Connect with us
Advertisement

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीसँग ६ दिन घुम्दा

Published

on

विराटचोकः प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनी गृह जिल्लाका औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएका छन् । त्यस क्रममा उनी गृह जिल्ला सोलुखुम्बुका साथै उदयपुर र ओखलढुङ्गाका विभिन्न कार्यक्रममा सहभागी भएका हुन् ।

माघ १० गते मङ्गलबार
गृह जिल्ला जाने क्रममा मन्त्री राजभण्डारीले उदयपुरको चौदण्डीगढी र घुर्मी तथा ओखलढुङ्गाको हर्कपुर र जिल्ला सदरमुकाम ओखलढुङ्गामा भएका कार्यक्रममा उनी सहभागी भए ।

चौदण्डीगढी, घुर्मी र हर्कपुरमा एकएक वटा कार्यक्रममा सहभागी भए पनि ओखलढुङ्गाको सदरमुकाममा उनले ४ वटा कार्यक्रममा सहभागिता जनाए ।

नेकपा एमाले ओखलढुङ्गा र निजामती कर्मचारी सङ्गठन ओखलढुङ्गाले गरेका फरकफरक कार्यक्रममा सहभागी भएर उनले सुझाव लिनुका साथै आवश्यक निर्देशन दिएका थिए । स्रष्टा पार्कमा राजभण्डारी समाजद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मान पनि गरिएको थियो ।

स्रष्टा पार्कको आडैमा रहेको पुरानो छात्रावासको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विभागीय मन्त्रीसँग माग गरिएको थियो ।

माघ ११ गते बुधबार
बिहान ८ बजे नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा राजभण्डारी सहभागी भए । गृह जिल्लाको पार्टी कमिटीले आयोजना गरेको सो कार्यक्रममा उनलाई बधाई दिन सयौँको सङ्ख्यामा कार्यकर्ता उपस्थित भएका थिए ।

कार्यक्रममा उनले म होइन हामी भन्ने भावनाका साथ अघि बढेमा पार्टीको सुदृढीकरण हुने उनले बताए । आफूलाई सोलुखुम्बुका मतदाताले जिताएका भए पनि पार्टीले प्रदेशको मन्त्री बनाएकाले सोलुखुम्बुको मात्रै नभएर प्रदेशभर आफू व्यस्त रहनुपर्ने बाध्यता बुझिदिन उनले अनुरोध गरे ।

दिउँसो आफ्नो निवास रहेको सोलु दूधकुण्ड नगरपालिकाको वडा नम्बर ६ को कार्यालय भवन उनले उद्घाटन गरे । गृह जिल्लामा सरकारी निकायले गरेको पहिलो औपचारिक कार्यक्रमको समापनपछि उनी छलफल र भेटघाटमै व्यस्त रहे ।

माघ १२ गते बुधबार
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने र विकट गाउँ भनिर चिनिने महाकुलुङको वडा नम्बर ४ मा रहेको गुदेल माविको हीरक महोत्सवको उद्घाटन गर्ने कार्यका लागि बिहान ५ बजे नै उनी तयार भए । सदरमुकामबाट पहिले २ दिनको पैदलयात्रापछि पुगिने सो स्थान अहिले कच्ची सडकले जोडिएको रहेछ ।

यात्राको क्रममा बाटोमा पर्ने सोताङ गाउँपालिकाको वडा नम्बर १ मा रहेको हुलु माध्यमिक विद्यालयको सरस्वती पूजामा सहभागी भएका मन्त्री राजभण्डारीलाई प्रधानाध्यापक टेकबहादुर राईले विद्यालयको लागि भवन बनाउन बजेट विनियोजन गर्न माग गरे । तर, मन्त्री राजभण्डारीले बजेट दिन नसकिने बताए ।

पहिले बनाएको भवन नै विद्यालयले प्रयोगमा नल्याएको हुनाले तत्काल बजेट दिन नसकिने उनको भनाइ थियो ।

बाटोमा पर्ने सोताङ गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा सरिक भएपछि राजभण्डारी महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको गुँदेल मावि पुगे ।

विकटताको हिसाबले सोलुको कर्णाली भनेर चिनिने महाकुलुङको गुँदेलमा रहेको सो माविद्वारा आयोजित हीरक महोत्सवलाई उनले सम्बोधन गरे ।

आफूले पहल गरेर सो विद्यालयमा २०५४ सालमा माविको दरबन्दी ल्याउन सफल भएको उनले बताए । सामाजिक विकासमन्त्री भएपछि जनचाहनाअनुसार काम गर्नुपर्ने र प्रदेशमा प्रतिपक्षमा रहेको कांग्रेसलगायतका दलसँग सहकार्य गरेर विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कर्मचारीतन्त्रले गाँजेको मुलुक भएको हुनाले सरकारका निर्णय कार्यान्वयन गराउन गाह्रो हुने गरेको उनले बताए ।

महाकुलुङबाट भोजपुर जोड्ने सडक भोजपुर र सोलुखुम्बु दुवैतिरबाट ट्रयाक खोल्न शुरु गर्नुपर्ने आफ्नो राय रहेको उनले बताए । सल्लेरी– महाकुलुङ, सल्लेरी–नेचा सल्यान, सल्लेरी–लिखु पिके लगायतका सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने र सोलुखुम्बुमा कालोपत्रेभन्दा पहिले ट्रयाक खोल्ने र ट्रयाक खोलिएका सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

महाकुलुङ र गुँदेललाई जोड्न हुङ्गा खोलमा मोटरेबल पुल र टेलिकमको टावर निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनले जानकारी दिए । स्थानीयका समस्या नसुन्ने हाइड्रोपावरको विरुद्धमा लाग्नुपर्ने बताउँदै विगतमा भन्दा आगामी वर्षमा सोलुखुम्बुको शिक्षा क्षेत्रमा धेरै बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

माघ १३ गते
सदरमुकाम फर्कने क्रममा अघिल्लो दिनको बाटो नफर्किई छेस्कामतर्फको बाटो फर्कने सल्लाहअनुसार बिहान ६ बजे गुँदेलबाट भ्रमण टोली छेस्कामतर्फ लाग्यो । छेस्काममा पार्टी कार्यकर्तासँगको भेटको क्रममा उनले भुवा खोलामा मोटरेबल पुल बनाउन पहल गर्ने आश्वासन दिए ।

त्यसपछि मध्य होङ्गु खोला हाइड्रोपावरका व्यवस्थापक गोपाल आचार्य र प्रकाशकुमार अधिकारीले मन्त्री र स्थानीयवासीसँग भेट गरे । बाटोमा मन्त्रीको गाडी देखेपछि उनीहरुले मन्त्रीलाई भेट्न चाहेका रहेछन् ।

बुङमा पार्टीले आयोजना गरेको छोटो भेटघाट कार्यक्रममा मन्त्री राजभण्डारीले वडाको पर्यटकीय क्षेत्रसम्म पुग्ने बाटोको ट्रयाक खोल्ने र आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माणमा आफूले ध्यान दिने आश्वासन दिए । भल र ढलको व्यवस्थापन, शनिबार हटियाको व्यवस्थापन, शिशु स्याहार केन्द्रको व्यवस्थापनमा लाग्ने उनको भनाइ थियो ।

त्यसपछि महाकुलुङ गाउँपालिकाको कार्यालय बुङमा गाउँपालिकाका कर्मचारीद्वारा आयोजित कार्यक्रममा मन्त्री राजभण्डारीले ऊर्जावान कर्मचारी भएमा देश विकासमा सहयोग पुग्ने बताए । अधिकांश कर्मचारी ३० वर्षभन्दा कम उमेरका देखेपछि उनले कर्मचारीको मनोबल बढाउन ऊर्जावान्को संज्ञा दिएका थिए ।

त्यसपछि सोताङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले गाउँपालिकामा संघीय र प्रदेश सरकारका योजना पार्न मन्त्री राजभण्डारीको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि नेकपा एमाले सोताङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट तथा बधाई कार्यक्रममा सरिक भएका राजभण्डारीले अहम्ताका कारण पार्टीलाई घाटा पुग्ने बताए । गत स्थानीय तहको निर्वाचनमा देखिएको अहमताकै कारण सोताङ गाउँपालिकाको अध्यक्ष पदमा एमालेले हार बेहोर्नुपरेको उनले बताए । पार्टी सुदृढीकरणमा लाग्न उनले उपस्थित नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

साँझमा सोलु दूधकुण्डमा आयोजित कार्यक्रममा विभिन्न मितिमा जिल्लामा भएका आगलागीपीडितलाई प्रदेश सरकारले उपलब्ध गराएको राहत वितरणमा उनी सहभागी भए । राहत लिन सदरमुकाम आउन तयार भएका आगलागीपीडित महाकुलुङ ३ छेस्कामका आगलागीपीडित कृपा बिकलाई उनले आफ्नै सवारी साधनमा लिएर आएका थिए ।

माघ १४ गते
बिहान पैदलै सल्लेरी बजारको भ्रमण गर्नुपूर्व मन्त्री राजभण्डारीले योङ स्टार क्लबको बारेमा सञ्चारकर्मीलाई जानकारी दिए । त्यसपछि पैदलै उनी अध्यक्ष रहेको एभरेष्ट कलेजको बैठकमा सहभागी भए । बैठकपछि पैदलै शनिबारे हटियाका साथै बजारको निरीक्षणमा निस्किएका उनी दिउँसो पनि भेटघाट र छलफलमै व्यस्त रहे ।

उनी संस्थापक सदस्य रहेको योङ स्टार क्लबले आयोजना गरेको कार्यक्रममा दिउँसो सहभागी भएका उनलाई क्लबले सम्मान गरेको थियो । सो क्लबले विभिन्न सामाजिक क्षेत्रमा काम गरेकाले जिल्लाको मात्रै नभएर प्रदेशकै प्रख्यात क्लबका रुपमा परिचित छ ।

बेलुका ४ बजे जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा उनले जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग अन्तरक्रिया गरे । सरकारी कार्यालयका गुनासा र सुझावलाई सुन्ने र आवश्यक सल्लाह दिने काम उनले गरे ।

सवारी साधन टाटा सुमोमा रहेका छत हटाउनुपर्ने भनी ट्राफिक प्रहरीले व्यवसायीलाई जानकारी गराएपछि सुमो व्यवसायीले माघ १५ गते सवारी साधन बन्दको घोषणा गरेका थिए । सो बन्द खुलाउन १४ गते सम्बन्धित निकायसँग मन्त्री राजभण्डारीले फोनवार्ता गरेका थिए । चाँडो समस्याको समाधान निकाल्न उनले आग्रह गरेका थिए ।

माघ १५ गते
५ दिनसम्मका औपचारिक अनौपचारिक कार्यक्रम सकेर १५ गते बिहान ६ बजे मन्त्री राजभण्डारी विराटनगरतर्फ प्रस्थान गरे । सुमो व्यवसायीले आह्वान गरेको यातायात बन्दका कारण सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट लामो दूरीका यातायातका साधन चलेका थिएनन् । बाटामा अलपत्र परेका अत्यावश्यक काम परेका यात्रुहरुलाई विराटनगर जाने सरकारी कार्यालयका सवारी साधनमा जाने वातावरण मिलाउन आग्रह गर्नुका साथै चाँडो वार्ता गरी समस्याको समाधान गर्न उनले फोनमा जानकारी गराइरहेका थिए । मन्त्रीको बारम्बारको ताकेतापछि तत्कालका लागि छत हटाउने निर्णयबाट ट्राफिक प्रहरी पछि हटेपछि दिउँसोदेखि यातायातका साधन सुचारु भएका थिए ।

फर्कने क्रममा पनि मन्त्री राजभण्डारी ओखलढुङ्गा र उदयपुरका केही कार्यक्रममा सहभागी भएका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य

Published

on

बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।

करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।

मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए ।

Continue Reading

Banner

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय

Published

on

काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।

यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।

Continue Reading

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक