Connect with us
Advertisement

रेडियोको प्रभावकारिता घट्नुको कारक जनशक्ति अभाव, नयाँ प्रविधिको प्रयोग र रेडियोकर्मीको आलस्यता

Published

on

विराटचोकः पछिल्लो समय रेडियोको प्रभावकारिता घट्नुको मुख्य कारण दक्ष जनशक्तिको अभाव, नयाँ प्रविधियुक्त सञ्चारकर्मीको अधिक प्रयोग र रेडियोकर्मीको आलस्यता भएका एक कार्यक्रमका वक्ताले बताएका छन् ।

‘रेडियो र शान्ति’ भन्ने मूल नारासहित सोमबार विश्वभर रेडियो दिवस मनाइएको थियो । सोही क्रममा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को आयोजनामा सुन्दरहरैंचामा भएको अन्तरक्रिया कार्यक्रमका वक्ताले रेडियोको प्रभाव घट्नुको कारण बताएका हुन् । पछिल्लो समय दक्ष जनशक्तिको विदेश पलायन, फेसबुक, टिकटक र अनलाइनको बढ्दो लोकप्रियता अनि रेडियोकर्मीले खोजमूलक सामग्री प्रस्तुत गर्न अल्छी गर्ने प्रवृत्तिले रेडियोका स्रोता घटेको अधिकांश वक्ताको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा बानका पूर्व केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले ‘वर्तमान समयमा रेडियोको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यप्रस्तुत गर्दै उनले कोरोनाकाल तथा भूकम्प, बाढीपहिरोजस्ता विपत्का समयमा रेडियो नै सञ्चारको सशक्त माध्यम बन्ने गरेको उल्लेख गरे ।

रेडियोको विश्वसनीयता कायमै रहेको भन्दै सामान्य अवस्थामा ४५ प्रतिशतले र विशेष अवस्थामा ८० देखि ८३ प्रतिशतले रेडियो सुन्ने गरेको उनले बताए । विपत्को बेलामा रेडियो नै प्रभावकारी सञ्चार माध्यम देखिएको उनको भनाइ थियो ।

कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख अकली चौधरीले समयमै ऐन, कानुन निर्माण गरी स्थानीय तहमा लागू गर्ने र स्थानीय मिडियाको विकासमा लागिपर्ने बताइन् । आवश्यकता परेमा सञ्चारगृह मर्जमा जान सक्नेतर्फ नगरले कानुन बनाउन सक्ने उनले बताइन् ।

नेकपा माओवादीका नगर अध्यक्ष दुष्यान्त भट्टराईले बजारमा रेडियोको बिक्री घटे पनि रेडियोका स्रोता भने नघटेको बताए । जनयुद्धकालमा रेडियो नै सूचनाको भरपर्दाे स्रोत रहेको उल्लेख गर्दै उनले युरोपमा भएको फ्रान्सेली क्रान्ति, अमेरिकाको स्वतन्त्रता सङ्ग्राम र भारतमा गान्धीले आन्दोलन गर्दा रेडियो नै प्रभावकारी माध्यमको रुपमा देखिएको उल्लेख गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका महासचिव नारायण कार्कीले रेडियोले आमजनचासोका विषय उठाउनुपर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणि पोख्रेलले रेडियोको सान्दर्भिकता र विश्वसनीयता हाल पनि कायमै रहेको बताए ।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले ग्रामीण बस्तीका नागरिकको आवाज बोलिरहेकाले रेडियोको स्थायित्वका लागि सबैले सोच्नुपर्ने बताए । सञ्चारकर्मी सिर्जनशीलता भन्दा पनि आलस्यता बढ्दै जाँदा कपि पेस्ट समाचार बढी आउन थालेकाले रेडियोको विश्वसनीयता घट्दै गएको उनको भनाइ थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको कृषि तथा वन विज्ञानका निर्देशक नवीन भट्टराईले रेडियोको विश्वसनीयताको प्रतिशत बढाउनुपर्ने धारणा राखे ।

प्रेस चौतारीका प्रदेश महासचिव गोपाल झापालीले केन्द्रबाट सञ्चालित रेडियोले मोफसलबाट सञ्चालित रेडियोलाई ‘डोमिनेट’ गर्ने गरेको उल्लेख गरे । मोफसलका रेडियोको नेटवर्क बनाउन आवश्यक रहेको बताउँदै त्यसो गर्न सकेमा केन्द्रका रेडियोले दबाबमा राख्न नसक्ने बताए । रेडियोलाई पनि छापा माध्यमलाई जस्तै वार्षिक रुपमा लोककल्याणकारी विज्ञापन राज्यले उपलब्ध गराउन सबैले आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले रेडियोमा काम गर्ने प्राविधिक र व्यावसायिक सोच भएका जनशक्ति नहुँदा रेडियोका स्रोता घटेको बताए । स्रोतामा पहिलेकै जस्तो रेडियोप्रति रस भिजाउने काम गर्नेतर्फ रेडियोकर्मी लाग्नुपर्ने उनले सुझाव दिए ।

नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले सङ्गीत, सूचना साहित्यको विकासमा रेडियोहरुले खेलेको भूमिका सबैभन्दा माथि रहेको उल्लेख गरे ।

नेपाल प्रेस सङ्गठनका केन्द्रीय सदस्य अर्जुन जम्नेलीले स्थानीय रेडियोहरुमा दक्ष जनशक्तिको अभाव नै मुख्य समस्या रहेको बताए ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरेले प्रदेश तथा स्थानीय सरकारले ऐन कानुन र कार्यविधि समयमै नबनाए नीतिगत रुपमा सञ्चारगृह सञ्चालनमा कठिनाइ हुने औँल्याए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले रेडियोहरुको विकास र समाज परिवर्तनमा ठूलो योगदान रहेकोले सङ्कटको बेला धैर्य गर्न सक्नुपर्ने बताए । रेडियो गाउँकेन्द्रित हुने तर कार्यालय र जनशक्ति शहरकेन्द्रित हुने हुँदा पनि समस्या आएको उनको भनाइ थियो ।

गोरखापत्र संस्थानका बोर्ड सदस्य चेतन धमलाले रेडियोको बजार बढिरहेको भए पनि हामीले त्यसलाई बुझ्ने कोशिस नगरेको जनाए । समस्या होइन अवसरबाट रेडियोकर्मीले सोच्नुपर्नेमा उनले जोड दिए ।

नेपाल प्रेस काउन्सिलका सदस्य तथा बानका केन्द्रीय सदस्य गणेश पोख्रेलले आफ्नो उत्पादनमा जोड दिन आग्रह गरे ।

बानका प्रदेश अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बानका केन्द्रीय सदस्य बाबुराम निरौलाले स्वागत मन्तव्य राखेका थिए । बानका प्रदेश उपाध्यक्ष अरबिन्द मेहताले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक