स्थानीय तह
जनश्रमदान अभियानबाट विकास निर्माणमा निरन्तर लाग्दै सुन्दरहरैंचा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले शुरु गरेको जनश्रमदानलाई नगरवासीले निरन्तरता दिएका छन् । नगरप्रमुख केदारप्रसाद गुरागाईको सक्रियतामा शुरु भएको अभियानमा अहिले नगरवासीको उल्लेख्य सहभागिता रहने गरेको छ ।
नगरपालिकाले श्रमको विकास गर्दै थोरै रकमबाट धेरै काम गर्ने मनशायले यो अभियानको थालनी गरेको नगरप्रमुख गुरागाईले बताए । वडा नम्बर ७ मा रहेको गछिया खोला पूर्वपश्चिम लोकमार्ग पुल उत्तर तर्फको बस्तीलाई बाढी र कटानबाट रोक्न यो ठाउँमा जनश्रमदान मार्फत काम भइरहेको उनले बताए ।
सो बस्तीका मानिसहरु खासगरी खोला क्षेत्रमा काम गरेर जीविका चलाउने र यस ठाउँका नागरिकलाई लागत साझेदारी गर्न असहज भएकाले पनि जनश्रमदान अभियानले सहयोग पुग्ने नगरप्रमुख गुरागाईँ बताउँछन् ।
स्थानीय चन्द्रमाया राई धरानमा समेत गएर जनश्रमदान गरेको अनुभव सुनाउँदै भन्छिन्, ‘अब हाम्रै नगरका मेयर पनि ढुङ्गा बोक्न लाइनमा लाग्दा धेरै खुसी लागेको छ । जोखिम हुने क्षेत्रको पहिचान गर्दै यस्तो काममा लाग्ने भन्नुभएको छ मेयरले राम्रो कुरा हो । अब भने बाढी आउँदा पनि निदाइने भइयो ।’
यो खोलाले बिकराल अवस्था ल्याउने भएकाले बाढीको समयमा पूर्वपश्चिम लोकमार्गमा रहेको पुल समेत जोखिममा पर्ने गरेको छ । यसको संरक्षण र खोला कटानलाई रोक्न बेलैमा तारजाली गरेर समुदाय तथा निर्मित संरचनाको सुरक्षा गर्न स्थानीय सरकार लागि परेको वडा नम्बर ७ का वडाअध्यक्ष भुवनसिंह मगरले बताए ।

गछिया खोला तारजाली तटबन्धन उपभोक्ता समितिकी अध्यक्ष मीरादेवी खत्रीले २० लाखमा ढुङ्गा र तारजाली नगरपालिकाले व्यवस्था गरेपछि निर्माण कार्य भने श्रमदानबाटै भइरहेको उनले बताइन् । दैनिक २ सयको सङ्ख्यामा सहभागिता भइरहेको उनले बताइन् ।
अरु क्षेत्रमा काम गरेको देखेर आफ्नो गाउँको विकास गर्न आफैँ लाग्नुपर्ने भएकाले यो काम गरिएको उनको भनाइ छ । यो ठाउँ जोगाउनु नगर र मेयरको मात्रै नभएर नगरवासीको पनि उत्तिकै दायित्व भएकाले पनि यो काम गर्न लागि परिएको खत्रीको भनाइ छ ।
‘हामी नै पीडित हो नि त यो खोलाबाट’, उनले भनिन्, ‘ठेक्काबाट गरिने काम भन्दा श्रमदानबाट गरिने काममा स्थानीय लाग्दा धेरै राम्रो हुन्छ भनेर यो काम गरिएको हो ।’
सुन्दरहरैंचाका मेयर गछिया खोलामा श्रमदानमा सहभागी, १०० मिटर तटबन्ध जनश्रमदानबाट पूरा गरिने
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login