Connect with us
Advertisement

सुन्दरहरैंचामा देशकै पहिलो मुक्त रङ्गमञ्च बन्दै, बुधबार महानायक राजेश हमालले शिलान्यास गर्ने

Published

on

तस्बिरः शिल्पी थिएटर

विराटचोकः ग्रामीण भेगका मानिसले निःशुल्क नाटक हेर्न सकून् भन्ने उद्देश्यले मोरङको सुन्दरहरैंचामा मुक्त रङ्गमञ्च बन्ने भएको छ । शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजको परिकल्पनामा हुने रङ्गमञ्च ३ महिनाभित्र तयार हुने भएको छ । रङ्गमञ्चको शिलान्यास बुधबार महानायक राजेश हमालले गर्ने भएका छन् ।

घिमिरेका अनुसार देशकै पहिलो सो मुक्त रङ्गमञ्च ५ कठ्ठा जमिनमा बन्नेछ । सो रङ्गमञ्चमा मञ्चन हुने नाटक दर्शकले निःशुल्क हेर्न पाउनेछन् । ३ महिनाभित्रमा मुक्त रङ्गमञ्च बनिसक्ने र साँझ पर्नुभन्दा अघिको समयमा मुक्त रङ्गमञ्चमा नाटक मञ्चन गरिने उनले जानकारी दिए ।

‘खुला रङ्गमञ्चको अभ्यास संसारभर छ । यसमा टिकट काटिँदैन,’ फोन सम्पर्कमा घिमिरेले भने, ‘ग्रामीण समाजका दर्शकसँग टिकट काट्ने पैसा हुँदैन । टिकट नकाटेपछि नाटक हेर्न पर्खालले छेकिदिन्छ अर्थात् चौघेराभित्र नाटक मञ्चन हुन्छ तर मुक्त रङ्गमञ्चमा निःशुल्क नाटक हेर्न पाइन्छ ।’

निर्देशक घिमिरेका अनुसार मुक्त रङ्गमञ्चमा अर्धवृत्ताकारमा सिँढी निर्माण हुन्छ । तिनै सिँढीमा बसेर दर्शकले नाटक हेर्छन् । ग्रीकबाट शुरु भएको मुक्त रङ्गमञ्चको अभ्यास भारतका हरेक शहरमा रहेको घिमिरेले जनाए । थकित नगरवासीको थकान मेटाउन भारतका हरेक शहरमा साँझमा मुक्त रङ्गमञ्चमा नाटक देखाइने गरेको उनले बताए । सिर्जनात्मक गतिविधि हेरौँ भन्ने उद्देश्यले पनि भारतीय दर्शकहरु मुक्त रङ्गमञ्चमा जाने गरेको पाएको घिमिरेको अनुभव छ ।

सुन्दरहरैंचा–८ सलकपुरमा रहेको फुटबल चौरको उत्तरतर्फ बुधबार दिउँसो ३ बजे हुने शिलान्यास कार्यक्रमको उद्घाटन राजेश हमालले गर्ने भएका छन् । गायक सुगम पोखरेलको साङ्गीतिक प्रस्तुति पनि कार्यक्रममा रहने सुन्दरहरैंचा नाट्य केन्द्रका निरज न्यौपानेले जानकारी दिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक