विराटचाेक : नइ प्रकाशनले राजधानी काठमाडौँमा देश तथा विदेशमा रहेर साहित्य क्षेत्रमा याेगदान दिने २ सय १ स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलङ्कारले विभूषित गरेकाे छ । शनिबार एक कार्यक्रम आयाेजना गरी साहित्य क्षेत्रलाई विशिष्ट याेगदान दिने साहित्यकारलाई सम्मान गरेकाे हाे । समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी घले र महाप्राज्ञ वैरागी काइँलाबाट स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ समर्पण गरिएको थियो । सोही अवसरमा सम्पूर्ण स्रष्टा र नइ प्रकाशन, त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनका सदस्यहरुबाट संयुक्त रूपमा भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन स् कीर्ति र आकृति’ नामक दुईवटा ग्रन्थको लोकार्पण समेत गरिएको छ ।
नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याइएको विशिष्ट योगदानको कदर गर्दै नइ प्रकाशनबाट नेपाली भाषा साहित्यका स्रष्टाहरुलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरिएको हो । जसमा मोरङ सुन्दरहरैँचा नगरपालिकामा स्थाइ बसोबास गर्नुहुने सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेलाई नइ कीर्ति रत्न अलङ्कारद्वारा विभूषित गरिएको छ ।
लामो समयदेखि नेपाली भाषासाहित्य कला संस्कृतिका लागि आफ्नो जीवन समर्पित गर्नुहुने स्रष्टा छवि वैरागी घिमिरेका अहिलेसम्म नौ ओटा प्रसिद्ध कृतिहरू प्रकाशित भएका छ्न्। उहाँद्वारा लिखित नवौं कृति किनारीकृत माइली नामक खण्डकाव्य अहिले नेपाली साहित्य जगत्मा निकै पाठकहरूले मन पराएको र विमोचन भएको तीन महिनामा तेस्रो संस्करणमा छलाङ मारिसकेको छ।
You must be logged in to post a comment Login