स्थानीय तह
सोलुखुम्बुकी एक्ली महिला वडाध्यक्ष सरस्वती कुलुङ, जो पढाउन छाडेर राजनीतिमा होमिइन्
विराटचोकः सोलुखुम्बुको विकट भूभाग समेटिएको पालिका हो महाकुलुङ गाउँपालिका । ५ वटा वडामा समेटिएको महाकुलुङको वडा नम्बर ४ की अध्यक्ष हुन् सरस्वती राई (कुलुङ) । सोलुखुम्बु जिल्लाकै एक्ली महिला वडाध्यक्ष कुलुङ स्थानीय गुँदेल माविमा अध्यापन गर्दागर्दै शिक्षित व्यक्ति राजनीतिमा लागेर राजनीतिको विकृति हटाउने अठोटमा लागिन् । उनी ईपीएममा स्नातकोत्तर गरेकी जनप्रतिनिधि पनि हुन् ।
‘पहिले शिक्षकहरुलाई कारवाही गर्नुपर्याे भने महाकुलुङमा सरुवा गर्ने चलन थियो’, गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङ भन्छन्, ‘यो दृष्टान्तले पनि महाकुलुङ कति विकट भूगोल लिएर बसेको छ भन्ने प्रष्ट हुन्छ ।’ अध्यक्ष कुलुङका अनुसार महाकुलुङमा ६४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पालिकामा सडकको ट्रयाक मात्रै खोलिएको छ । जहाँ मुस्किलले टाटा सुमोलगायतका साधन चल्छन् । जिल्ला सदरमुकाम सल्लेरीबाट महाकुलुङको गुँदेल पुगेको भाडा र संघीय राजधानी काठमाडौंको सवारी भाडा झण्डै बराबर छ ।
कुलुङ जातिको उद्गमस्थल मानिने महाकुलुङको ३ वटा जिल्लासँग सिमाना जोडिएको छ । सो पालिकाको सिमाना पूर्वमा संखुवासभासँग तथा दक्षिणमा खोटाङ र भोजपुरसँग जोडिएको छ । तर, सडक सञ्जालमार्फत् भने ती जिल्लासँग सम्बन्ध नजोडिएकाले छिमेकी जिल्लाका पालिकासँग गहिरो सम्बन्ध भने जोडिन सकेको छैन ।
सोही विकट पालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित ३६ वर्षीया सरस्वती २ छोरा र श्रीमानका साथमा रहँदै आएकी छिन् । काखको छोरो २ वर्षको मात्रै भएकाले उनी साथैमा लिएर हिँड्छिन् । जसले गर्दा कहिलेकाहीँ कार्यसम्पादनमा अप्ठ्यारो अवस्था पनि आउँछ ।
किसान परिवारकी कान्छी छोरी उनी स्कुलमा पढ्दैदेखि राजनीतिमा लागेकी थिइन् । अखिल नेपाल महिला संघको कार्यालय सचिव र पछि जिल्ला अध्यक्ष हुँदै राजनीतिमा अघि बढेकी उनी हाल नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्यका साथै महाकुलुङ गाउँपालिका इन्चार्जको रुपमा पार्टीमा समय दिइरहेकी छिन् ।
काम क्षमताले गर्ने भएको हुनाले महिला र पुरुष अर्थात् लिङ्गको आधारमा फरक नपार्ने सोच राख्ने सरस्वती भौगोलिक विकटता र सीमित बजेटका कारण वडावासीले चाहेअनुसारका काम गर्न नसकिएको स्वीकार्छिन् । अप्ठ्यारालाई पार गर्दै अघि बढिरहँदा आफू सफल भएको ठानेकी उनी सुनाउँछिन् ।
सानो बच्चा भएको र ऊ बिरामी हुँदा जनताको काम गर्न समस्या पर्ने गरे पनि त्यसैको बहाना बनाएर वडावासीको समस्यामा समाधान दिन नसकेको अवस्था भने नभएको उनले सुनाइन् । कतिपय घरायसी झगडामा राति नै वडावासीको घरसम्म पुगेको अनुभव पनि उनले सुनाइन् ।
‘रातको १ बजे पनि फोन आउँछ वडावासीलाई समस्या पर्दा,’ निदाएको कान्छो छोरालाई काखमा बोकेकी उनले भनिन्, ‘कहिलेकाहीँ श्रीमान्श्रीमतीबीच झगडा पर्दा राति नै बोलाउनुहुन्छ र राति नै बोलाएको ठाउँमा पुग्नु पनि पर्छ ।’
वडाबासीको आमभेलाबाट आएका योजनाको प्राथमिकताका आधारमा बजेट विनियोजन हुने गरेको सुनाउँदै उनले सडक, गोरेटो, भवन निर्माण लगायतमा बढी योजना माग हुने गरेको उल्लेख गरिन् ।
चालु आर्थिक वर्षमा महिला उद्यमशीलताका लागि ८ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको र त्यसबाट होजियारी तालिम सञ्चालन गर्ने उद्देश्य राखेको उनले सुनाइन् । तालीम लिएर उनीहरुले महिनाको ५ हजारमात्रै कमाए भने पनि आर्थिक विकासमा सहयोग पुग्ने उनको अनुमान छ ।
कुलुङ फुर्काका साथै कुलुङ जातिका अन्य सांस्कृतिक पहिचानलाई सबैतिर कसरी पुर्याउने भनेर अहिले हामी छलफल भइरहेको उनले सुनाइन् ।
जनप्रतिनिधि हुनुभन्दा अगाडि युनिसेफसँग जोडिएर पारालिगल कार्यक्रममा डिस्ट्रिक रिसोर्स पर्सनको रुपमा काम गरेकी उनले मात्रै होइन गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिले सवारी साधनको सुविधा लिएका छैनन् ।
आलु, तरकारी, कोदो, स्कुस, किबी आदि मुख्य उत्पादन हुने महाकुलुङका उत्पादनको बजारीकरणको लागि पनि सडक सञ्जाल मुख्य माध्यम रहेको हुनाले सडकको स्तरोन्नतिमा गाउँपालिका लागेको उनले बताइन् ।
महाकुलुङलाई संखुवासभाको सिलिचोङ र भोजपुरको साल्पा सिलिचो हुँदै पूर्वी तराईसँग जोड्न सकेमा महाकुलुङको उत्पादन पूर्वी तराईसम्म पुग्ने र स्थानीयको आय आर्जन हुने सोलुखुम्बुबाट निर्वाचित सांसद तथा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी बताउँछन् ।
Facebook Comment
Banner
नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ
२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।
२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।
यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।
यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’
यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।
६ दिनको अटो शोमा कति भयो बिजनेस ?
नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।
यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login