समाचार
नेकपा एमाले धर्मदेवी नगरकमिटीका भातृ सङ्गठनकाे विभिन्न नेतृत्व चयन
नेकपा एमाले सङ्खुवासभाकाे धर्मदेवी नगरपालिका कमिटीकाे पहलमा मिसन टु ग्रासरुट अभियान अन्तर्गत पार्टीका विभिन्न भातृ सङ्गठनकाे नयाँ नेतृत्व चयन गरेकाे छ । साे अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल किसान महासंघ अधिबेशनद्वारा नयाँ नेतृत्व चयन भएको हाे । राष्ट्रिय युवासंघ नगर कमिटी तथा अनेमासंघले सनिश्चवार धर्मदेवीकाे मुडेशनिश्चरेमा आयोजना गरिएको वृहत् भेला तथा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो । उक्त अधिबेशनले भिम जिमिको नेतृत्वमा युवा संघ र अर्जुन जिमिको नेतृत्वमा अनेमासंघ नगर कमिटी गठन गरेको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा युवा संघ पुर्व अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यमा स्थानीय नेतृत्व बुद्धिजीवी महिला किसान ब्यपारी एवम् अन्य जनसमुदायको सहभागितामा दुई वटा जनवर्गीय संगठन को स्थानीय नगरकमिटी निमार्ण भएको हो । भेलाले किसान महासंघमा अर्जुन जिमिको नेतृत्वमा उपाध्यक्ष अविमान पौडेल सचीव बाल कुमारी थापा उपसचिव यामबहादुर वि क सहित र १९ सदस्य सहित २७ सदस्य कमिटी गठन भएको छ थियो ।
यसैगरि सो अवसरमा युवा संघ नेपालमा भिम जिमि को नेतृत्व मा उपाध्यक्ष डम्बर विष्ट सचीव मा प्रदीप खुलाल उप सचीव रमिला कार्की र फणिन गुरुङ कोषध्यक्ष मनोज कुमार गुरुङ र १९ सदस्य सहित २७ सदस्यीय कमिटी गठन गरेको थियो
सो समारोहमा एमाले नेता रमेश पौडेलले पार्टी को भावी नेतृत्व युवाहरूवाट नै आउने भएकोले युवाहरुले थुप्रै चुनौतीको सामना गर्दै पार्टीलाई थप गतिशील बनाउनु पर्ने सुझाव दिनु भएको थियो । वर्तमान अवस्थामा पार्टीलाई देशी तथा विदेश प्रतिक्रियावादी हरुले चौतर्फी घेराबन्दी पार्न प्रयास गरे पनि एमालेको क्रमठ कार्यकर्ता को बलमा पार्टी सुरक्षीत अगाडि बढदै मिसन टु ग्रासरुट अभियान संचालन गरेकोमा जोड दिनु भएको थियो । यस अवसरमा नयाँ पार्टी इन्चार्ज तथा नगर प्रमुख उदय चन्द्र पौडेल नगर कमिटी नगर कमिटी अध्यक्ष सुर्य पौडेल पार्टीका अगुवा कार्यकर्ताले पार्टी लाई हरतहरले संमर्क्षण र सुदृढ बनाउने प्रतिबद्ता व्यक्त गरेको थिए ब्यक्त गरेका थिए
Facebook Comment
Banner
टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत
अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।
यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।
साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।
Banner
डिजेल र मट्टितेलको मूल्य बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ बढाएको छ भने हवाई इन्धनको घटाएको छ । डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढेको हो ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटेको छ । अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३६ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ३८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३९ रूपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ सय २८ रूपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाण्डौमा अमेरिकी डलर ९ सय ६६, पोखरामा ७ सय ४५ र भैरहवामा ७ सय ३३ तोकिएको छ ।
Banner
सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।
शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।
नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login