Connect with us
Advertisement

लेटाङमा भव्यताका साथ मनाइयो अन्तर्रास्ट्रिय महिला दिवस

Published

on

लेटाङमा १ सय १३ औ अन्तर्रास्ट्रिय महिला दिवस बुधवार भब्यताका साथ मनाइएको छ । लेटाङ नगरपालिकाको आयोजना तथा स्थानिय आधा दर्जन संघसँस्थाहरुको सहआयोजनामा प्रभातफेरीबाट सुरु भएको कार्यक्रम अन्तरकृया तथा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गर्दै सम्पन्न गरिएको हो । “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच बिस्तार“ भन्ने नाराका साथ मनाईएकाे हाे ।  महिला हिंसा अन्त्य गरौ, समान ज्यालाको ब्यबस्था गरांै, बाल बिबाह अन्त्य गरौं जस्ता नारासहित सयौंको संख्यामा उपस्थित नगर क्षेत्रका सहभागिहरुको र्यालीले लेटाङ बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरी पश्चात नगरपालिका परिसरमा भएको कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी पोख्रेलको अध्यक्षता र नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै महिला बिकास शाखा प्रमुख देबिमाया खड्काले महिला दिवसको आवश्यकता र महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्नु हुँदै नगरप्रमुख लावतीले महिला तथा बालिकामाथी हुनसक्ने यौनजन्य हिंसाबारे सचेत रहनुपर्ने बताउनु भयो । केही समय अघि लेटाङ क्षेत्रमा भएका यौन हिंसाका घटनाहरु स्मरण गर्दै प्रमुख लावतीले त्यस्ता किसिमका घटना हुन नदिन सरोकारवाला सबै सचेत बन्नु पर्ने र भएको पाईएमा कडा कारबाहीको लागि दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अध्यक्षको मन्तब्य राख्नुहँुदै उपप्रमुख कृष्ण कुमारी निरौलाले घरेलु हिङ्साको घटना न्युनिकरण गर्न महिला र पुरुष एक भएर पारिबारिक वातावरण सौहार्दपुर्ण बनाउनुपर्ने बताउनुभयो । न्यायिक समितिमा बहुबिबाह र सम्बन्ध बिच्छेदका घटनाहरु अत्यन्तै बढी आउने प्रसंग उठाउँदै उपप्रमुख निरौलाले बाल बिबाह अन्त्यको लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । मन्तब्य राख्नु हुँदै लेटाङ नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णराज राईले लैङ्गिक समानताको लागि महिला तथा बालिका शिक्षालाई ब्यबस्थित, परिस्कृत र प्रबिधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।

घरमा एक जना महिला शिक्षित भएमा परिवारका सबै लाभान्वित हुने भएकाले समय सापेक्ष किसिमको शिक्षा प्राप्त गर्न उनिहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा राख्नुहुँदै उपसचिव राईले सबै पक्षले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । यस्तै लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले महिलाहरुलाई अघि बढाउन उनीहरुको क्षमता विकास र शसक्तिकरणमा समेत जोड दिंदै जानुपर्ने बताउनुभयो । कार्यक्रममा सह–आयोजकको रुपमा मन्तब्य राख्नु हुँदै ओरेक नेपालका भिमा ढकाल, सिडिएफ नेपालका बाल कुमार श्रेष्ठ, ग्रामिण महिला बिकास केन्द्रकी दुर्गा भण्डारी, हर्डनका सुरेश अधिकारी लगायतले सँस्थागत रुपमा महिला तथा किशोरी अधिकारमा स्थानिय सरकारले बार्षिक बजेटको ब्यबस्था गरि क्षमता बिकास र आयआर्जनको क्षेत्रमा लगाउन पहल गर्नुपर्ने कुरामा जोडदिनु भयो ।

लेटाङ कार्यपालिका सदस्य चम्पा थापा मगरले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागि किशोर किशोरी, महिलाहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समुदायमा महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने तथा श्रमिक महिलाको पक्षमा काम गर्ने ९ जना महिला तथा किशोरीहरुलाई सम्मान गरिएको थियो । सम्मानित ९ जना मध्ये १, २, ७ र ८ नम्वर वडामा बाल विवाह न्युनिकरण र प्रजनन स्वास्थ्यमा उत्कृष्ट योगदान गर्ने महिला तथा किशोरीहरुलाई हर्डन मोरङले सम्मान गरेको थियो भने नगरका अन्य वडाका ५ जना श्रमिक महिलाहरुला लेटाङ नगरपालिकाले सम्मान गरेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक