Connect with us
Advertisement

के हामी नेपाल आमाका सन्तान होइनौँ ?

Published

on

नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा बीडीएस अध्ययनरत सुषमा गुरुङले तमु ल्होसार मनाउन नपाएको सरासर ४ साल भयो । सोही कलेजमा अध्ययनरत इलामकी प्रिया तामाङले बाल्यकालमा परिवारका साथ मनाएको सोनाम ल्होसारको रौनकको सम्झना मनमा सजाएरै चित्त बुझाउँछिन् ।

काठमाडौं बौद्धकी कञ्चन तामाङको परिवार सामुहिक सोनाम ल्होसार मनाउन टँुडिखेलमा वर्षेनी जान्छ । तर कञ्चन जान नपाएको ३ वर्ष भइसक्यो । काठमाडौंकै बासिन्दा भएर पनि मेडिकल विषयको पढाइले गर्दा होस्टलमा बस्न बाध्य थानकोटका सरोज महर्जन र विवेक महर्जनले सार्वजनिक बिदा नभएकाले सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको घोडेजात्राको उल्लासमय हुलमा मिसिन पाएनन् । भरतपुर मेडिकल कलेज पढ्ने जमिला खातुन दुई वर्ष अघि ईद मनाउन ३ दिनको बिदा लिएर सुनसरी आउँदा छुटेको क्लास मेकअप गर्न नसक्दा उनी ६ महिना ब्याक बस्नुप¥यो ।

नवप्रभात मावि पोखरामा कक्षा ७ मा पढ्ने कपिलवस्तुका गुल हसनले ईद मनाउन जाँदा ७ दिनको पढाइ छुटाउन बाध्य भए । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीमा बीएस्सी नर्सिङ चौथो वर्षमा अध्ययनरत शिवानी राईले उँधौली र उँभौलीमा घर जान नपाएको ३ वर्ष भइसक्यो । सङ्खुवासभाको खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कुलमा पढ्ने थुनाङ शेर्पाले ग्याल्बो ल्होसार मनाउन नपाएको त वर्षाँै भयो । उनी दशैं मनाउँदैनन् न त तिहार नै मनाउँछन् । हिमाली भेकमा हिमपात शुरु हुन थाल्नाले दशैंतिहारको लगभग १ महिनाको बिदामा थुनाङ आफ्नो घर चेपुवा नै जान सक्दैनन् र बा, आमा, भाइ, बहिनी र साथीहरूसँग खेलेर रमाउन पाउँदैनन् । जडीबुटी व्यापार गर्ने दिदीले डेरामा पकाएको भात खाएर दिनभर गुवाबारीको बाटोका गल्लीहरूमा गुच्चा, डण्डीबियो आदि खेलेर नै उनी लामो बिदा कटाउँछन् । विगत ३ वर्षदेखि क्रिसमस मनाउन पाएका छैनन् कान्तिपुर डेन्टल कलेजमा अध्ययरत जनम लिम्बूले ।

यिनीहरू सबैले वर्ष दिनमा एक पल्ट आउने आआफ्नो महान चाड मन नलागेर नमनाएका भने होइनन् । पढाइ छुट्ने भएर हो ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतालाई निष्पक्षीय तवरले समान रूपमा समेट्दै लैजाने ब्याख्या गरिएको लोकतन्त्रमा परापूर्व कालबाट मनी ल्याएको सनातन धर्म व्यवस्थालाई जोगाउँदै लाने शर्तमा हिन्दू धर्म परम्परा अन्तर्गतका दशैं, तिहार शिवरात्री माघेसंक्रान्तिजस्ता चाडपर्वमा मात्र ११ दिन राष्ट्रिय बिदा दिइएको छ भने अन्य धर्म र जातजातिको पर्वमा जाति बिषेशलाई मात्र बिदा दिने गरेको छ । जबकि यसअघिको अन्तरिम संविधानले सबै धर्म र जातिले मान्ने मुख्य पर्वको दिनमा राष्ट्रिय बिदा दिएको थियो । तर राष्ट्र समृद्धिमा बाधा पर्ने बहाना बनाई लोकतन्त्रपछि लेखिएको संविधानले ती सबै जातीय पर्वका बिदाहरू कटौती गरेको छ । सो दिन जात विशेषलाई बिदा दिए पनि स्कुल कलेज सरकारी कार्यालय खुल्ला हुन्छन् ।

यस वर्षको पुस ६ गतेको चिसो सिरेटोमा देशका पिभिन्न भागमा बस्ने गुरुङ समुदायले तमुहरूको महान चाड तमु ल्होसार पर्वमा राष्ट्रिय बिदा कायम गरियोस् भनेर देशव्यापी रुपमा मौन आन्दोलन ग¥यो । यसपाली मात्र होइन गत साल पनि यस्तै आन्दोलन गरेको हो । पोहोर साल पनि गुरुङसहित अन्य आदिवासी जनजातिले दशैं, तिहार, माघे संक्रान्ति, शिवरात्रीबाहेक अन्य जातीय पर्वका दिनलाई पनि राष्ट्रिय बिदा कायम गरियोस् भनेर सामुहिक रूपमा ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलन गरेका थिए ।

आन्दोलनको परिणामस्वरूप कुनै प्रदेशमा पुरै त कुनै प्रदेशमा जात विशेषको चाडमा सो जातिलाई मात्र बिदा दिइयो तर राष्ट्रिय पर्वको रुपमा राष्ट्रिय बिदा घोषणा गरिएन । स्कुल कलेजहरूमा पढाइ रोकिएन । सरकारी कार्यलयमा काम चलिनै रह्यो । मारमा परे बिदा लिने जनजाति विद्यार्थी र जनजाति जनता । विभिन्न जातजाति, वर्ण, समुदायले बनेको नेपालमा हिन्दूबाहेक अन्य जातिको मुख्य एक÷एक पर्वमा राष्ट्रिय बिदा दिँदा देश समृद्धिमा जान बाधा पुग्छ भने देशको कुल जनसङ्ख्याको ३८ प्रतिशत जनता वर्षाैंदेखि आफ्नै माटोमा हराएको पहिचान, खोसिएको अधिकार खोज्न हरेक साल, महिना, दिनहरू सडकमा आन्दोलन गर्न बाध्य छन् भने ती जनताको समृद्धिको सवालमा भने किन चुप लाग्छ सरकार ? किन हिसाब गरिन्न उनीहरूको खेर गएको अमूल्य समयको ?

स्कुल कलेजजस्तो भविष्यका राष्ट्र निर्माणका कर्णधारहरू उत्पादन गर्ने विद्या र ज्ञानको कारखानामा नै शुरुदेखि विभेदको व्यावहारिक पाठ पढाइन्छ भने यस्तो खाले व्यवहारले सम्पूर्ण आदिवासी जनजाति युवाहरूमा आउने निराशाले रोजेको पलायनले भविष्यमा राष्ट्रलाई कति क्षति होला यो अनुमान लगाउन जरुरी छ । आजमात्र होइन वर्षाैंदेखि पहिचान र अधिकार खोज्दै र पहिचानको लागि लड्दै आएका विभिन्न जनजाति, कमजोर वर्ग आदिवासी, पिछडिएका, अल्पसङ्ख्यक र सीमान्तकृत जातजाति छन् । १० वर्षे जनयुद्ध लड्ने, देश र जनताका लागि प्राणको आहुति दिने विभिन्न कालखण्डमा बलिदान र बहादुरीको इतिहास रच्ने, राष्ट्रको अस्तित्व र सार्वभौम सत्ता रक्षाको लागि विभिन्न भूमिका खेल्ने केवल हिन्दू धर्मावलम्बी मात्र थिएनन् ।

१० वर्षे जनयुद्धकालमा मात्र होइन पृथ्वीनारायण शाहको सिंगो नेपाल निर्माण अभियानदेखि चीन र भारतजस्ता ठूला साम्राज्यलाई बेलायती उपनिवेशवादले विश्व हल्लाएको बखत नेपाललाई जोगाउन हजारौं देशभक्त नेपालीले वीरतापूर्वक युद्ध लडेका छन्, ज्यान दिएका छन् जसमा खस आर्य मात्र होइन हजारौं आदिवासी जनजाति पनि थिए ।

नेपालको इतिहासलाई हेर्ने हो भने कहिले घाम नअस्ताउने साम्राज्य बिस्तारमा लागेका अङ्ग्रेजहरूलाई ऐतिहासिक गढी सिन्धुलीमाडीमा एशियाकै पहिलो हारको धुलो चटाउने वीर योद्धा सरदार वंशु गुरुङ र उनको कमाण्डमा खटिएका सबै समुदायका सैनिक थिए ।

खजाञ्ची वीरभद्र उपाध्याय श्रीहर्ष पन्तलगायतको सहयोगमा शिकारी सरदार वंशु गुरुङको कमाण्डमा खटिएको ७ सयको सङ्ख्यामा रहेका सैनिकका सेनापति गुरुङ र पृथ्वीनारायण शाहको रणनीति र युद्धको विभिन्न तजबिज लगाई सिस्नो, अरिंगालको गोला, ढुंगा, भाला, घुएँत्रो, धनुषवाण, खुकुरी, जस्ता घरेलु हतियारको सहायतामा युद्ध लडेका थिए । ती हतियारको सहायतामा तोप बन्दुकजस्तो आधुनिक हतियारसहित आएको २ हजार ४ सय हाराहारीको सैनिकको मुख्य जत्थालाई वि.सं. १८२४ कात्तिक २४ गते अर्थात् सन् १७६७ नोभेम्बर ११ का दिन तित बितर पारी अङ्ग्रेजहरूलाई ऐतिहासिक हारको स्वाद चखाएका थिए भने सुन्दर हिमालयको काखमाथि बसी विश्वमाथि राज गर्ने मिठो सपना चकनाचुर पारेका थिए ।

काठमाडांै उपत्यकालाई हात पार्न सहज हुने गोप्य रणनीति बनाई नेपालमाथि सत्ता जमाउने सपना देखेका अङ्ग्रेजले त्यसै हारलाई स्मरण गरी ४७ वर्षसम्म नेपालमाथि गिद्दे नजर उठाउने हिम्मत गर्न सकेनन् । थाहा छैन त्यो समय वंशु गुरुङ थिएनन् भने नेपालको इतिहासले कस्तो मोड लिन्थ्यो ? त्यो हारको उल्लेख कप्तान जर्ज किनलकको डायरी ‘एक्स्पिडिसन अफ नेपाल भ्याल्ली’ मा उल्लेख गरिएको छ भने वीर साहसी योद्धा वंशु गुरुङको वीरता याज्ञवल्क्यको स्मृति ग्रन्थमा स्पस्ट उल्लेख गरिएको छ भने इतिहासविद् महेशचन्द्र रेग्मीले पनि यसबारे लेखेका छन् ।

इष्ट इण्डिया कम्पनीमाथि ऐतिहासिक विजय गरेको सिन्धुलीगढीको विजयमा जनकपुरका दानदेव चौधरीको पनि ठूलो भूमिका रहेको इतिहास छ जसले अङ्ग्रेजको लागि रसदपानीको जिम्मा लिने बहानामा कूटनीतिक चाल चली गोर्खाली फौजलाई ठूलो सहयोग गरेका थिए । गौण पात्र भए पनि गहन भूमिका खेल्ने चौधरी नेपालका आदिवासी हुन् ।

पादरीको जामा भित्र लुकेर व्यापारको तुलो झिकी साम्राज्य बिस्तार गर्दै आएका विश्व विजयको अभियानमा लागेका अङ्ग्रेजले त्यसअघि फ्रान्स, स्पेन, क्यानडा, चीन र भारत लगायतका विशाल राष्ट्रमा आफ्नो सत्ता कायम गरिसकेका थिए ।

त्यसैगरी, वि. सं. २००७ सालको क्रान्तिमा शहीद रामप्रसाद राईको कमाण्डमा जनमुक्ति सेनाको गठन गरिएको थियो । सोही जनमुक्ति सेनाले राणाहरूको सैनिकलाई पूर्वको तत्कालीन २, ३ र ४ नम्बर क्षेत्रमा परास्त पारी २००७ सालमा प्रजातन्त्र ल्याउन अहम भूमिका निर्वाह गरेका थिए । पूर्वमा शहीद रामप्रसाद राई, मध्य नेपालमा एकदेव आले मगर, भैरहवा मर्चवारमा के आइ सिंह र सुदूर पश्चिममा चित्रबहादुर गुरुङको पहलकदमीमा मुक्तिसेना गठन गरी जहानियाँ सामन्तवादी सत्ताको विरुद्धमा गरेको क्रान्ति अतुलनीय छ । तर अहिले आएर नश्लीय राज्यसत्ताले यी सपूतहरूको योगदानलाई चटक्कै बिर्सेको छ ।

नेपालको इतिहासमा कालो समयको रूपमा चिनिने १ सय ४ वर्ष लामो जहानियाँ निरंकुश राणा शासनका प्रवर्तक जङ्गबहादुर राणाले जनताप्रति गरेको अन्याय अत्याचारको विरुद्धमा र राष्ट्रको अस्तित्व जोगाउनका निम्ति बुलन्द आन्दोलन गर्ने जनजातिहरू नै थिए । देश र जनताका लागि मृत्युवरण गर्ने प्रथम शहीद लखन थापामगर र नेपाली जनताप्रति गरिएको क्रुर दमन र अत्याचार सहन नसकी जंगबहादुरको विरुद्धमा विद्रोह गरी प्राणको आहुति दिने बौद्ध धर्मगुरु प्रथम गुरुङ शहीद शुकदेव गुरुङ जनजातिकै पुत्र थिए । निरंकुश एकदलीय पञ्चायती व्यवस्था विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा ५ जनाले शहादत प्राप्त गरेको सुखानी काण्डमा पर्नेमा कृष्ण कुइँकेल, रामनाथ दाहाल, नेत्र घिमिरेसँगै वीरेन राजबंशी र नारायण श्रेष्ठ पनि थिए ती जनजाति नै हुन् ।

यस्ता सयौं व्यक्ति इतिहासमा साक्षी छन् सबैको उल्लेख गर्न यहाँ सम्भव छैन । राष्ट्र निर्माणदेखि देश विकासको लागि जनजातिले बलिदान र योगदान दिएका थिए र अझै दिनेछन् ।

राष्ट्र र राष्ट्रियताको लागि हरेक क्षेत्रमा हातेमालो गरेर हिँड्ने जनजातिलगायत सबै नेपाली समान हुन् भने खोइ त व्यवहारमा समानता ? खोइ त संस्कार, संस्कृति, जातजाति, भाषा, धर्म, सेवा सुविधा र अवसरमा एकरूपता ?

विभिन्न समुदायका लाखौं जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रको संविधानमा उल्लेख गरिएको परिभाषा खोइ कहाँनेर छ त ? जुन मानव जीवनको लागि अपरिहार्य चीज शिक्षाजस्तो पहिलो खुड्किलोमै भेदभावको प्रविष्टि देखिन्छ ।

नेपालको संविधान २०७२ ले बहुसंस्कृतिवाद र सामाजिक, सांस्कृतिक विविधतालाई स्वीकारेको छ । संविधानको प्रस्तावनामा नै भनिएको छ कि सामन्ती निरंकुश केन्द्रीकृत राज्य व्यवस्थाले सिर्जना गरेको तमाम विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै जनताको प्रतिस्पर्धातमक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली नागरिक स्वतन्त्रता तथा सक्षम निष्पक्ष र स्वतन्त्र न्यायपालिका र कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट यो संविधान जारी गर्दछ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भने के हामी नेपाल आमाका सन्तान होइनौँ ?

Continue Reading

Facebook Comment

101 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज भदौ १५ गते सोमबारको राशिफल

Published

on

२०८३ साल भदौ १५ गते सोमबार सन् २०२६ अगष्ट ३१ तारिख। भदौ कृष्ण पक्षको तृतिया तिथि। राष्ट्रिय पुस्तकालय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ। तपाईंका विरोधी साथी सक्रिय छन्। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। :वा:थ्य र शिक्षामा गरेको मिहिनतले सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

सिंह : दिन सामान्य छ। बढी तर्क नगर्नु उचित हुन्छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा ढिलासु:ती बढ्नेछ। :वा:थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। दाजुभाइबाट साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासु:ती भए पनि तपाईंको बढुवा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। राजनीतिक क्षेत्रमा पहुँच वि:तार हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। मूल्यंकन क्षमता बढ्नेछ।

कर्कट : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र :वा:थ्यमा सुधारका संकेत फेला पर्नेछन्। विपक्षीमाथि विजय प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ।

कन्या : सचेत भएर अघि बढ्नुपर्ने दिनछ । अग्रजको माया प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारमा भने विवाद हुनेछ।

तुला : दिन राम्रो छ। कृषिको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सहयात्री साथीले तपाईंको प्रशंसा गर्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिलनेछ।

वृश्चिक : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । :वा:थ्यमा सुधार आउनेछ । सामाजिक काममा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको मर्यादा बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। आजको दिन थोरै बोलेर गरेको काममा प्रगति हुनेछ । तपाईंले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। स्वास्थ्य र शिक्षाको सुधारले दैनिक काम सहज बन्नेछ। राज्यको सेवामा भए बढुवा मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

कुम्भ : दिन सामान्य छ। पुराना मानिसँगको भेटले नयाँ योजना बन्नेछन्। गुरुको साथ पाएमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्मा भने संकट आइपर्ने देखिन्छ।

मीन : दिन राम्रो छ। आज गरेको परिश्रमको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

Continue Reading

Banner

आज २०८३ साल असार ३० गतेको राशिफल

Published

on

२०८३ साल असार ३० गते मंगलबार सन् २०२६ जुलाई १४ तारिख। असार कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ ।

वृष : आज तपाईंले शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ । शत्रुबाट पनि प्रसंसा हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ ।

मिथुन : दिन राम्रो रहेको छ । आज मानसम्मान प्राप्त हुनेछ । परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ । सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ । धार्मिक क्षेत्रमा मन जानेछ । धार्मिक कार्यमा सहभागी भएर दिनकाे सुरुवात गर्नु उचित हुन्छ ।

कर्कट : दिन धेरै राम्रो रहेको छ । शिक्षामा सुधार हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । गोपनीयता कायम गर्नुपर्ने देखिन्छ । व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ । अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो रहेको छ । गरेको कामबाट नाफा हुनेछ  । बोलीको प्रभाव राम्रो हुनेछ । परोपकारका भाव मनमा आउनेछ । हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ । पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ ।

कन्या : सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ । सम्पत्तिको जोहो गर्नुहोला । पारिवारिक भेटघाट हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यले साथ दिँदा मन प्रफुल्ल हुनेछ ।  सामाजिक काममा आज मानसम्मान प्राप्त हुनेछ ।

तुला : आज तपाईंको दिन ‍‍‍‍ राम्रो  छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । समाजमा मानसम्मान बढ्ने दिन छ ।  मित्र बढ्नेछन् । शत्रुको पनि सहयोग मिल्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृश्चिक : दिन सामान्य छ । थोरै बोल्न सके आयआर्जन बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ  ।

धनु : आज आम्दानी बढ्नेछ । स्वास्थ्यमा समस्यामा सुधार हुने देखिन्छ । काममा सफलता मिल्नेछ । शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ । काममा भने मिहिनेतको खाँचो देखिन्छ ।

मकर : दिन राम्रो रहेको छ ।  शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । श्रमको फल प्राप्त हुनेछ । दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । यात्रा गर्दा भने सचेत हुनुपर्ने छ ।

कुम्भ : दिन ‍‍‍‍ राम्रो  छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ । बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ । साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ । परिवारको साथ भने मिल्नेछ ।

मीन : आजको दिन ‍‍‍‍ राम्रो  छ । काम गर्दा जोगिन सकेन हरेक क्षेत्रमा आम्दानी  बढ्ने छ । मनमा भएका कुरा अरुसँग साट्नु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । अध्ययनमा रुची बढ्नेछ ।

Continue Reading

Banner

आज को राशिफल

Published

on

२०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि। सन् २०२६ जुन १२ तारिख।  विश्व बालश्रमविरुद्धको दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तपाईं आफ्नै बोलीको कारण अप्ठेरोमा पर्ने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन सामान्य छ । व्यापारबाट फाइदा हुने दिन छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछन्। आफूभन्दा ठुला व्यक्तिले सम्मान गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मिथुन :दिन राम्रो छ। आम्दानीका स्रोत बलिया छन्। विदेशमा गरेको लगानी भन्दा स्वदेशको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले हरेक क्षेत्रमा सहयोग गर्नेछन्।

कर्कट : शुभ दिन छ । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा आर्जन हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानी वृद्धि हुनेछ।

सिंह : परिवारसँग रमाइलो घुमघाम हुनेछ। खुशीयाली प्राप्त हुनेछ।  स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाका क्षेत्रमा भने मिहिनेतको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। विरोधी सक्रिय भएकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : यात्रा गर्दा सचेत बन्नुपर्ने छ । दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने जोखिम छ। विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक :  स्वास्थ्यमा अचानक समस्या आइपर्ने जोखिम रहेको छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अग्रजसँग नम्र भएर प्रस्तुत भएमा काम सहजै बन्नेछ। थोरै बोल्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ।  स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। गुरुबाट असहयोग हुनाले हरेक क्षेत्रमा अप्ठेरो पर्नसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा बारिहका साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। खर्च गर्दा भने सचेत हुनुपर्ने छ ।

मकर : सहकार्य गरेर लगानी गरेमा फाइदा हुनेछ। एकल निर्णय व्यापारमा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।  स्वास्थ्यले साथ दिँदा मनमा सन्तोष मिले पनि मनमा खटपटी बढ्ने जोखिम छ।

कुम्भ : सम्पत्ति कमाउने योग छ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्ने समय छ। गुरुबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ । धार्मिक भेटघाट बढ्नेछ ।

मीन : शुभ दिन छ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी हुनेछ। उपचारमा भए  स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारभित्र तपाईको कामको सम्मान हुनेछ । सेवा गर्न पाउँदा मन शान्त बनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक