Connect with us
Advertisement

लेटाङ बहुमुखी क्याम्पसमा छवि श्रेष्ठको नेतृत्वमा अनेरास्ववियुद्वारा उम्मेद्वारी दर्ता

Published

on

लेटाङः मोरङको लेटाङस्थित लेटाङ बहुमुखी क्याम्पसमा नेकपा एमाले समर्थित विद्यार्थी सङ्गठन अनेरास्ववियुले नगर कमिटी सहसचिव बीबीएस तेस्रो वर्षमा अध्ययनरत छवि श्रेष्ठलाई सभापतिको उम्मेद्वार बनाएको छ ।

यस्तै, सचिवमा पुजेस अधिकारी र कोषाध्यक्षमा सागर पौडेलको उम्मेद्वारी दर्ता भएको छ । खुला सदस्यमा सम्झना रिमाल, उर्मिला तामाङ, इन्दिरा तिम्सिना, सुमित्रा मगर र निशान भुजेल उम्मेद्वार रहेका छन् ।

समानुपातिकतर्फ सदस्यमा टीका तिम्सिना, विवेक तिम्सिना, पार्वती बिट, एलिसा दाहाल, जुनिता राई, रुपक ढुङ्गेल, विकास विक, रमा गहतराज, भगवती लिम्बूर टीका पौडेल उम्मेदवार रहेका छन् । सभापति, सचिव, कोषध्यक्ष र ५ जना सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् भने ७ जना सदस्य समानुपातिकबाट निर्वाचित हुनेछन् । लेटाङ क्याम्पसमा ३ सय बढी विद्यार्थी अध्ययनरत रहेकाले १५ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन गठन हुनेछ ।

सभापति पदका उम्मेद्वार छवि श्रेष्ठले लेटाङ क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुको जीत निश्चित भएकाले गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको बताए । नेकपा एमालेले राष्ट्रियता र देशको विकासका लागि गरेको काम देखेर यस क्याम्पसका धेरै विद्यार्थीहरु अनेरास्ववियुमा आबद्ध भएकाले सहज रुपमा जीत हात पार्ने उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

Published

on

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला  नफर्किने चेतावनी उनीहरूको छ ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।

पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।

तस्वीरहरू : 

tracher's-Protest25-1744188095.jpeg

tracher's-Protest24-1744188092.jpeg

tracher's-Protest21-1744188088.jpeg

tracher's-Protest22-1744188089.jpeg

 

tracher's-Protest20-1744188086.jpeg

tracher's-Protest19-1744188085.jpeg

tracher's-Protest18-1744188082.jpeg

tracher's-Protest17-1744188082.jpeg

tracher's-Protest16-1744188079.jpeg

tracher's-Protest15-1744188078.jpeg

tracher's-Protest14-1744188076.jpeg

tracher's-Protest13-1744188075.jpeg

tracher's-Protest12-1744188073.jpeg

tracher's-Protest11-1744188071.jpeg

tracher's-Protest10-1744188068.jpeg

tracher's-Protest9-1744188067.jpeg

tracher's-Protest8-1744188065.jpeg

tracher's-Protest7-1744188064.jpeg

tracher's-Protest6-1744188061.jpeg

tracher's-Protest5-1744188060.jpeg

tracher's-Protest4-1744188058.jpeg

tracher's-Protest3-1744188057.jpeg

tracher's-Protest2-1744188054.jpeg

 

Continue Reading

Banner

रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

Published

on

काठमाडौँ ।  सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।  उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।

Continue Reading

Banner

सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

Published

on

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँ कायम भएको छ ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक