स्थानीय तह
सुन्दरहरैंचाको वडा नम्बर १२ मा फोहरमैलाको व्यवस्थापन नयाँ ढङ्गले हुने, नगरमै नमूना काम हुने अपेक्षा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले व्यवस्थित तरिकाले फोहरमैलाको विसर्जन गर्ने भएको छ । फोहर उत्पादनको स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ । रेडियो सुसेलीको सहजीकरण तथा वडा कार्यालयको आयोजनामा हिजो भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशनप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन् । अन्य वडामा पनि फोहरमैला व्यवस्थापनमा बजेट विनियोजन भएकाले सबै वडाले प्रभावकारी काम गर्न सके नगरलाई सफा राख्न मद्दत पुग्ने उनले जनाए ।

शुरुमा जनचेतना जगाई त्यसपछि प्रभावकारी ढङ्गले फोहरको व्यवस्थापनमा लाग्ने ढकालले बताए । यसमा सबै वडावासीको सहयोगको अपेक्षा गरेको उनको भनाइ थियो । सुन्दरहरैंचाको नमूना कामको रुपमा गनिने गरी क्षेत्रफलको आधारमा सानो रहेको वडाबाट अभियान शुरु गर्न लागिएको उनले जनाए । वडाको काम सफल भएमा नगरभर नै अभियान सञ्चालन गरी सफा नगर बनाउन सकिने उनको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण गरेका रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले देशका विभिन्न नगरले फोहरको वर्गीकरण र व्यवस्थापनमा गरेका अभ्यासको श्रव्यदृश्य प्रस्तुत गरेका थिए । कतिपय नगरले कुहिने फोहरबाट मल बनाएर प्रयोग गरेको र नकुहिने फोहर पेबललगायतका निर्माण सामग्री बनाउन र विभिन्न उद्योगलाई कच्चा पदार्थको रुपमा बिक्री गर्ने गरेको आफ्नो प्रस्तुतिका क्रममा निरौलाले जानकारी दिए ।

कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले अब नगरले कार्यविधि बनाएर फोहर व्यवस्थापन गर्ने जनाइन् । फोहरमैलाको वर्गीकरण तथा व्यवस्थापनको लागि आवश्यक पर्ने बजेट विनियोजन गरेर फोहरमैलाको व्यवस्थापनमा नगर अघि बढ्ने उनले जानकारी दिइन् । चेतना फैलाई सबै पक्ष फोहर व्यवस्थापनमा लागेमा नगरलाई सफा राख्न सहज हुने उनले औँल्याइन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले वडावासीमा नकुहिने फोहरलाई बेच्ने बानीको विकास गराउन सके फोहर व्यवस्थापन सहज हुने औँल्याए । वडा नम्बर १२ का भित्री सडकमा निकासको व्यवस्था नहुँदा नालीमा फोहर जम्ने समस्या देखिएको बताउँदै त्यसतर्फ टोल विकास संस्थाले ध्यान दिनुपर्ने बताए ।
सरसफाइ अभियन्ता मोहन श्रेष्ठले निम्न आर्थिक अवस्था भएका वडावासीलाई सहकारी संस्थालगायतका सामाजिक उत्तरदायित्व वहन गर्ने अन्य संस्थालाई डस्बिन प्रदान गर्न अनुरोध गरेर प्रत्येक घरमा डस्बिन राखेर फोहर व्यवस्थापन गरिनुपर्ने बताए । शुरुमा जनचेतना फैलाउने र त्यति हुँदाहुँदै पनि आफ्नो वरपर देखिएको फोहर नलजाई टिप्ने बानीको विकास गर्न सके फोहरको समस्या नै नहुने उनको भनाइ थियो ।

एकता मिडिया प्रालिका अध्यक्ष रमेश खड्काले सवारी साधनबाट फ्याँकिने पानीका बोतल, चाउचाउका खोललगायतले सडक फोहर बनाइरहेको हुनाले सवारी साधनका चालक र सहचालकलाई पनि यस विषयमा जानकारी गराई सचेत गराउनुपर्ने आवश्यकता रहेको बताए ।
नेकपा एमालेका नगर अध्यक्ष मातृका ढकालले हामी आफैँ सचेत नभए फोहरको समस्या डरलाग्दो हुने उनको भनाइ थियो । यो अभियानका लागि सर्वपक्षीय सहयोग समिति बनाएर पूर्ण कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
राजनीतिज्ञ सुरेन्द्रबहादुर थापाले सचेतना जगाउन सक्नु मुख्य प्राथमिकता भएको बताए । मान्छेको सोचमा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ थियो । युरोप तथा अमेरिकाको सरसफाइको बयान गर्ने मानिस ती देशबाट फर्किँदा एयरपोर्टमा आएर चुरोट खाएपछि चुरोटको ठुटो खुट्टाले कुल्चिएर हिँड्ने गरेको उनले औँल्याए । यो अभियानमा इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनालाई पनि जोड्न उनले सुझाव दिए ।

शिक्षक माधव दाहालले सहकारी सञ्चालक समितिका पदाधिकारीसँग बसेर सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । समुदायमा रहेका बाल क्लब, आमा क्लब, विभिन्न संघसंस्था आदिको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र व्यवस्थित तरिकाले फोहर विसर्जन हुन थालेपछि आगन्तुकको जानकारीका लागि प्लाष्टिक निषेधित क्षेत्र र फोहर गर्न नपाइने क्षेत्र भनेर साइन बोर्ड राखेमा बाटोमा कुनै पनि किसिमका प्लास्टिकजन्य फोहर नदेखिने बताए ।
शिक्षक हिमाल अधिकारीले जहाँ फोहर उत्पादन हुन्छ, त्यहीँबाट कुहिने र नकुहिने फोहर भनी वर्गीकरण गरेर व्यवस्थापनमा गर्नुपर्ने बताए । बजारबाट सामान ल्याउँदा प्लास्टिकका होइन कागज वा कुहिने पदार्थबाट बनेर झोलाको प्रयोग गर्न उपभोक्ता र व्यवसायीलाई आग्रह गर्नुपर्ने औँल्याए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।


Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login