्यक्ष रुपमा घटनाको बारेमा जानकारी लिने काम भइरहेको उनले बताए ।

विश्वविद्यालय रहेको वडा सुन्दरहरैंचा–७ का वडाध्यक्ष भुवनसिंह मगर मात्रै होइन अधिकांश समाजका अगुवा व्यक्ति विश्वविद्यालयमा भएको तालाबन्दीको बारेमा अनभिज्ञ रहेको पाइयो ।

नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्य आफूले तालाबन्दीको विषयमा कुनै जानकारी नपाएको बताए । वार्ताको माध्यमबाट समाधान खोजिनुपर्ने मान्यतामा एकीकृत समाजवादी रहेको उनले प्रष्ट्याए ।

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दीः महिना दिनसम्म सबै बेखबर

पूर्वाञ्चल विश्वविद्यालयमा माघ १ देखि ९ बजेदेखि ५ बजेसम्म सेवा सञ्चालन हुने

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

Published

on

गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ ।   मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनुभयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

Continue Reading

Banner

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरियो

Published

on

 युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे।

जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो। गएराति नै भएका अन्य खेलमा मार्से, रोमा र लेभरकुजनले पनि अन्तिम चारमा स्थान बनाए। मार्सेले बेनफिकालाई १–० ले हराएपछि २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो।

रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को जित निकालयो। यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को जित दर्ता गर्‍यो।

Continue Reading

Banner

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो

Published

on

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक